सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अद्भुत कुर्सी

उसको अनुहारमा खुसीको रौनक देखियो । हतार हतार दौरा सुरुवाल र टोपी लगाएर प्रतियोगितातर्फ हानियो । त्यहाँ ऊ जस्तै धेरै वृद्धहरू प्रधानमन्त्रीको प्रतियोगितामा सहभागी हुन आएको देखेर दङ्ग पर्‍यो ।

Nepal Telecom ad

ज्योतिषले उसको कुण्डली हेर्दै भयो- “तपाईँको ठुलो राजयोग परेको छ । अलिकति जप तप ,कसरत गर्नु भयो भने यो देशको प्रधानमन्त्री बन्न सक्नु हुनेछ ।”

ज्योतिषको कुरा सुनेर ऊ दङ्ग पर्दै घर फर्कियो र रातभरी सोच्न थाल्यो । श्रीमान् छटपटिएको देखेर श्रीमतीले जिज्ञासापूर्वक सोधिन्- “होइन तपाईँलाई के भयो ? यता कोल्टे उता कोल्टे फेर्दै रात छिप्पिइसक्यो न निदाएर ।”

श्रीमानले बिहान ज्योतिषले भनेको कुरा सुनायो ।

“मर्ने बेलामा हरियो काँक्रो । के गर्नु प्रधानमन्त्री भएर यत्रो अकुत तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडिसक्नु भएको छ । बेकार टाउको दुखाएर । भो भो सुत्नुस् मलाई विश्वास लाग्दैन त्यो हावा कुरा ।”

बिहान उठेर जप ध्यान गरेर रेडियो सुन्दै थियो । रेडियोबाट एउटा विज्ञापन बजिरहेको थियो-
“कान्तिपुर नगरीमा एक जना योग्य प्रधानमन्त्रीको आवश्यक भएको हुनाले इच्छुक उम्मेदवारले प्रतियोगितामा भाग लिन सहभागी हुनुहोला ।”

उसको अनुहारमा खुसीको रौनक देखियो । हतार हतार दौरा सुरुवाल र टोपी लगाएर प्रतियोगितातर्फ हानियो ।
त्यहाँ ऊ जस्तै धेरै वृद्धहरू प्रधानमन्त्रीको प्रतियोगितामा सहभागी हुन आएको देखेर दङ्ग पर्‍यो ।

प्रधानमन्त्री बस्ने त्यहाँ एउटा गजबको अद्भुत कुर्सी राखिएको थियो र त्यहाँ लेखिएको थियो-

“जो इमानदार नैतिकवान् छैनन् र जसले भ्रष्टाचार गरेका छन् तिनीहरू यो कुर्सीमा बस्ने बित्तिकै कुर्सीको तापले मर्नेछन् ।”

ऊ नराम्रोसँग झस्कियो ।

०००

हेटौडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
छ हाइकु

छ हाइकु

किशन पाैडेल
सम्मानित आदेश

सम्मानित आदेश

किशन पाैडेल
आशक्ति

आशक्ति

किशन पाैडेल
सधैँ उस्तै छ

सधैँ उस्तै छ

किशन पाैडेल
योगदान

योगदान

किशन पाैडेल
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी