साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेमिटेन्स, महोत्सव र महायज्ञ

फेवातालमा नाङ्गै नाचेका हिप्पीहरू देखेर नाक खुम्च्याउनु होला र यसरी नेपाली पनि बिग्रिएलान् कि भनी चिन्ता लिनुहोला । खबरदार !

Nepal Telecom ad

चूडामणि खनाल :

‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हु“दा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको औषधिजस्तो भएको छ ।

देशको आर्थिक उन्नयनका लागि हाम्रा युवाहरूले सङ्कीर्ण राष्ट्रिय घेरा नाघेर अन्तर्राष्ट्रिय बजारमा पदार्पण गरिसकेका छन् । तथ्याङ्कशास्त्रीहरूले दिएको जानकारी मिथ्या छैन भने प्रतिदिन औसत ७५० जति युवाहरू वायुयानबाट र करिबकरिब २५० जति युवाहरूले भूमि विमानबाट राष्ट्रिय नेटो काट्छन् रे ! यसरी प्रतिदिन चारअङ्कका दरले युवाशक्ति बाहिरिनु भनेको मुलुकका लागि शुभसङ्केत हो भन्ने कुरा किताबी कीरा अर्थशास्त्रीका ठिटाको सोचभन्दा परको कुरा हो ।

यो चारअङ्के युवाको बहिर्गमन भनेको घरबाट मौरीको बथान उडेजस्तै हो । रानीमौरीले मौरीले ल्याएको फूलको रसबाट जीवनदायी ‘डाबर हनी’ तयार पारेजस्तै मन्त्रालयमै बसीबसी बजेट बनाउन पाउने अर्थमन्त्रीहरू कम भाग्यमानी हुन् र ? रेमिटेन्सको महìव नबुझ्नेहरूका लागि के भन्ने र खोइ ? यतिखेर हाम्रो श्रम मन्त्रालय राष्ट्रलाई सबैभन्दा बढी कर असुल गर्ने संस्था भएको छ । माल भन्सारहरू त कम राजस्व दाखिला गर्ने निकायमा पो दरिएका छन् र उनीहरूको छवि बिग्रिएको पनि छ । हाल त राष्ट्रको श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय नै देश विकासका आधारस्तम्भ भएका छन् ।

स्वदेशको चिसो हावापानी बिर्सिएर अरबको तातो खरानीमा काम गर्न जाने व्यक्तिहरूलाई ‘कठैबरा’ भन्ने अबुझहरूलाई कायर र भावुक भन्नुपर्छ । विनादुःखले कमिएको धनको मूल्य नै हु“दैन नि, कसो ? उनीहरूका विचारमा आर्थिक ‘एड’ भन्दा शारीरिक ‘एड्स’ बोकेर युवाहरू फर्किन्छन् रे !

‘राष्ट्रको बजेटको मूल आधार वैदशिक रोजगार’ भन्ने राष्ट्रको अघोषित नीति नबुझ्नेलाई त भन्न सकिन्छः– ‘केवल धिक्कार ।’ ‘एड्स’ राष्ट्रको होइन, परिवारको समस्या हो । राष्ट्रले हेर्ने नै राष्ट्र हो । दुनिया“को परिवार हेरेर त साध्य हुने कुरो भएन । एड्स वा रोगीहरूको देश हुनु पनि राष्ट्रको लागि त लाभकै विषय हो । जतिजति युवाशक्ति बाहिरिन्छ उतिउति नै राष्ट्रलाई नै फाइदा छ किनभने त्यस कार्यले देशमा प्रजनन दर घट्छ र

‘परिवार नियोजन’ जस्ता संस्थाहरू खारेज हु“दै जानेछन् । स्वदेशभित्रका युवाहरूले पनि राष्ट्रले दिएको सुविधा भोग गरेकै छन् । ‘मेरी स्टोप्स’ जस्ता कल्याणकारी संस्थाले अवाञ्छित गर्भलाई पतन गराएर देशको जनसङ्ख्यालाई सन्तुलित गर्ने मौका दिएकै छन् । ‘हाडनाता करणी’ जस्ता यौनजन्य अपराधका मुद्दाहरू दिनानुदिन घटेका छन् । बिहे नै नगरिकन किशोरकिशोरीले यौनजन्य आनन्द लिएका खबर पनि छापिएका छन् । अदालतहरूलाई यस किसिमको मुद्दा हेर्नै पर्दैन, हाइसञ्चो भएको छ । मेरीस्टोप्सले पनि रेमिटेन्सको सहयोगका रूपमा काम गरेको छ । अब हुन के पनि सक्छ भने एड्स पीडित राष्ट्र भनेर कुनै विश्व संस्थाले थैलीका मुख खुकुलो पारिदिन पनि सक्छ । यदि त्यसो भयो भने यस देशको भाग्य चम्किन के बेर र ?

