साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेजात्रा

थलोमा घुमी धेर फोहोर पारे थियो एक दाम्लो परक्कै बटारे स्वयं ठान्दछन् हूँ म नै मुख्य भाले चुँडाएर दाम्लो यसै चर्न थाले ।

Nepal Telecom ad

बुढीको त जात्रा सदाकालको छ
बुढामाथि जात्रा बडो जालको छ
भनी गोरु राँगो र बोकाहरूले
नयाँ भव्य जात्रा मिली गर्न थाले ।।

कसैको अघाएन खाएर पेट
मिठो खानलाई गरी नित्य भेट
नपाए मिठो खानमा टुक्रिएछन्
लुते गोरु साँढे हुँदै डुक्रिएछन् ।।

बुलाहा र साँढे नपस्तै झुलेछन्
कतै घाँस खाएर राँगा डुलेछन्
नयाँ पार्टीमा केही बोका हुलेछन्
पठेक्रा पठेक्री त्यसैमा भुलेछन् ।।

बुढो गोरुले एक खोलेर पाटी
गरेको छ भर्ना कडा उच्च खाँटी
यसै माथि र्‍यालेहरू र्‍याल झार्ने
पसेछन् त्यहाँ धेर बोका र पाठी ।।

थलोमा घुमी धेर फोहोर पारे
थियो एक दाम्लो परक्कै बटारे
स्वयं ठान्दछन् हूँ म नै मुख्य भाले
चुँडाएर दाम्लो यसै चर्न थाले ।।

जता जान्छ बोको त्यतै जान्छ पाठी
सुँघी पाठीको माथि पारेर घाँटी
जसै वस्तु तन्काउँदै तुर्र पार्छ
थुँबा झन् दुबै ओठले ङिस्स पार्छ ।।

जता मस्त राँगो त्यतै हुन्छ पाडी
र भेडाहरू चाहिँ हुन्छन् अनाडी
पठेक्राहरू कोर्दछन् नित्य गाँड
जता चाहिने हो त्यतै जान्छ साँढ ।।

सकेसम्म खाना कुँडो घाँस खाऊन्
यी राँगाहरू धेर टाढा नजाऊन्
कराए कतै भैँसी राँगो छँदैछ
खुलेको यता एक बोको छँदैछ ।।

ठुलो हुन्छ खाना ठुलै हुन्छ थास
थलो भित्र फोहोरको हुन्छ रास
सबै बाँध खोले र हालेर घाँस
न ता गर्न सक्लान् ठुलो सर्वनास ।।

०००

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x