साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोटा लगाइन् लुगा

तान्छिन् मस्त युवा र वृद्ध जन ती औकात बिर्सी खुबै ए चेली नखरा नपार यसरी भन्दै छ तोता सुगा पूरा लाज नछोपिने तर कठै छोटा लगाइन् लुगा ।

Nepal Telecom ad

मान्छे छिन् कति सुन्दरी सुरसिली बोली मिठो सुन्दछु
आँखा नाक चिटिक्क पुष्ट तनकी आहा भनी गुन्दछु
सारा ट्याटु म देख्छु किन्तु उनका तिघ्रा डँडाल्ना भुजा
पूरा लाज नछोपिने तर कठै छोटा लगाइन् लुगा ।

लामो केश नितम्बसम्म उनको सर्ल्लक्क झर्ने तर
औ ँलामा नङ छन् छ इन्च जतिका छ्न् शुभ्र लामा कर
आफ्ना अङ्ग सबै उदाङ्ग जहिले संस्कार पार्छिन् रुजा
पूरा लाज नछोपिने तर कठै छोटा लगाइन् लुगा ।

कालो केश गरेर ड्राइ उनले खैरो बनाएपछि
आफ्नो रूप बदल्न अत्तर छरी टाढै गनाएपछि
मान्छे हुन्छ हुँदैन वास्तविकता बन्ला कि उल्टै मुजा
पूरा लाज नछोपिने तर कठै छोटा लगाइन् लुगा ।

औँठी छन् उनका हिरा र सुनका प्रत्येक औँलाभरि
पारी प्वाल नयाँ लुगा सब सकिन् बन्ने हुँदा नम्बरी
लाली होइन ओठ कृष्ण रङले कालो बनाइन् लु जा !
पूरा लाज नछोपिने तर कठै छोटा लगाइन् लुगा ।

छाती ह्वाङ्ग गरी हिँडी सडकमा आँखा नचाई दुवै
तान्छिन् मस्त युवा र वृद्ध जन ती औकात बिर्सी खुबै
ए चेली नखरा नपार यसरी भन्दै छ तोता सुगा
पूरा लाज नछोपिने तर कठै छोटा लगाइन् लुगा ।

पढ्छिन् शास्त्र विशिष्ट फेसबुकको पूजा त्यही आरती
गर्छिन् च्याट युवा समूह उनका हुन्छन् खडा सारथि
जान्छिन् होटल बार डुल्न सँगमै लोग्ने प्रवासी हुँदा
पूरा लाज नछोपिने तर कठै छोटा लगाइन् लुगा ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x