रेमिट्यान्सको राष्ट्रिय भूमिकालाई सहयोग गर्ने काममा देशभित्रकै महोत्सवहरूले पनि कम सहयोग गरेका छैनन् । संस्कृतिको रक्षा गर्न, उद्योगहरूको प्रदर्शन गर्न अनि जातीयताको प्रवद्र्धन गर्न भनेर मादल बजाउने र कर्ममा नचाउने काममा पनि युवापुस्ताले भरथेग गरेको छ । खेतपाखामा हलो जोत्ने, मलखाद गर्ने र उत्पादन गर्ने काम त पुरातनपन्थी काम हुन् । कलकारखानामा औजार चलाएर उत्पादन गर्ने काम पनि पु“जीवादी काम हो ।

आजको प्रगतिशील युगमा पनि मेसिनका घ्यारघ्यार र घुरघुर गर्ने हो भने हामी प्राचीन पुर्खाहरूभन्दा कसरी अगाडि बढ्यौ“ त ? महोत्सवहरूमा ‘रमौ“ र रमाऔ“’ भन्दै त्यहा“ गएर ‘चा“डै लाग्ने’ पेय पिउनुपर्छ । त्यस पेयको कच्चा पदार्थ के हो भनेर नाटिकुटी गर्न भने पाइने छैन । छिद्रान्वेषण गर्ने बानी राम्रा होइन । आधुनिक मेरीस्टोप्सले व्यभिचारको पनि औषधि गरेकै छ । च्याउजस्तै उम्रिएका स्वास्थ्य संस्थाहरूलाई हुर्काउने काममा पनि यी महोत्सवहरूबाट सहयोग भयो भने गनिमत नै मान्नुपर्ने हुन्छ । संस्कृतिको प्रवद्र्धन गर्नेक्रममा धेरथोर विकृतिहरू आए भन्दैमा त्यसलाई आलोचनाको विषय बनाउनु पनि सङ्कीर्ण सोचाइ नै मान्नुपर्छ ।

राष्ट्रका लागि महोत्सवहरूले के कति योगदान पु¥याए भन्ने विषय नै हालको विचारविमर्शको विषय हो । जनताको करले राजस्वको वृद्धि भयो भने राष्ट्रले सन्तोष लिनैपर्छ । धेरैजसो युवायुवतीहरू बरालिए, खेलबाडमा हि“डे भन्नु पनि देशकाल नबुझ्नु हो । राष्ट्रको लागि राष्ट्रले सधै“ जप्ने एउटै मन्त्र हुनुपर्छ– “जो धनधान्य, उही सर्वमान्य” । हाम्रो राष्ट्रले यो कुरा बुझेकै छ । अन्यथा सरकारले जहा“सुकै बरालिने खालका उत्सव र महोत्सवहरूलाई स्वीकृति किन दिन्थ्यो र ?

छोराले अरबबाट खरब पठाएका, बुहारीले उत्सवबाट अरब उठाएका देखेर बूढाबूढीको ७५ वर्षे जम्कु जोस पनि नउठ्ने कुरै भएन । युवायुवतीहरूमा अन्तर्राष्ट्रियवाद बढी हुन्छ भने बूढाबूढीहरूमा राष्ट्रवाद हावी हुन्छ । त्यसैले राष्ट्रको उत्थानको लागि महायज्ञको सोच हुनुपर्छ भन्ने भावना प्रौढहरूमा पनि उत्तिकै बढेर आएको छ । हिजोआज धर्मले आफ्नो बहावको धार बदलेको छ । हिजो अस्ति धर्म परत्रका लागि गरिन्थ्यो भने आजकल वरत्रका लागि पनि धर्मकै आडभरोसा लिइएको छ । हिजोअस्ति धार्मिक प्रवचनका लागि शास्त्रीय ज्ञान भएका पण्डितहरू खोजिन्थ्यो भने आजकल नृत्यप्रवीण र गला खारिएका गायक नै भए पनि ज्ञानयज्ञमा काम चल्छ । केवल आवश्यक हुन्छ, सङ्गीतको र वाद्यवादनको । सङ्गीत विश्वव्यापी भाषा भएकाले के स्वदेशी, के विदेशी सबैलाई मनपर्छ । उसले के प्रौढ के प्रौढी सबैको मन हर्छ । त्यसैले यज्ञमा मृदङ्गहरू पनि बजेकै छन्, बूढाबूढीहरूका नितम्बहरू पनि हल्लिएकै छन् ।

