साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजवाष्टक

कर्मचारी भ्रष्टचारी पोको पारीपारी नजराना ल्याइदिन्छन् जस्ले भारीभारी तीनैलाई अवसरमा तक्मा लगाई दिन्छु सोझा सिधा इमान्दारको सातो भगाई दिन्छु ।

Nepal Telecom ad

दुध खाँदा ग्याष्ट्रिक हुन्छ रक्सी खान्छु कान्छा !
लोकल कुख्रा नभैकन मिठो हुन्न भान्सा
गाउँघरको बुज्रुक हुँ म नेतागिरी गर्छु
अवसरको खेती गर्न सँधै अघि सर्छु ।

बेलामौकाँ पार्टी फेर्छु फाइदा काँ छ हेर्छु
भ्रष्टचारी कर्मचारी अँगालोमा बेर्छु
चोकबजारमा फूर्ती लाउँछु देशी चुरोट खान्छु
संसारको ज्ञानको ठेली आफैंलाई ठान्छु ।

अमेरिका अष्ट्रेलिया मेरो गफको खेती
यो देशको ढुङ्गामाटो मनखपर्दैन तेती
त्यसैले त छोराछोरी उतै पठाको छु
बूढीलाई नि उतै लान टिकट कटाको छु ।

निर्वाचनमा जितें मैले मत पनि किनें
पैसा किन चाहिंदो रै छ भन्ने कुरा चिनें
त्यसैले त पुलबाटो आँखा लाउँन थालें
धूपौरेलाई अघि सारी सबै टेण्डर हालें ।

करोडौंको गाडी चढ्छु विकास खर्च काटी
आश्वासनको गीत गाउँछु जनतालाई ढाँटी
जनताको प्रतिनिधि भन्छन् सबै मलाई
गुट झुटमा रमाउँछु आस्थालाई जलाई ।

कसैलाई पोखरा र ईलाम घुमाइदिन्छु
सौरहा र भेडेटारमा लगी झुमाइ दिन्छु
त्यति गर्दा मेरो पनि काम राम्रो बन्छ
चन्दा सन्दा चटाइ दिन्छु कस्ले बेठिक भन्छ ?

कर्मचारी भ्रष्टचारी पोको पारीपारी
नजराना ल्याइदिन्छन् जस्ले भारीभारी
तीनैलाई अवसरमा तक्मा लगाई दिन्छु
सोझा सिधा इमान्दारको सातो भगाई दिन्छु ।

बाटोघाटो जताततै धूलो उडिरा’ छ
मलाई भने एसी गाडीभित्र मस्ती भा’ छ
आफू समान रैतीलाई कैल्यै पार्नु हुन्न
यहि मन्त्र लिइ हिंड्छु ठाँगेले नि छुन्न ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x