साइबर अपराध सम्बन्धी सचेतना सामग्री

द्वैध चरित्र

अदभूत नै छ उसको दोधारे चरित्र ! पहिले मच्चिने पनि ऊ नै, पछि सच्चिने पनि ऊ नै, यति हुँदाहुँदै पनि जब पर्छ टोलमा झोल, सबैलाई चाहिन्छ किन ?

Nepal Telecom ad

मण्डी ओढेर चण्डी
भटभट्याउने ऊ नै,
ब्राण्डी चढाई मज्जाले
ठण्डी भगाउने पनि ऊ नै ।
कुरा ढाँट्ने पनि ऊ नै,
कुरा छाँट्ने पनि ऊ नै।
कुरा बिगार्ने पनि ऊ नै,
कुरा मिलाउने पनि ऊ नै।
झपार्ने पनि ऊ नै,
मुसार्ने पनि ऊ नै,
जिन्दाबादमा पनि ऊ नै,
मूर्दाबादमा पनि ऊ नै,
पहिले तम्सिने पनि ऊ नै,
पछि हच्किने पनि ऊ नै,
फुटेकोलाई जोडने पनि ऊ नै,
जुटेकोलाई फुटाल्ने पनि ऊ नै,
आगो सल्काउने पनि ऊ नै,
आगो – आगो, भागौँ – भागौँ
चिच्याउने पनि ऊ नै,
कुरोको चुरो थाहा भएर पनि
कुरामैँ अल्झाएर
नयाँ – नयाँ कुरा थप्दै जान
पोख्त छ ऊ “कुराबहादुर“
अदभूत नै छ उसको
दोधारे चरित्र !
पहिले मच्चिने पनि ऊ नै,
पछि सच्चिने पनि ऊ नै,
यति हुँदाहुँदै पनि
जब पर्छ टोलमा झोल,
सबैलाई चाहिन्छ किन ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x