विष्णु नवीनभुँडी कम्पनी
पेट नभए मान्छे वेवारिसे लास जस्तै चुपचाप बस्थ्यो कसैको याइँ न भ्याइँ पर्नु पीर पन्यो ज्यानलाई, गर्नु गर्याे पेटले । यही पेटको कुरा गर्दा गर्दै अरूको कुरा पनि आए । अर्को बाजी अर्को भात पचाउनीमा अरु कुरा ।

सबै थोक गर्दा एक एक थोक गरेर पचाउनु पर्छ भने भात पनि कि सुतेर, कि गफ गरेर, नभए पढेर पचाउनु पर्छ । ठूलाबडालाई भेट्न जाँदा लाद्रो भरिसकेको मात्र रहेछ भने यिनै माथिको कुरा पाउँछौ । मान्छेको सासै जान आँटेको होस् दुई चार मिनेट भए पनि यति गरेर मात्र अरू काम शुरु हुन्छ तर एउटा मजदुरले कुकुरले गुहु नखाई छालाको धोक्रो भरेर काममा हिडनु पर्छ भन्ने उसलाई आराम नै गर्न पर्दैन । बिचरा गरीब मजदुर गरोस् पनि के ? आराम गरेर एकैछिन् बसे ज्याला नपाउला, भरै खान नपाउला ।
मधेसतिर हेर्नुपर्छ- अनिकालमा ढिकीच्याऊ झैँ दुई इन्चीको धरो बाँधी माटोले खाएका मुढा भै घाममा पल्टछन् मजदूर किसानहरू, उता सिमेण्टेड बङगलाकाहरू कौसीमा मखमलको कात्रो भिरेर एकछिन भए पनि पल्टछन् । अर्काथरी मुढामाथि लडनेको जीउ सनसो र पेट आङमा गएर टाँसिएका छन् भने कौसीमा लड्नेको पेट, पेट बोकेकी आइमाईको जत्रै छ ।
पेट पनि साना-साना हुँदैनन् लोग्ने मान्छेका । आइमाईको नानी पाउने बेलाको पेट स्वभावले नै जाँड छिप्याउने घ्याम्पा जत्रो हुने नै भयो तर लोग्ने मान्छेको अझ ठूलो पनि पाइन्छ हिजो अस्ति त हो एउटा मारवाडीले आफ्नो पेटको मुनि सानो छोरो बसेको थाहा नपाई वरतिर परतिर नानी हरायो भनी हल्ला गरेको भद्रपुर नै उचाल्ने गरेर हुन पनि त्यो मोटूमल कैयाँको पेट चार हात पर उछिटिएको छ । मान्छे हिटलर साइजको हो तर भुडी आफूभन्दा ठूलो नानी पाउने भए एक दर्जन एकै पल्टमा कुकुरले छाउरा छाउरी ब्याए में व्याउने थियो । नाक चुच्चो बाहुन, क्षेत्रीका
हुन्छन् । राई लिम्बुको नाक तेल पेल्दा पेचा च्याप्टिए के हुन्छ । अरूका मझौला यस्तै पेट पनि अरूको भन्दा मधेशमा मारवाडीका प्रख्यात र पहाडमा कैया नामले प्रख्यातका हुन्छन् । कैयाको मात्र पेट गाउँ जस्तै उछिटिएको हुन्छ होइन, दुई जीउ भएकी कैयाको स्त्रीलिङ्गी के यिनीहरूको पेट पनि उस्तै हुन्न । चाहे पेट बोकेको होस्, नहोस् नानी पाउने जस्तै देखिन्छन् । सिउँदोको सिन्दुर नहेर्नु हो भने कुन ब्याउने मर्काकी हुन कुन नव्याउने वा विहे नै भएको छैन भनी छुट्याउन गाह्रो सिउँदोमा सिन्दूर पनि हुन्छ कि हुँदैन ढवारेले के मुख छोपेका हुन्छन्। कैंथिनीको हुलमा फरिया लगाई मुख छोपेर बस्ने कैयाकी कैयिनी कन्ये कि विधवी छुटयाउनै गाह्रो पर्छ । कुनै-कुनै अल्लारे केटाहरू त्यसरी हुलमा मिसिन पनि बेर लाउँदैनन् जस्तो लाग्छ ।
राई लिम्बुको नाक किन लात्तले गोबरमा हाने जस्तो र बाहुन क्षेत्रीका नाक किन भोटेको तोर्मा जस्तो चुच्चो भएको थाहा छैन तर राई लिम्बुका दाह्री जुधा भगवानले उखेलेर फ्यालेको हो भन्ने हँस्यौली छ । भनिन्छ स्वर्गका विद्वान्हरू बसेर बैठक गरिरहेको बेलामा एउटा मृत्यु जाँड खाएर तथानाम बोल्न थालेछ । भगवानले रिस उठेर त्यस मृत्युलाई मुण्टयाएर दाह्री जुंघा उखेली दिएछन् । त्यो व्यक्ति राई लिम्बु कुनै मतवाली जातको रहेछ । दुई चारवटा छुटेकाले त्यसको दाह्री जुधा पल्हाएको रे ।
