साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको साधारण सभा र तीजविशेष कवि गोष्ठी

भिनव साहित्य समाजले २०७९/०४/२८ गते २४६ औं मासिक श्रृङ्खलाअन्र्तगत तीज विशेष कवि गोष्ठी र २१ औं साधारण सभा सम्पन्न गरेको छ ।

Nepal Telecom ad

अभिनव साहित्य समाजले २०७९/०४/२८ गते २४६ औं मासिक श्रृङ्खलाअन्र्तगत तीज विशेष कवि गोष्ठी र २१ औं साधारण सभा सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष गोविन्द प्रसाद घिमिरे वेदमणिको सभापतित्व र रामबहादुर पहाडीको प्रमुख आतिथ्य, मन्तव्य र गजल गायन, शारदा पराजुलीको सञ्चालकत्व र रचना वाचन, परशुराम पराजुलीज्यूको स्वागत मन्तव्य र वार्षिक प्रगति विवरणको प्रस्तुतिबाट सुरु भएको सो कार्यक्रममा कोषाध्यक्ष श्री घनश्याम प्रसाईज्यूले वार्षिक आयव्यय विवरण रचना प्रस्तुत गर्नुभएको थियो ।

प्राय सबैले तीजगीत गायन, कविता वाचनमा सहभागिता जनाउनुभएको थियो । तीमध्ये उत्कृष्ट रचना प्रस्तुति दिने सुरेशचन्द्र घिमिरे, सत्यराज थपलिया, देवीप्रसाद बराल र शान्ती रिसाललाई प्रेरणा पुरस्कार प्रदान गरिएको थियो ।

वेदविद श्री तिलक लुइटेलज्यूले सबै वाचित रचनाको समीक्षा गर्नुभएको र सो अवसरमा संस्कृतिविद श्री शीतल गिरीज्यूले प्रस्तुत रचनाहरूमा सामान्य टिप्पणी गर्नुभएको थियो ।

अन्य सहभागीहरुमा ओम प्रसाद कोइराला, बाजुराम पौडेल, अन्यूतप्रसाद पौडेल चिन्तन, सुशील आचार्य, राजेशमान के.सी., दुर्गा अधिकारी, बद्रीप्रसाद सुवेदी, मेनका पोखरेल, निर्मलरमण पराजुली, नवराज पुडासैनी, लीला दाहाल, खोलाघरे साहिलो, थरेन्द्र बराल, उत्तम विचार, पवन संग्रौला, उर्मिला पन्त/पाण्डेय, सम्पत काफ्ले, कुसुम शर्मा, द्वारिका कुइँकेल, भावना न्यौपाने, किर्ते पौडेल, गङ्गा पौडेल, सरस्वती चौलागाई, विन्दा खतिवडा, राजेश राई, बालमुकुन्द कार्की, देवी चापागाई, अच्युत घिमिरे, माया विष्ट, दुर्गा भवानी भट्ट, केशव पुडासैनी, उद्धव रायमाझी, भरत तिवारी, रामचन्द्र खतिवडा, सुमन भित्र, आलोक चालिसे र हरिप्रकाश पुडासैनी लगायत रहनुभएको थियो ।

000

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x