साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाइटो माहात्म्य

होसियार हुनु होला है आहा नाइटो ! वाहा नाइटो !! भन्दाभन्दै यै नाइटोमा परेर डड्नु होला पूर्व सभामुख र पल शाह जस्तै तपाई पनि यसैमा गर्मल्याम गुर्लुम्म लड्नु होला ।

Nepal Telecom ad

अहिले यो नाइटोको निकै बिगबिगी चल्याछ
मानौ झाँसीकी रानी बन्ने, यसको लिगलिग चल्याछ
पाकर्मा गयो नाइटो, पार्टीमा गयो नाइटो
टिकटकमा त झन खोल्यो कि यो नाइटो
धमलाको नाक जस्तो ह्वात्तै आउँछ
त्यसपछि मात्र नाइटोवाली आउँछ ।

यो नाइटोले पनि अचेल के के लाउँछ लाउँछ
नाकको फुली पनि यै लाउँछ,
कानको मुन्द्री नि यै लाउँछ
कुन दिन यसले, हातको बालो पनि लाउँछ
हामी पनि हेराैँला त्यो दिन, यसलाई कत्तिको सुहाउँछ
पहिले पहिले यो नाइटो
आइटम गर्ल भएर फिल्ममा आउँथ्यो
कलिउडदेखि हलिवूड्सम्म छाउँथ्यो
अहिले त यो नाइटो जताकतै आउँछ
सभन्दा भन्दा त यो नाइटो, टिकटकमै छाउँछ ।

यती सानो नाइटो पनि
न टिशर्टले तोपिन्छ, न स्कर्टले छोपिन्छ
बाइस हातको सारी लाउँदा पनि
यै नाइटो झ्वाट्ट देखिन्छ
बुझ्न् नसक्या कुरो नि,
यो नाइटालाई देखाइन्छ कि आफै देखिन्छ ?

यै नाइटोमा कसैले जमरा रोप्छन्
कसै कसैले ‘आइ लभ यु’ भनेर खोप्छन्
कसै कसैले त यो नाइटो, जे लाउँदा नि छोप्छन्
यो नाइटोको माहात्म्य अपार छ
तर यो खतरनाक पनि छ
यसैले कतिलाई बिगार्छ त कतिलाई सपार्छ
कतिलाई यसैमा डुबाएर त्यसको शेखी झार्छ

हेर्नुस्
सिताको नाइटोले लङ्कै डडायो
द्रुपतिको नाटोले हस्तिनापुर लडायो
अहिले त यो नाइटोको
झन ठूलो बिगबिग चल्याछ
मानौ यसको अन्तर्राष्ट्रिय लिगलिग चल्याछ
होसियार हुनु होला है
आहा नाइटो ! वाहा नाइटो !! भन्दाभन्दै
यै नाइटोमा परेर डड्नु होला
पूर्व सभामुख र पल शाह जस्तै तपाई पनि
यसैमा गर्मल्याम गुर्लुम्म लड्नु होला ।

इती श्री कुमारे खण्डे, नाइटो माहात्म्य स्वाहा !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x