साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोहोर किन हटाउनू ?

जहाँ फोहोरभन्दा बढी फोहोरका सरोकारवाला अधिकारी गनाउँछन् । त्यहाँ फोहोरको गन्ध आफैँ मन्द हुन्छ । फोहोर हटाएपछि चुनावी नारा बन्द हुन्छ । त्यहाँ फोहोर किन हटाउनू ?

Nepal Telecom ad

प्रधानमन्त्रीज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?
यो संघीय सरकारको काम होइन ।
मुख्यमन्त्रीज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?
यो प्रदेश सरकारको काम होइन ?
मेयरज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?
यो महानगरको काम होइन ।
वडाध्यक्षज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?
हामीले त हटाउन खोजेकै हौँ ।
तर, फोहोरमा धेरै राजनीति पस्यो ।
फोहोर समस्या हैन, समस्या राजनीति हो ।
राजनीतिज्ञज्यू ! कति दिन राखेपछि,
फोहोर पनि राजनीति जस्तै मिठो बास्ना आउँछ ?
यो कुरा फोहोर गर्ने जनतालाई सोध्नुपर्छ ।
जनताज्यू ! कहिलेबाट यो फोहोर हट्छ ?
फोहोर हटाउँछु भनेर चुनाव जित्ने नेतालाई सोध्नुपर्छ ।
बल्ल थाहा भो ! हाम्रो फोहोर हाम्रो समस्या हैन ।
जोए बाएडेन्ज्यू !
नरेन्द्र मोदीज्यू !
सि जिङ पिनज्यू !
हाम्रो फोहोर कहिले हट्छ ?
जहाँ फोहोरभन्दा बढी
फोहोरका सरोकारवाला अधिकारी गनाउँछन् ।
त्यहाँ फोहोरको गन्ध आफैँ मन्द हुन्छ ।
फोहोर हटाएपछि
चुनावी नारा बन्द हुन्छ ।
त्यहाँ फोहोर किन हटाउनू ???

०००
जुरोपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पार्टी एकता

पार्टी एकता

सराेज घिमिरे
हामी

हामी

सराेज घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x