साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर

अर्थात् “रत्नले रत्न नै चिन्छ अनि सुङ्गुरले पिँड़ालु चिन्छ ।” यसै सन्दर्भमा भन्नुपर्दा चोरलाई चोरलाई नै चिन्छ । मेरा छिन्द्रान्वेषीहरू ! दुइ-दुइपल्ट चोरेर ख्याक् भइसकेको यो चोरलाई चोरलाई नचिनेर कसलाई चिनोस् ता !

Nepal Telecom ad

कागले आफ्नै नाम काढ़्छ । म काग होइन र मैले ‘काग… काग…’ भनेर आफ्नो नाउँ काढ्ने कुरै आएन । मेरा छिन्द्रान्वेषीहरूले मलाई हाकाहाकी भन्ने आँट नगरे पनि मेरो पिठ्यूँ पछिल्तिर भन्लान्- “तँ काग होइनस् ठिकै हो । तर तँ चोर हुँदै होइनस् र पनि चोरलाई नै विषयवस्तु बनाएर किन व्यङ्ग्य लेख्न तम्सिस् ? तँ आफै चोर होस् !” हो म चोर हुँ हजूर… चोर हुँ । र ता मजस्तै चोरहरूमाथि व्यङ्ग्यवाण चलाउन तम्सेका हुँ । “म चोर होइन कि होइन” भनी चोरको स्वर ठूलो पार्न चाहन्नँ । स्वीकार्छु म चोर हुँ… मैले जीवनमा दुइपल्ट चोरेको छु । पहिलो श्रेणी पढ़्दाको कुरा । टिफिन समयमा हामी भुराभुरी विद्यार्थीहरू चोर-पुलिस खेल्दै थियौं स्कूलको विराट मैदानमा । मसित खूबै मिल्ने मेरा सहपाठी तिलक छेत्रीको पेन्सिल भुइँमा खस्यो । त्यसले पेन्सिल त्यसको हाफ प्याण्टमा राखेको रहेछ । चोर-पुलिस खेल्ने झोंकमा आँखा नहेरी दुगुर्ने हुँदा आफ्नो पेन्सिल खल्तीबाट खसेको पनि त्यसलाई थाहै भएन । चारैतिर पालाक-पुलुक् हेरी त्यसको पेन्सिल टपक्कै टिपेर चूपो लागि श्रेणी कोठामा पसी झोलाको कुनामा राखेँ । घण्टी बज्यो । हामी सबै श्रेणी कोठामा पसेको केही क्षणमै तिलकले चोर-पुलिस खेल्दा आफ्नो पेन्सिल मैदानमै हराएको कुरा रुँदै मलाई सुनायो । मनिटर भएको नाताले अफिसमा गई तिलकको पेन्सिल हराएको कुरा सेकेण्ड सरलाई सुनाएँ । मेरो कुरा सुन्ने बित्तिक्कै सेकेण्ड सर अफिसबाट निस्केर मसितै श्रेणी कोठामा पसे । श्रेणी कोठामा पस्नेसाथै सर गर्जे- ’’…कसको के हरायो अरे ? (सरको स्वर नै कड़ा) ।

सुँक्क-सुँक्क रुँदै तिलक आफू बसेको ठाउँबाट उठेर भक्कानिँदै सरलाई पोल हाल्यो- “सर ! मेरो पेन्सिल हरायो सर ।”
– “तेरो पेन्सिल हरायो ता म के गरूँ ? आफ्नो चिज ठेगानमा राख्न जान्दैनस् …अहिले ग्वाँ-ग्वाँ रुन्छस् ?” सरको गर्जाइ सुनेर उबेला चित्राले बारेका अन्य श्रेणी कोठा पनि चकमन्न भयो । किनभने सेकेण्ड सर भनेपछि सिङ्गो पाठशाला नै थुरथुर थियो ।

