साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनको आवाज

हामीलाई आफ्नो नयाँ वर्ष मन पर्दैन आफ्नो रीतिरिवाज मन पर्दैन आफ्नो संस्कृति मन पर्दैन आफ्नो प्रकृति मन पर्दैन यसो गर्दागर्दै हामी उतैतिर गाभिन बेर छैन हामी उतैतिर नारिन बेर छैन ।

Nepal Telecom ad

देश ठूलो कि संविधान ठूलो ?
मलाई छुट्याउन साह्रै गाह्रो भइरहेको छ ।

देश नरहे पनि संविधान रहन्छ भने
म संविधान नै ठूलो भनुँला
होइन, देश नरहे संविधान पनि रहँदैन भने
म देश नै ठूलो भनुँला ।

संसारले उहिल्यै चन्द्रमालाई टेकिसक्यो
अर्को सूर्य बनाइसक्यो
धर्तीलाई छेडेर वारपार गरिसक्यो
हामीचाहिँ आफ्नी आमा ठूलो कि पराई ठूलो भनेर
आफूआफूमा गाँड कोराकोर गरिरहेका छौँ
माथापच्ची गरिरहेका छौँ
लगाएका लुगाहरू खोलिरहेका छौँ
अरूका रिमोटमा नाचिरहेका छौँ
नाङ्गै सडकमा दौडिरहेका छौँ
दुनियाँलाई हँसाइरहेका छौँ ।

हामीहरूलाई पराईहरूकै देश मन पर्छ
उनीहरूकै भेष मन पर्छ
उनीहरूकै भाषा मन पर्छ
उनीहरूकै ढाँचा मन पर्छ
उनीहरूकै कर्म मन पर्छ
उनीहरूकै धर्म मन पर्छ
हामीलाई आफ्नो नयाँ वर्ष मन पर्दैन
आफ्नो रीतिरिवाज मन पर्दैन
आफ्नो संस्कृति मन पर्दैन
आफ्नो प्रकृति मन पर्दैन

यसो गर्दागर्दै हामी उतैतिर गाभिन बेर छैन
हामी उतैतिर नारिन बेर छैन ।

०००
२०७९ असोज ६
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x