साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मधुवन साहित्यिक प्रतिष्ठानको १३ औँ वार्षिकोत्सव

साहित्यिक संस्था मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले आफ्नो १३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रम गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

Nepal Telecom ad

काठमाण्डौ, २०७९ श्रावण २३ । ‘लेखन र प्रशारणमा मौलिकपन, मधुवन’ भन्ने मूल नाराका साथ स्थापना भएको साहित्यिक संस्था मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले आफ्नो १३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यक्रम गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

संस्थाका संरक्षक समेत रहेका कवि सञ्चारकर्मी डा. नवराज लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा बरिष्ठ साहित्यकार, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई उपस्थित थिए । तेस्तै नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्रा. नरनाथ लुईँटेल विशिष्ट अतिथिको रुपमा उपस्थित थिए । तेस्तै अनेसास क्यान्सस च्याप्टरकी अध्यक्ष कमला न्यौपानेको पनि उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले मधुवन साहित्यिक प्रतिष्ठान नेपाल विगत १३ वर्ष देखि निरन्तर साहित्यको श्रीवृद्धीमा लागेको भन्दै खुसी व्यक्त गरे । मधुवनको लोभलाग्दो सक्रियता दखेर आफू अमेरिकाको यात्रामा रहँदा पनि कार्यक्रमको निम्तो अस्विकार गर्न नसकी उपस्थित भएको बताए ।

अर्का विशिष्ठ अतिथि प्रा.डा. हेमनाथ पौडेलले कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै कार्यक्रममा वाचित कविताहरूको मुक्तकण्ठाले प्रंशसा गरे । मधुवनले गरेका कामहरूको फेहरिस्त सुनेर आफू अचम्भित भएको बताउँदै यस्ता संस्थासँग नेपाल प्रज्ञा प्रतिष्ठान र आफ्नो काव्य विभाग समन्वय गर्दै अघि बढ्ने बताउनु भयो ।

अर्का बिशिष्ठ अतिथि नरनाँथ लुइँटेलले मधुवनले धेरैनै साहित्यिक स्रष्टाहरूलाई मञ्च प्रदान गर्दै योग्य साहित्यकार बनाउन भूमिका खेलेको बताए । आफू रेडियोका कार्यक्रम गर्दा मधुवनका नयाँ पुस्ताका कविहरूको कविता सुनेर प्रभावित भई पटक पटक रेडियोमा बोलाएर रचना वाचनको अवसर प्रदान गरेको स्मरण समेत गरे ।

कार्यक्रमका साभापति समेत रहेका कवि डा. नवराज लम्सालले विचारको र चेतनाको उपल्लो तहमा पुगेर कविता लेख्नु पर्ने बताउँदै तेस्ता कवितामात्र युगौँ बाँच्न सक्ने दाबी गर्नु गरे ।

कार्यक्रम १३ औँ वार्षिकोत्सवलाई मध्य नजर गर्दै १३ जना कविहरूले आफ्ना एक एक कविता तथा गजल वाचन गरे । कविता वाचनमा देश भित्र र बाहिरबाट स्रष्टाहरूलाई निमन्त्राणा गरिएको थियो । दक्षिणकोरियाबाट पराजित पोमु, युएईबाट सुरज राना, अष्ट्रेलियाबाट गणेश घिमिरे, जापानबाट गिरीजा गैरे, पोर्चुगलबाट अर्जुनश्री, अमेरिकाबाट भूपेन्द्र महत उपस्थित थिए भने नेपालबाट जनक कार्की, कल्पना जोशी, सुस्मिता अर्याल, खेम बतास, नवीन अभिलाषी, शिसीर भट्टराई, विजय खड्का गगनले कविता वाचन गरे ।

कार्यक्रममा पूर्व अध्यक्षद्वय हेमप्रभास र बाबु त्रिपाठीले पनि एक एक कविता वाचन गर्नुका साथै शुभकामना व्यक्त गरे । संस्थाको यहि कार्यक्रम अन्तर्गत ५ औँ अधिवेशनको कार्यक्रम समेत थियो । महाधिवेशनका लागि निर्वाचन समितिमा नियुक्त भएका पूर्व अध्यक्ष हेमप्रभास र बाबु त्रिपाठीले सहमतिका लागि केही दिनको समय माग गरेपछि बन्दसत्रले अनुमोदन गरि बढिमा १ हप्ता भित्र नयाँ कार्यसमिति निर्माण गर्नेगरि कार्यक्रम सकिएको थियो । कार्यक्रमलाई प्रतिष्ठानका सचिव एकेन्द्र खडकाले सञ्चालन गरेका थिए ।

६६ सालदेखि सक्रिय मधुवन साहित्यिक प्रतिष्ठान ६०० बढी साहित्यिक कार्यक्रम, दुई दर्जन साहित्यिक पुस्तक प्रकाशन, ९ अंकसम्म निरन्तर साहित्यिक पत्रिका प्रकाशन, २७ बढी जिल्लामा शाखा निर्माण, दर्जनौ साहित्यिक कृति तथा लेखकहरूलाई सम्मान लगायत थुप्रै कार्यक्रम सम्पन्न गर्नुका साथै ५ लाखको अक्षयकोश समेत निर्माण गरेको प्रतिष्ठानका अध्यक्ष जीवन खत्रीले बताए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x