साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जात्रा भयो देशमा

बिक्री भो सबको इमान पथको फर्सी कुहे झैँ भयो गन्हाए सब आलु झैँ मुलुकमा बेमानको खेल भयो नेता बन्न त छैन चाल ननिको पुग्छौ कि आकाशमा लाग्यौँ हुन् यदि रावणै मुलुकमा फालिन्छ त्यो रोषमा ।

Nepal Telecom ad

खायौ प्वाल छिरी किरा सरह नै बोक्रा छ बाँकी यता
खायौँ धेर गुदी नराखि घुन भैँ आफैँ सराप्ने उता
आफैँ पात्र बनेर हाँस्य रसको जात्रा भयो देशमा
लाग्यौँ हुन् यदि रावणै मुलुकमा फालिन्छ त्यो रोषमा ।

आफू राम बनेर काम नगरी बन्छाँै सधैँ रावण
बाह्रैमास बनेर जोकर यहाँ उर्लिन्छ त्यो श्रावण
खायौ टन्न मिलेर देश भरिको बोक्रा भयो शेषमा
लाग्यौँ हुन् यदि रावणै मुलुकमा फालिन्छ त्यो रोषमा ।

नेता भेष धरेर देश भरिमा दौडेर पुग्छौ तिमी
खोज्छाँै खान जुठोपुरो अहितको बोल्छौँ सधैँ के तिमी
मान्छे मात्र हुने प्रयास नहुँदा नेता भयौँ शेषमा
लाग्यौँ हुन् यदि रावणै मुलुकमा फालिन्छ त्यो रोषमा ।

बिक्री भो सबको इमान पथको फर्सी कुहे झैँ भयो
गन्हाए सब आलु झैँ मुलुकमा बेमानको खेल भयो
नेता बन्न त छैन चाल ननिको पुग्छौ कि आकाशमा
लाग्यौँ हुन् यदि रावणै मुलुकमा फालिन्छ त्यो रोषमा ।

कैयौँ वर्ष गरेर ध्यान तपस्या नेता नबन्ने कति
अर्काको अधिकार खोस्न जनमा जान्छन् यी काला मति
आफ्नो मात्र छ स्वार्थ भोक तिरको बस्ने सधैँ दोषमा
लाग्यौँ हुन् यदि रावणै मुलुकमा फालिन्छ त्यो रोषमा ।

गोरो बाहिर छौँ यता मन भने कालो छ अङ्गार झैँ
ढुङ्गाको मनले रुवा मनभरी पीडा थुपार्छौ अझैँ
कालो काग बनेर काग जसरी आवाज चार्कोषमा
लाग्यौँ हुन् यदि रावणै मुलुकमा फालिन्छ त्यो रोषमा ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x