नवराज न्याैपाने माैनतीन ठोक्तक
नेता जान्ने बुझ्ने भए, तर जनता पटक्कै जान्दैन मैले आफूखुशी गरे पनि कसैले विरोध नगरौं किनकि हरेक चुनावमा दुनियाँले अरुलाई छान्दैन ।

१)
मुटुमा घाउ लागेपछि जुँगामा ताउ लगाउनुको अर्थ के
आफ्नो ह्याउ नभएपछि अरुकोमा दाउ लगाउनुको अर्थ के
राहु र साहुले जिन्दगी तहसनहस पारिदिएपछि
सुनको तक्मा गुमाएर फलामको धाउ खेलाउनुको अर्थ के
२)
वचनले सबै कुरा मान्छ, तर मनले पटक्कै मान्दैन
नेता जान्ने बुझ्ने भए, तर जनता पटक्कै जान्दैन
मैले आफूखुशी गरे पनि कसैले विरोध नगरौं
किनकि हरेक चुनावमा दुनियाँले अरुलाई छान्दैन ।
३)
बडो मिहिनेत गरेर मैले पनि टिकटक बनाएँ
भत्किएको घरलाई टेको लगाएर ठीकठाक बनाएँ
मन भत्किएपछि जिन्दगी साह्रै खल्लो हुने रहेछ
त्यसैले गिलासमा भरेर सारा सपनालाई एकछाक बनाएँ ।
०००
मातातीर्थ, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































