साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विधेयकको बिजेत

भारतीय खुराकको क्षणिक पिसावको न्यानोमा सुतेर न्यानो भएको स्वाङ पार्ने लपरधङ बज्रस्वाँठहरू हो, के तिमीलाई थाहा छैन र राष्ट्र फिजीकरण हुँदै गएको ?

Nepal Telecom ad

इजेत भएपो बिजेत हुनु भनेर एक जनाले भन्थे बोलीचालीको भाषामा । इज्जत त हामीले पहिले नै सुगौली सन्धिमा फालेर आईसकेपछि नेपालको नक्साले मात्र ईज्जत जोगाउन नसकिने रहेछ । जन्मिनु सजिलो छैन, हुर्किनु सजिलो छैन तर नेपालमा नागरिकता पाउन निकै नै सजिलो हुन लागेको आभाष हुँदै गएको पाइन्छ ।

थोक बजारमा बेचिने भन्दा सहज तरिकाले नागरिकता मानिसको हातमा पर्न थाल्ने अनुभूति भएपछि जनताले नागरिकता विधेयकको बिरोधमा निकै नै आवाज उचाले । सांसदले पठाएको नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता पठाएपछि लौ जोरी खोज्छस् त भने झैं जस्ताको तस्तै ईगो राखेर पठाइएछ । राष्ट्रको संविधान रक्षाको सर्वोच्च निकायलाई नै बदख्वाँई गर्ने नियतले ज्वाई बनेर राइँदाइँ गर्न पल्केका हाम्रा माननियले जनताको अधिकारलाई मिचेर भारतीय पैसा घिचेर नागरिकता विधेयकमा मिलेमतोमा काम गरेको प्रष्ट देखिन्छ नै ।

नेपाललाई भारतमा बसेर नाकाबन्दी लगाउने, भारतीय भूमिबाट नेपालमा ढुङ्गा हान्नेहरू आजकाल संसद भवनमा पसेर हाली मुहाली गर्दाको अवस्था यो बेला श्रृजना भएको हो । यी नेताले यस्तो अवस्था श्रृजना गरिदिए कि अँध्यारोमा कालो बिरालो खोज भनेर हामीलाई गुमराहमा पारिदिए । जनता सँधै भेडा हुँदैनन् जति नेता टेडा हुन्छन् । देशको नाममा सपथ खाएर राष्ट्रियता जफत गर्न पल्केका साँढेहरूले राष्ट्रको स्वाभिमानमा पटक पटक बलात्कार गर्दाको परिणाम हो नागरिकता बिधेयक दोश्रो पटक राष्ट्रपति समक्ष जस्ताको तस्तै पठाइनु । मैमत्ता बनेर, सत्ताको आडमा देशलाई करणी गर्ने यी सांसदहरूलाई गौहत्या भन्दा बढिको पाप लाग्नु पर्ने हैन र ?

सिउँदोमा सिन्दुर पर्नासाथ एक हातमा चुरा र अर्को हातमा नागरिकता दिनुपर्ने अवस्थाको श्रृजना हुँदै गर्दा राष्ट्रपतिबाट नागरिकता विधेयक पास नगरिँदा राष्ट्रले केही समय राहत पाएको छ । देशको रक्षकहरू यसरी सतिसाल भएर उभिनु पर्नेमा रक्षक नै भक्षक र तक्षक नाग झैं डस्न पल्केकाहरू फेरि नागरिकता विधेयक पास नभएकोमा हुँकार गरिरहेछन् । भारतीय खुराकको क्षणिक पिसावको न्यानोमा सुतेर न्यानो भएको स्वाङ पार्ने लपरधङ बज्रस्वाँठहरू हो, के तिमीलाई थाहा छैन र राष्ट्र फिजीकरण हुँदै गएको ?

कुनै बेला यस्तो अवस्था आउला, जुन बेला एकादेशमा यौटा देश थियो रे, जसले नागरिकता विधेयक पारित गरेर विदेशी भित्र्याउने काम गरेछ अनि टाउकोमा सिंन्दुर पर्नासाथ बिहे मण्डपमा नागरिकता पुगेछ भन्ने कथन पक्कै आउन सक्छ । पार्टी भन्दा माथिको बिचार होला, बिचार भन्दा पनि माथि देश होला, देशभन्दा माथि केही छैन । एक पटक विधेयकको बिजेत (बेईज्जत) गर्ने देशका बिजेतीहरूलाई (बेईज्जतीहरूलाई) यो लेख पढिसकेर थुक्न नबिर्सौं । खबरदार, तपाईंहरू संसद भवनमा अटाउन योग्य हुनुहुन्न । गाउँमा आउनु भन्दा अघि एक पल्ट सोच्नुस् तपाईंको जग्गा तिनै अंगीकृत नागरिकले कुनै बेला लिलामी गर्नेछन् । चेतना भया ! तारेमाम् !

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x