साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेमज्जाको – एउटै रोइलो

विभिन्न बहाना देखाउँदै चौका हान्ने मौकाको खोजीमा पोइल जाने तरखरमा छन् चुपचापमा । मच्चिएको छ सबैतिर एउटै किचलो धत् यो चुनाव आउँदै “बेमज्जाको- सबैतिर एउटै रोइलो ।”

Nepal Telecom ad

पार्टीका पद भँजाएर
कहिले बसेँ उसको काँधमा
कहिले बसेँ यसको साँधमा ।

दसै औंला घुसारे मालमा
अब आफूले खान नपाउँदा
लागेका छन् पोइल जाने तालमा ।

कोही बहुलाएका छन् बेतालमा
त कोही बर्बराइरहेका छन्
विकृत राजनीतिको चालमा ।

हरे ! कस्ता सत्ताका सट्टेबाजहरू
रीसले बिस्ट्याउन खोज्दै छन्
त्यही आजीवन खाएको थालमा ।

उभिन नपाउँदा आफ्नो छापमा
अब उनको एउटै सुग्गा रटन-
“लोकतन्त्र पर्दैछ धरापमा ।”

विभिन्न बहाना देखाउँदै
चौका हान्ने मौकाको खोजीमा
पोइल जाने तरखरमा छन् चुपचापमा ।

मच्चिएको छ सबैतिर एउटै किचलो
धत् यो चुनाव आउँदै
“बेमज्जाको- सबैतिर एउटै रोइलो ।”

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x