यस्तै पेट किन सानो र ठूलो कथा छैन । मजदूरको पेट कामले खाएर भाटा जस्तो देखिएको हो । पैसावालको ठूलो पेट त्यो मजदुरको रगत र पसिना खाएर बढेको हो । मारवाडीको ‘डालडाहीन घिउ’ र खोर्सानीले । राजस्थानमा ऊँटको दुध र वाजराको रोटीले के फुलिन्थ्यो । काम छैन भ्यागुता जस्तै पल्टयो खायो खोर्सानी र घिउ, छानी-छानी मसिनो चामल अनि पेटुमल भए । पहिले-पहिले मासु खान्थे रे र पेट लाग्दैन्थ्यो रे । नभन्दै मासु बढी खानेको पेट लागेको चाल पाइएको छैन । कैंयाले मासु खान्थ्यो भन्दा नरिसाउनोस् । हुन त कहाँसम्म सत्य हो कैंयाले मासु खान्थे रे । राजस्थानको वालुवामा पनि पाईदैन अरू जनावरको मासु, के खान्थे होलान् र ! खाए पनि ऊँटकै होला ।
म सानै हुँदा साथीहरू कैंया साथीलाई भन्थे तिमीहरू पनि मासु खान्थ्यौ रे पहिले-पहिले । तर राती मात्र खसी काट्ने चलन थियो रे । एउटा कैंयाले खसी र कुकर एकै ठाउँ बाँधेको रहेछ । शायद खसी तस्करले लान्छ भनी एकै ठाउँ बाँध्ये क्यार । राती एकदिन खसी काटदा कुकुर काटेछन्, मजाले खाएछन् झुक्किएर । विहान त खसी किलेमा, कुकुर चैं छैन त्यहाँदेखि मासु खान बन्द रे हो पनि होला, कैंयाले गाली गर्दा बेसि ‘कुक्कुर’ भन्छ ।
बाहिर पेट हेर्दा यति कुरा आयो पेटको भित्र हेर्नु हो भने अझ के के होलान् अच्छा राई रसिकले भने जस्तो पेट उघारेर हेर्नु हो भने बङ्गालीको पेटमा माछाको काँडा, मारवाडीको पेटमा टिकडा, नेवारको पेटमा ढाडिएको चिउरा र भटमास हुन्छ भने जाँड खानेहरूका पेटमा कोदोको गेडा, क्षेत्रीको पेटमा गुन्द्रुक र सिन्कीको त्यान्द्रा, बाहुनका पेटमा दही चिउरा र केरा पाइएलान् ।
हाम्रो पेट व्यालुन जस्तै छ । कसैको पेटमा आठ, दशवटा नानी आँटेका छन् कसैको पेटमा दुई पाथी चामलको भात । कसैको पेटमा एक घ्याम्पा जाँड आँट्छ भने कसैको पेटमा एक पोउ खसी । मलाई त लाग्छ आइमाईको नानी राख्ने घर र भात राख्ने घर फाल्टो फाल्टै भए झैँ हाम्रो पनि भात र जाँड बस्ने पेट फाल्टो फाल्टै हुनुपर्छ । नभए कहाँ गएर बस्छन् यी भात र जाँड ? एक मानो चामलको भातले पेट फुट्न खोज्छ भने म जत्रो मान्छे दुईटा आँट्ने घ्याम्पाको जाँड एउटैको कुन पेटमा गएर बस्छ ? यो बिचारणीय प्रश्न छ । डाक्टरेट कसैले गर्दा हुन्छ यस विषयमा ।
पेटमा नै जोडिएको अर्को बहुमूल्य चीज छ जसको नाम छ रात’को अङ्ग्रेजी शब्दमा पछाडि ’ओ’ थपिदा हने- ’नाइटो’ । नाइटोमा गाँसिएको हाम्रो ’साथी’ मासुको चोक्टोमा परिसकेको छ । अर्काले देख्छ कि भनी लाज मानिने नाइटोको अब प्रदर्शन हुन थालेको छ। विश्वसुन्दरी छान्ने परम्परा यहाँ पनि नवस्ला भन्न सकिन्न यो बदलिंदो संसारमा । एक पावाको चोलो लाएर यो प्रदर्शन गरिन्छ । अब नाइटोमा पनि सिंगार पटार हुन बेर छैन अनुहार नहेरी नाइटो हेरेर बिहे गर्ने परम्परा बस्ला !
पेटभित्र सन्तुलन नभए गडबढ हुन्छ । भित्र लहरा निकै गासिएका छन् । डाइविटिज जस्तो प्रचलित रोगदेखि क्यान्सर पनि हुन्छ । खाएकै चीजबाट रोग हुन्छ । खाएको पेटमा नै बस्छ अनि पचेपछि सबैतिर बाँडिन्छ । मरीमरी काम गर्नु पनि पेटकै लागि, चुपचाप लागेर सुत्नु पनि पेटकै लागि । पेट नभए मान्छे वेवारिसे लास जस्तै चुपचाप बस्थ्यो कसैको याइँ न भ्याइँ पर्नु पीर पन्यो ज्यानलाई, गर्नु गर्याे पेटले । यही पेटको कुरा गर्दा गर्दै अरूको कुरा पनि आए । अर्को बाजी अर्को भात पचाउनीमा अरु कुरा ।
०००
‘सिद्धार्थ’ भद्रपुर, वर्ष अङ्क १६ भदौ १/२०३०
तस्विर (सालिक) : विकी मिडिया
Subscribe
Login
0 Comments
Oldest







