तिलक ग्वाँ-ग्वाँ रुँदै भए पनि सकी नसकी बोल्यो- “सर ! भरे बाबाले मार्नुहुन्छ मलाई….।”
सबैको झोला जाँच्ने सरले मलाई नै आदेश दिए । मनिटर भएको नाताले सबैको झोलामा हात हाली पेन्सिल खोजीटोपलेको जस्तो मात्र गरेँ । तिलक साथीको पेन्सिल उनकै सहपाठी मनिटर साथीको झोला भित्र कुनामा भएको कसलाई थाहा ? कसैको झोलामा पेन्सिल नपाउँदा (पाउने कुरो पनि ता आएन) तिलक झन् डाँको छोड़ी-छोड़ी रुन थाल्यो । सोझो भएर सरलाई “सर ! मेरो झोला पनि हेर्नुहोस्” भनेर चोरको डङ्क ठूलो गरेँ ।

मेरो कुरा सुनेर सेकेण्ड सर बेञ्चबाट जुरुक्कै उठेर हिंस्रक बाघजस्तै गर्जे- “तैंले यसको (तिलक साथीलाई ईङ्गित गर्दै) पेन्सिल चोरिस् ?”
मुटु मिचेरै बोलेँ म- चोरिनँ सर !
“अन्त किन स्वाङ पारेको तैँले ? तैंले भयङ्कर देखाको ? – अन्य सहपाठीतर्फ हेर्दै सेकेण्ड सर श्रेणी कोठा नै थर्किने गरी कराए – कृष्णजस्तो केटोले फेरि भएन मनिटरले आफ्नै साथीको पेन्सिल चोर्छ ?
पाठशालाको छानु नै उड़ाउँलाजस्तो गरी समवेत् स्वरमा श्रेणी कोठाभित्रका मेरा सहपाठी साथीहरू चिच्याए- “चोर्दैन सर ।”
उनीहरूको गगनभेदी अस्वीकारोक्ति मैले नसुनेकोजस्तो गरेको थिएँ त्यसदिन । मेरा आत्मीय सहपाठी भक्कानिँदै भए पनि उनले “चोर्दैन सर !” भनेको सुनेर मेरो पनि भित्रभित्र कता कता मन दुःखेकै हो ।

– “ला….! यो तेरो झोला राख् ठाउँमा… धेर भयङ्कर नहुँ है… खालास् अहिले सिर्कनु”- सेकेण्ड सरले मेरो झोला मतिरै घुइँकाइदिए । चोरेको पेन्सिल झोलाबाट फुत्तै झरि पो हाल्छ कि भनेर गोलकिप्परले गोली च्याप्पै समातेको जस्तै सरले घुइँकाइ पठाएका झोला च्याप्पै समातेँ… समातिरहेँ । तिलक सुक्सुकाउँदै आफ्नो ठाउँमा चूपो लागि बसी घोप्टो परेर घुँक्क-घुँक्क गर्दै रोइरह्यो ।

बुवाले बेलुकी सधैँ खाता-किताब जाँच गर्थे । मोटो हिसाबको खाताबाट एउटा पेन्सिल (जुन पेन्सिल मैले मेरो अत्यन्तै मिलनसार सहपाठी तिलकको चोरेर झोलामा हालेको थिएँ) भूइँमा खस्यो । पेन्सिल भूइँमा खस्ने बित्तिक्कै बुवाले सोधे – यो पेन्सिल कहाँबाट ल्याइस् ?
नम्र स्वरमा बोलेँ- साथीले दिएको ।
पुलिसका मान्छे बुवा । कड़ा स्वाभावका । मेरो मनोविज्ञान बुझेर हो वा पुलिसको कठोर मनोवृत्तिले हो बुवाको झ्याँपट मेरो कलिलो देब्रे गालामा कतिबेला चड़्कियो मैले थाहासम्म पाउन सकिनँ । बुवा गर्जे- यो पेन्सिल तँलाई तेरो साथीले दिएको होइन… तैले स्कूलबाट तेरै कुनै चैं साथीको पेन्सिल टिपेर ल्याएको होस् । के भनेर साथीले तँलाई पेन्सिल दिन्छ हँ ? यो पेन्सिल लगेर जसको हो उसैलाई देलास् बुझिस् ? बुवाको कठोर निर्देश सुनेर गाला रन्केको झोंकमा त्यसदिन मैले मुण्टो सामान्य हल्लाएको मात्र थाहा छ ।

बुवाको चढ़्कन खाएर अक्क न बक्क परिरहेको बेला बुवाको अनुमान सोह्रै आना सत्यता रहेको पुलिस बुवाका सामु चोर छोरोको छतिपति खोलिएको कुराले मलाई त्यसदिन बुवाको छेउमा भक्कुमारी कुरीकुरी लागेको थियो ।

