साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अद्भुत कुर्सी

उसको अनुहारमा खुसीको रौनक देखियो । हतार हतार दौरा सुरुवाल र टोपी लगाएर प्रतियोगितातर्फ हानियो । त्यहाँ ऊ जस्तै धेरै वृद्धहरू प्रधानमन्त्रीको प्रतियोगितामा सहभागी हुन आएको देखेर दङ्ग पर्‍यो ।

Nepal Telecom ad

ज्योतिषले उसको कुण्डली हेर्दै भयो- “तपाईँको ठुलो राजयोग परेको छ । अलिकति जप तप ,कसरत गर्नु भयो भने यो देशको प्रधानमन्त्री बन्न सक्नु हुनेछ ।”

ज्योतिषको कुरा सुनेर ऊ दङ्ग पर्दै घर फर्कियो र रातभरी सोच्न थाल्यो । श्रीमान् छटपटिएको देखेर श्रीमतीले जिज्ञासापूर्वक सोधिन्- “होइन तपाईँलाई के भयो ? यता कोल्टे उता कोल्टे फेर्दै रात छिप्पिइसक्यो न निदाएर ।”

श्रीमानले बिहान ज्योतिषले भनेको कुरा सुनायो ।

“मर्ने बेलामा हरियो काँक्रो । के गर्नु प्रधानमन्त्री भएर यत्रो अकुत तीन पुस्तालाई पुग्ने सम्पत्ति जोडिसक्नु भएको छ । बेकार टाउको दुखाएर । भो भो सुत्नुस् मलाई विश्वास लाग्दैन त्यो हावा कुरा ।”

बिहान उठेर जप ध्यान गरेर रेडियो सुन्दै थियो । रेडियोबाट एउटा विज्ञापन बजिरहेको थियो-
“कान्तिपुर नगरीमा एक जना योग्य प्रधानमन्त्रीको आवश्यक भएको हुनाले इच्छुक उम्मेदवारले प्रतियोगितामा भाग लिन सहभागी हुनुहोला ।”

उसको अनुहारमा खुसीको रौनक देखियो । हतार हतार दौरा सुरुवाल र टोपी लगाएर प्रतियोगितातर्फ हानियो ।
त्यहाँ ऊ जस्तै धेरै वृद्धहरू प्रधानमन्त्रीको प्रतियोगितामा सहभागी हुन आएको देखेर दङ्ग पर्‍यो ।

प्रधानमन्त्री बस्ने त्यहाँ एउटा गजबको अद्भुत कुर्सी राखिएको थियो र त्यहाँ लेखिएको थियो-

“जो इमानदार नैतिकवान् छैनन् र जसले भ्रष्टाचार गरेका छन् तिनीहरू यो कुर्सीमा बस्ने बित्तिकै कुर्सीको तापले मर्नेछन् ।”

ऊ नराम्रोसँग झस्कियो ।

०००

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अग्निपरीक्षा

अग्निपरीक्षा

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
नियति

नियति

किशन पाैडेल
झोला

झोला

किशन पाैडेल
कमरेडहरू

कमरेडहरू

किशन पाैडेल
ख्याल गर्नुस्

ख्याल गर्नुस्

किशन पाैडेल
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x