साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतृप्त आत्मा

खानाका लालचीले आफैमात्र कहाँ खाएर ख्वाए देशी परदेशी ख्वामितहरूलाई देशको आत्मा र परमात्मा दुबै अतृप्त आत्माहरूले ।

Nepal Telecom ad

प्रेतकालमा
काल बेलामा
शनि लग्नमा
केतुका कोखमा
राहुका काखमा ।

निमाउनेका सपुतहरू
मानवरूपी कपुतहरू
जन्मे छन् यत्रतत्र
देशका ललाटमा
बृहस्पति टारेर
शुक्र पछारेर
प्रेत आत्मा पारेर
अनिकालका साइतमा ।

मुगुत्तो गलो भएका
तनक्क तन्किने फराकिलो पेट भएका
फलामका दाह्रा भएका
चवाउन सक्ने
पचाउन सक्ने
अघाउन नसक्ने ।

खयर, सिसौ र अग्राख भरी
गिट्टी, वालुवा र पत्थर थरिथरी
कस्तुरीका बिना
हात्तीका दाह्रा
बाघका छाला
गैंडाका खाग
भालुका पित्त
सांस्कृतिक सम्पदा
देवी देवताका मूर्ति
सबै खुलुत्त निलेर
अजिङ्गर बनेका अजम्बरी सरी ।

खोला, किनार र बगर
नदी, पानी र माछाको रहर
खोला पुरेर खाए
अरूथोक बेचेर खाए
सके हसुर्थे आफै माथिको सगर ।

बादल पनि खान मनलाग्दो हो
कुहिरो पनि आँ गरेर सुलुत्त छिराउने इरादा हुँदो हो
आकाश र पृथ्वी विचको भाग निल्ने कल्पना जाग्दो हो
उहिल्यैदेखि अहिलेसम्म
दसक, सतक बिते बितिरहे
अतृप्त आत्माहरू जुनि फेरीफेरी
छेपारे भेषमा रंग भरिभरी
जन्मे यहि देशमा घरिघरी ।

जन्मेनन् मात्र बुद्ध फेरि
जन्मिरहे अतृप्त आत्माहरू मसान सरी ।

खानाका लालचीले
आफैमात्र कहाँ खाएर
ख्वाए देशी परदेशी ख्वामितहरूलाई
देशको आत्मा र परमात्मा दुबै
अतृप्त आत्माहरूले ।

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x