मुमाले काखमा राखी उनको खाराक खुरुक ममता मैमाथि न्यौछावर गर्दा त्यसदिन म भक्कानो फुटिञ्जेल रोएको अद्यावधि झल्झल्ती सम्झिने गर्दछु । गालाका डिलमा खसेका आँसुका थोपाहरू आफ्नो सारीको फेरले पुछिदिँदै भनेकी कुरा अहिलेसम्म पनि मेरो कणर्कुँवरमा गुञ्जिरहन्छ- “अर्काको चिजलाई गुहू सरी मान्नू अनि आफ्नो चिजलाई सुनसरी ठान्नू ।”

भोलिपल्ट स्कूल पुग्ने बित्तिक्कै सेकेण्ड सरलाई हिजो मैले चोरेको तिलक साथीको पेन्सिल अफिसमै दिँदै मलिन स्वरमा भनेँ- सर ! यी…यो तिलक साथीको पेन्सिल ।
सेकेण्ड सरको उही कड़ा स्वर- कहाँ पाइस् तैंले यो पेन्सिल ?
नम्र स्वरमा मैले ढाँटिदिएँ- सर…ऊ… पर…मैदानमा पाएको सर ।
छेवैमा बसिरहेकी गुरुआमाले सोधिन्- यो पेन्सिल कहिले हराएको हो ?
सर बोले- हिजो मैदानमा खेल्दा हराएको अरे गुरुआमा । आफ्नो चिज ठेगानमा राख्दैन । यस्तो केटोलाई ता नि गुरुआमा सिर्कनु लाउनुपर्ने हो ।
गुरुआमाले सोधिन्- पेन्सिल हिजो हराएको हो भने… तैंले पाएछस्… हिजो नै दिन सकिनस् ?
गुरुआमाको कुरा ठिकै भए पनि एक राश ढाँट बोल्दै भनेको थिएँ त्यसदिन- गुरुआमा ! स्कूल आउँदै गर्दा आजै मैदानमा भेटेको गुरुआमा ।

सेकेण्ड सरले पेन्सिल आफूसित राखेर मलाई भने- तँ जा…क्लासमा ।
स्कूलको घण्टी बज्यो । साबिक झैं प्रार्थना गीत र राष्ट्रिय गीत सिद्धिने बित्तिक्कै सेकेण्ड सरले मलाई स्कूलको बरण्डामा उभ्याए । जहाँ सम्पूर्ण सर-गुरुआमाहरू प्रार्थना सभाको निम्ति स्कूल बरण्डामा उभिएका थिए । मनै च्यूँ-च्यूँ पारी उभिएँ सर-गुरुआमाहरूकै लाममा ।

सेकेण्ड सरले मैले चोरेर लगेको तिलक साथीको पेन्सिल देखाउँदै पङ्क्तिवद्ध उभिएका विद्यार्थीहरूको दृष्टि आकर्षण गर्दै कराए- यो कसको पेन्सिल हो ?

पङ्क्तिवद्ध उभिएका विद्यार्थीहरूमध्ये पहिलो श्रेणीका विद्यार्थीहरू मात्र समवेत स्वरमा कराए- तिलकको सर….
उही कड़ा स्वर- सुन नानी हो ! यो पेन्सिल यो कृष्णले (मलाई ईङ्गित गर्दै) स्कूल आज बिहान स्कूल आउँदा ऊ…पर मैदानमा भेटेर मलाई दियो ।

गगनभेदी थपड़ी गुञ्जयमान भयो मेरो नाउँमा । चोरको निम्ति बजेको थपड़ीले मलाई नै चढ़्कन लगाएको सोच्दा सोच्दै हेड सर बोले- कि यो पेन्सिल एई कृष्णले नै चोरेको थियो कि !
समवेत गगनभेदी स्वर- होइन सर….
सेकेण्ड सरको उही चर्को स्वर- सुन नानी हो ! यो कृष्णले चाहेको भए यो पेन्सिल पच पार्नु पनि सक्थ्यो । मैदानमा आजे पाएर यसले मलाई ल्याएर दियो । तिमीहरू कृष्णजस्तै हुनुपर्छ । स्कूलमा पाएका कुराहरू जति सबै नै यसरी नै स्कूलमा फर्काउनुपर्छ । बुझ्यौ ?
समवेत स्वर- बुझ्यौं सर !

