साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौडामा हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न

गाईजात्रा पर्वको अवसरमा सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न गरेको छ ।

Nepal Telecom ad

श्रावण २७, हेटौँडा । गाईजात्रा पर्वको अवसरमा सिस्नुपानी मकवानपुरले हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा कविता, मुक्तक, गजल, निबन्ध आदि वाचन भएका थिए । संगीतकार तथा गायकहरू आशाकाजी श्रेष्ठ, ईश्वर खड्का, प्रलय चौलागाईँ र गहन खतिवडाले हास्यव्यङ्ग्यपूर्ण गीत, प्यारोडी गीतहरू गाउनु भएको थियो ।

कार्यक्रमको शुरूमैँ सिस्नुपानी मकवानपुर कार्यसमितिबाट स्वागतका सट्टामा हास्यव्यङ्ग्ययुक्त सपथ खुवाउने प्रहसन दर्शकहरूले निकै मन पराए । सर्जक डिबी बर्तौलाले वृद्धको अभिनयबाट सन्देश दिनुभयो । यस्तै सिस्नुपानी टोली, सानु खनाल र देवराज तिवारी लगायतले संसद भवनभित्रको नक्कल गरी हास्यव्यङ्यात्मक तवरले प्रहशन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिलाई ‘बडा बा’ नामाकरण गरिएको थियो भने सभाध्यक्षलाई ’घरबेटी बा’ भनियो ।
प्रमुख अतिथीमा माधव भण्डारी सर्वसम्मत ।

समग्रमा सबैलाई एकमुष्ठ आशन ग्रहण गराइएकोले अन्य कार्यक्रममा झैँ समापनसम्म आशन ग्रहणलाई जोडिरहने काम गरिएन ।

रचना वाचनका लागि साहित्य सर्जकहरूले भरपुर सहयोग गरेका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।

कार्यक्रम संस्थाका सचिव गोविन्द पौडेलले सञ्चालन गर्नुभएको थियो ।

०००
– सम्प्रस पौडेल, हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x