साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौलाएको भ्रमको खेती

मः कानून कसले बनाउँछन् ? ऊः भनिसकेँ । मः भीड कसले जमाउँछन् ? ऊः उनीहरूले । मः भीडले कसलाई जन्माउँछ ? ऊः उनीहरूलाई । मः (अझै सोध्दै थिएँ । ऊ अनुत्तरित थियो । भोलिपल्ट मलाई अनफ्रेन्ड गरेछ ।)

Nepal Telecom ad

स्थानः सामाजिक सञ्जाल
दृष्यः फोटो, भिडियो, म्यासेज
पात्रः छ्यास्छ्यास्ती (हाललाई दुई मात्र)
(चिया, खाजा, खाना, सन्चोविसन्चो सोधिसकेपछि)

ऊः दाइको त हाइ प्रोफायल मान्छेसँग चिनजान छ नि है ।
(पहिलो भ्रम)
मः खाँचो पर्दा हजार रूप्पे पत्याउँदैनन् यार ।
ऊः कमेन्ट पनि राम्रै आउँछ ।
मः धरौटी राख्न मिल्दैन । व्याज लिन पाइँदैन ।
ऊः दाइ एउटा कुरा भनौँ ?
मः भन न ।
ऊः तपाईँ यत्ति राम्रो राम्रो काँबाट सार्नुहुन्छ ?
मः सार्दिनँ । आफैँ लेख्छु ।
ऊः ह्या, याँ पनि नजिस्किनु न दाइ ।
(दोश्रो भ्रम)

ऊः दाई साहित्यकार बन्नुभएछ ।
(तेश्रो भ्रम)
मः साहित्यमा आकार थप्ने मात्रै त्यसो हुन्छन् । म त ईकार (ई) मात्रै थपिराछु ।
ऊः दाइ, खुबै पढ्नुहुन्छ है ? आजकाल कुन किताब पढ्दै हुनुहुन्छ ?
(चौथो भ्रम)
मः छोरीको किताब पढिराछु ।

ऊः आजकाल के गर्दै हुनुहुन्छ ?
मः भोलि बाउछोरी मिलेर प्रोजेक्ट वर्क तयार गर्नुछ । तर नम्बर उनले मात्रै पाउँछिन् ।
ऊः पुरस्कार पनि पाउनुभयो क्यार ? आफ्नै जिल्लामा किन पुरस्कार नदिएका होलान् ?
मः लायक छैनस्, अझै लेखपढ गर् भनेर हो । मलाई खास उनीहरूले नै चिनेका छन् ।
ऊः दाइ भ्रमित नपार्नु न ।
मः म आफैँ भ्रममा छु ।
(केही समय अन्तै च्याट गरेपछि फेरि यतै, प्रसङ्ग बदलिन्छ…)

ऊः दाइ राजनीति बारे पनि सटिक लेख्नुहुन्छ ।
(पाँचौँ भ्रम)
मः लामो लेख्न, बोल्नलाई भाषण घोकेको छैन ।
ऊः दाइ देशको विकास किन नभाको होला है ?
मः राष्ट्रका होनहार प्रतिभा जेलमा छन्, अनि कसरी विकास हुन्छ हँ ?
ऊः दाइ फेरि भ्रमित नपार्नु न ।
(अब प्रश्न सोध्ने पालो बदलिन्छ)
मः राज्यका सर्वोत्तम दिमाग कहाँ हुन्छ ?
ऊः अन्तिम बेञ्चमा ।
मः जेल अन्तिम बेञ्च हो, त्याँभन्दा पछाडी भित्तो छ, त्यो रित्तो छ । देशका मन्त्री, प्रधानमन्त्रीको अनुभव के ?
ऊः जेल नेल ।
मः आजकाल के गर्छन् ?
ऊः झूठा खेल ।
मः कानून कसले बनाउँछन् ?
ऊः उनैले ।
मः कानून मिच्ने आँट कसले गर्छन् ?
ऊः उनैले ।
मः बाघले नभेट्टाएको मान्छे केले सिध्यायो ?
ऊः म्यान पावरले ।
मः म्यान बेच्ने पावर कसले दियो ?
ऊः कानूनले ।
मः कानून कसले बनाउँछन् ?
ऊः भनिसकेँ ।
मः भीड कसले जमाउँछन् ?
ऊः उनीहरूले ।
मः भीडले कसलाई जन्माउँछ ?
ऊः उनीहरूलाई ।
मः (अझै सोध्दै थिएँ । ऊ अनुत्तरित थियो । भोलिपल्ट मलाई अनफ्रेन्ड गरेछ ।)

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x