साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुर्ने कि घुर्ने ?

तर यौटा किस्सा नै बनेको पाइयो- राख्न सजिलो, झिक्न अप्ठेरो भनेको नै यिनै सहकारी त हैनन् ? नत्र भने भनेको बेला किन पैसा निक्षेपकर्तालाई दिँदैनन् ?

Nepal Telecom ad

बेला बेलामा गज्जबका नारा लागे, सहकारीको नाममा कसैले मज्जाले अन्तर्राष्ट्रिय पुरस्कार पनि जिते । सहज पैसा आउने निहुँमा मानिसहरू लोभिएर सहकारीमा पैसा जम्मा पनि गरे । तर अहिलेको मन्दिमा पैसाको बन्दि बनेका छन् मानिस र सहकारीहरू ।

सहकारीको नाममा मज्जाले देशका कुना कप्चा पनि यिनै सहकारीका संचालक समितिका मानिस घुमेका पाइन्छ, बेलुका बेलुका दारु पार्टीमा झुमेका पनि पाइन्छ । नराम्रो मात्र हैन, राम्रो पनि गरेकै छन्, गाउँमा सरकार नपुग्दा मानिस खटाएर भए पनि बचतको बिकास गराएको यिनीहरूले नै हो तर व्यबसायिक योजना बनाउन नसिकाउँदा मानिसमा रिन लिएर दिन काट्ने हिन मानसिकता बिकसित मात्र भएको हो ।

बेला बेलामा सहकारी एक आपसमा गाभिन्छन् अनि नयाँ कार्य समिति बन्दछ । पहिलेका निक्षेप कर्ताले आफ्नो रकम निकाल्नको लागि निकै हम्मेहम्मे परेको छ । किनकी सहकारीका केही गजधम्मेले मानिसलाई गुमराहमा पारेर निकै समय झुलाउने काम गरेको यहाँले देख्नु भएकै छ । तर हामीले जम्मा गरेको रकम फिर्ताको पूणर् ग्यारेन्टी राज्यले दिलाउनु पर्दछ ।

खाई नखाई छोरीको टिका लगाएको रकम जम्मा यिनै सहकारीमा भएको छ । कसैको बिहेमा टिकटालो गरेको पैसा त कसैको आँचल गाँठोमा पोको पारिएको पैसा जम्मा गरिएको छ । काँक्रो बेचेर, थाक्रो बेचेर मानिसले थोरै भए पनि बचतको बिकास गरेको पाइन्छ । तर यौटा किस्सा नै बनेको पाइयो- राख्न सजिलो, झिक्न अप्ठेरो भनेको नै यिनै सहकारी त हैनन् ? नत्र भने भनेको बेला किन पैसा निक्षेपकर्तालाई दिँदैनन् ?

राष्ट्र बैंकले नियमन गरेर, निक्षेपमा कमि आएर, कर्जा असुली नभएर र बजारमा तरलता भएर सहकारीमा पैसा नभएको हुन सक्छ तर हामी जस्ता साधारण मानिसलाई सहकारीले यी साना कुरा बुझाउन जरुरी हैन र ? यसले गर्दा हाम्रो मानसिकतालाई सकारात्मकता तर्फ लैजान सहयोग गराउँछ । लौन भन्नुस् सहकारीको पैसा कुर्ने कि सहकारीलाई घुर्ने ? तारेमाम् ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x