चोरको डङ्का ठूलो हुन्छ भन्छ । मैले पेन्सिल चोरेर पनि डङ्का ठूलै गरेर जितैकै थिएँ ।
ए मेरा छिन्द्रान्वेषी साथीहरू हो ! म चोर हुँ । आफ्नो सहपाठीको आँखामा धूलो हाली पेन्सिल चोर्ने पेन्सिल चोर ।

यो थियो मेरो जीवनको पहिलो चोरीकाण्ड । जीवनमा पहिलोपल्ट चोरेको पेन्सिल मेरो हातमा नरहे पनि दोस्रोपल्ट चोरेको पेन्सिल (मेरो हृदयको खातामा प्रेरणाका हरफहरू लेखिदिने) भने अद्यापि मसित छिन् । ती पेन्सिल हुन् मेरी अर्धाङ्गिनी । जवानीमा डाकू मङ्गलसिंह भन्दा कम्ति थिइऩँ म । मेरो उनी डाकारानी फूलनदेवीभन्दा थोर थिइनन् । उनको हृदयमा डाँका हालेर उनलाई मैले चोरेँ । पहिलोपल्ट चोरेको पेन्सिल बुवाको टोकेश पाएर सेकेण्ड सरकहाँ स्कूल अफिसमा फर्काउऩ एक्लै गएको थिएँ भने दोस्रोपल्ट चोरेको पेन्सिल (अर्धाङ्गिनी)मा छ ? ! “नन् रिफण्डेबल”-को आईएसआई ट्रेड मार्क लगाउन तीन दिनपछि गाउँका बूढ़ापाकाका हुद्दासित ‘चोरीदण्ड’को फेष्टुन लिई अपञ्जीकृति ससुराली पुगेको थिएँ । मेरा छिन्द्रान्वेषीहरू भ्रममा नपरुन् । बड़े-बड़े शहरतिर नोकरीको प्रलोभन देखाएर हाम्रा चेलीबेटीहरूलाई बिक्री गरी पैसा गुटमुटाउने उद्देश्यमा मैले दोस्रो चोरीकाण्ड गरेको होइन । कसैको फूलबारीमा वर्षौंदेखि ढकमक्क फुलेको फूल चोरेर मेरो जीवनको फूलबारीमा ढकमक्क पारी सुखिलो, बान्किलो, मिठाइलो, टेसिलो पार्न दोस्रोपल्ट चोरेको हुँ । यसैकारण, म चोर हुँ भनी निर्धक्कसाथ घोषणा गर्न चाहन्छु- म चो हुँ ….चोर….।

बङ्ला भाषामा एउटा भनाइ नै छ, “रतन रतने चिने; सुकर चिने कच्चु ।” अर्थात् “रत्नले रत्न नै चिन्छ अनि सुङ्गुरले पिँड़ालु चिन्छ ।” यसै सन्दर्भमा भन्नुपर्दा चोरलाई चोरलाई नै चिन्छ । मेरा छिन्द्रान्वेषीहरू ! दुइ-दुइपल्ट चोरेर ख्याक् भइसकेको यो चोरलाई चोरलाई नचिनेर कसलाई चिनोस् ता !

बङ्ला भाषामै अर्को एउटा ठुङमार्दो भनाइ- “चोरी विद्या महाविद्या जोदि धोरा ना पोरे ।” अर्थात् चोरी विद्या पक्रा परेन भने महाविद्या हो । पक्रा परे ईङ्गलिश चुटाइ । परीक्षा हलमा चोरेर पास गर्नु सके ता उत्तम तर चोर्दै गर्दा कथङ्कल पक्रा परे सर्वनाश । यसकारण चोरी गर्ने कुनै कामले अचेल राष्ट्रिय संस्कृतिको पगरी गुँथेको देखिन्छ ।

बसभित्रको घुइँचो, मलापात, हाट-बजारको भीड़मा कसैको ब्याग वा खल्तीबाट पैसा चोर्नेहरू ता सामान्य चोरहरू हुन् । राष्ट्रिय सम्पत्ति चोर्ने चोरहरू राष्ट्रमा मात्रै किन विश्वमै छप्छप्ती छन् । मिड डे मिलको निम्ति स्कूलमा आएका चामल चोर्नी गुरुआमा अनि अण्डा चोर्ने हेड सर पनि नदेखिएको होइन हाम्रो यतातिरका स्कूलहरूतिर ।