तपाईंको सङ्कीर्ण विचारले भन्दा होला–धार्मिक प्रवचनहरूले त आध्यात्मिक भावना जगाउ“छ । वरत्रलाई भन्दा परत्रलाई सुधार्छ । तपाईंको त्यो सोच त्यतिकै पुरानो छ, जत्तिको पुराना तपाईंका धर्मशास्त्रका ग्रन्थहरू छन् । पहिले–पहिले तपाईंले ध्यान दिएर धार्मिक कथाहरू सुन्नुहुन्थ्यो अनि तपाईंले थुकतेल गरेर कमाएको पैसो नै पवित्र मानिएको पण्डितलाई दान दिनुहुन्थ्यो र आफै“ले मात्र परत्रको बाटो सपार्नु हुन्थ्यो । अब त ‘उहिलेका कुरा खुइले’ भइसक्यो । हिजोआजका यज्ञ त समयसापेक्ष छ । आजका भौतिक युग सुहाउ“दो नै आजको ज्ञानयज्ञ भएको छ । भौतिकवादमा धनको रङ एउटै हुन्छ । त्यो धन कालो वा सेतो हु“दैन, बरु यज्ञमा दान दिइयो भने जतिसुकै त्यस धनको स्रोत कालो भए पनि यज्ञमा सुम्पिएपछि सेतै हुन्छ ।

अझ भनु“ कालो धनलाई सेतो बनाउने कारखाना नै यज्ञमण्डप हो । आयोजकलाई धन चाहिएको छ, उसस“ग धनको रङको पारख गर्ने कुनै कसी वा कसौटी हु“दैन । आजका आयोजकको भौतिकी कार्य पूरा गर्न काम गर्ने यी धार्मिकग्रन्थहरूले ज्ञान दिएका छन् । त्यसैले श्रीमद्भागवत वा अन्य पुराणहरू हिजो आध्यात्मिक ग्रन्थ थिए भने आज त उनीहरू पनि काय फेरेर भौतिकवादी ग्रन्थ भएका छन् । त्यसैले धर्मले अध्यात्मवादमा मात्र होइन, भौतिकवादमा पनि उत्तिकै सहयोग गर्छ । राष्ट्रले गर्ने लगानीको रकम यज्ञले पूरा गर्ने भएपछि राष्ट्रले महायज्ञलाई पनि सहयोग गर्नैपर्छ र गरेको पनि छ ।

हाम्रो राष्ट्र भाग्यमानी छ, त्यसैले विना कलकारखानाले नै देश सञ्चाल गरेको छ । उद्योगधन्दाहरू खोलेर घ्यारघ्यार र घुरघुर गरेर हल्लाखोरी हुनुभन्दा यस मुलुकले शान्तिको बाटो रोजेको छ । युवायुवतीहरूले संसार घुम्न पाएकै छन् र देशभित्र सम्पत्तिको छेलोखेलो बगाएकै छन् । देशभित्रका युवायुवतीहरूले पनि खै“जडी र झुर्माका तालमा नाचेर पनि राष्ट्र निर्माणका लागि काम गरेकै छन् । अनि राष्ट्र निर्माण गर्ने जोस बूढाबूढीमा पनि उत्तिकै छ । त्यसैले उनीहरूले पनि भजन र कीर्तनका माध्यमबाट राष्ट्रलाई अगाडि बढाएकै छन् ।

धन जम्मा गर्ने हाम्रो जस्तो बुद्धि पश्चिमाहरूको कहा“ छ र ? त्यसैले उनीहरू आफ्नो मनको तड्पन बिर्सिन र शान्तिका लागि भनेर यात्री बनेर यस मुलुकमा भित्रिएका छन् । हाम्रो लागि उनीहरूको आगमन पनि वरदान नै भएको छ । पर्यटकको नाममा उनीहरूले यहाँ दाम रोपेकै छन् । तपाईं यतिखेर नाङ्गो हिप्पीवादको विरोध गर्नुहोला । फेवातालमा नाङ्गै नाचेका हिप्पीहरू देखेर नाक खुम्च्याउनु होला र यसरी नेपाली पनि बिग्रिएलान् कि भनी चिन्ता लिनुहोला । खबरदार ! तपाईंलाई पश्चिमाहरूको कार्यशैलीको विरोध गर्न मनाही छ । हामीले पनि कहिलेकाही“ दूध दिने गाईको लात्ती सहनुपर्छ भनेकै छौ“ नि । सबैतिर सहनुझै“ कल्याण छ ।

०००
मधुपर्कबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x