साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

एक नेताले अर्कोलाई सराप्न थाले फूर्ति लगाउँदै हैसियत नाप्न थाले कस्तो यो संस्कार हाम्रा नेताहरूको घरै जलाएर पो आगो ताप्न थाले ।

Nepal Telecom ad

१.
सोचेँ हिँड्दा हिँड्दै ठेस लागेर लड्नु भएछ हजुर
कसरी आफैँले खनेको खाडलमा गड्नु भएछ हजुर ?
हेर्दाहेर्दै घर आँगन सर्वत्र किन फोहोर पार्नु भयो
गिद्धहरू समीपमै देखिए सायद सड्नु भएछ हजुर ।

२.
दुईचार शहीदहरूका सालिक बनेका छन्
भगुवाहरू जनताका मालिक बनेका छन्
देशभक्ति त हात्तीको देखाउने दाँत भयो
झूटको खेती गर्ने सार्वकालिक बनेका छन् ।

३.
एक नेताले अर्कोलाई सराप्न थाले
फूर्ति लगाउँदै हैसियत नाप्न थाले
कस्तो यो संस्कार हाम्रा नेताहरूको
घरै जलाएर पो आगो ताप्न थाले ।

४.
युद्धको नाममा लुट चलिरहेछ
देश देश बीचमा फुट चलिरहेछ
सत्य कुरा कसले सुन्छ र खै ?
दुनियाँमा अचेल झुट चलिरहेछ ।

०००
तनहुँ, हालः टोरन्टो, क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x