बाइक चोर, गाड़ी चोरको कुरा पनि एकक्षणलाई छोड़िदउँ क्यारे ! देशको आर्थिक पहिया नै चोरेर देशको झोल सुकाइदिने चोरहरूलाई शूलीमा चढ़ाउनु ता परकै जावोस् सम्मानको खोल ओढ़ाएर ‘चोरलाई चौतारो साधुलाई शूली’ गरेको देख्ता तेस्रोपल्ट चोर्ने जङ चल्छ अचेल फेरि मलाई ।

ढाड़ेले दूध चोर्छ, स्यालले कुखुरा । सरकारी कर्मचारी काम चोर्छन् । चोर्नु एउटा धर्म नै भएको छ अचेल ।
म चोर मात्रै होइन । एकजना टपर्टुइँय्ये साहित्यकारका साथै जदौरे पत्रकार भएको नाताले चोर साहित्यकार र चोर पत्रकारको कुरा यहीँ उठान नगर्नु नै वेश ठानेँ । पक्कै चोर नभए पनि कवि शिरोमणि लेखनाथ पौड्याललाई उनको प्रसिद्ध कविता ‘पिञ्जराको सुगा’- माथि चोरको बात लागेको हो । नाट्य सम्राट शेक्सपियरले पनि पनि क्रिष्टोफर मार्लोका नाटकहरू चोरेका हुन् भनी उनलाई नाटक चोरको बात नलागेको होइन । पारिजातले ‘शिरीषको फूल’लाई पनि चोरको बात लागेकै हो । निबन्धकार शङ्कर लामिछानेले ढीट भएरै ‘मैले चोरको हो’भनी स्वाकारेका कुरा हाम्रो निम्ति नयाँ होइन क्यारे ! हाम्रो साहित्यमा यस्तो चोर साहित्यकारहरू कति होलान् । ती चोर साहित्यकारहरूको नाम यहाँ राखिहाल्नु मुनासिब नहोला । आफ्नै गाला आफ्नै लपेटा ।

विश्वमा चोर पत्रकार छैनन् भन्नु मिल्दैन । हाम्रा नेपाली पत्रकारहरू ठ्याम्मै चोर्दैनन् । यो सत्य हो । हिन्दी तथा बङ्ला दैनिकबाट सम्पादकीय वा केही सामग्री सारेर आफ्नै नाउँमा छपाउने गरेको कुरा ती चोर पत्रकार र ईश्वरलाई बाहेक अन्य कसैलाई थाहा हुने कुरै आएन । अर्काको कविता आफ्नो नाममा छपाउनु सोह्रै आना चोरी हो । तर अर्काको लेख वा प्रतिवेदन वा अन्य सामग्री अन्य भाषाबाट सारेर निजी नाममा छपाउनुलाई हाकाहाकी चोरी भन्नु ठिक होला कि नहोला त्यो ता सरुवाहरूलाई सोध उचित होला । तर एउटा तितोसत्य यहाँ उकेलिहाल्नु के आवश्यक छ भने, अर्काको सामग्री हुबहु सारेर प्रकाण्ड, भयङ्कर, डरलाग्दा साहित्यकार-पत्रकार (जे भन्नोस्)को पगरी गुँथ्न चाहनेले डोकोले छोप्दा-छोप्दा थुन्सेले छोपेको दिन मात्र उनकी जीवनमा गतिलो भूइँचालो मात्रै होइन ज्वालामुखी नै पड़किन्छ भन्ने कुरा पनि हर-हमेशा याद राख्नुपर्छ ।
“मिथ्योपेतानि कर्मा ण सिद्धेयुर्या नि भारत ।।
अनु पापप्रयुक्तानि मा स्म ते षः मनः कृथा ।।
(विदुर)
अर्थात्,
कपटद्वारा आफ्नो काम बनाउनेलाई पछि गएर त्यस कपट कार्यको फल हानिप्रद हुन्छ । यसैले कपटपूणर् काम निन्दित छ ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x