संप्रस पाैडेलकति सुत्नुहुन्छ हँ ?
आउँदो चुनावमा उपियाँ, जुका, जुम्रा, किर्ना अनि सुलसुले पनि उठ्ने कुरो छ । तपाईं कति सुत्नुहुन्छ हँ ? उठ्नोस् । कति सुत्नुहुन्छ हँ ?

हल्लाखोर मिडियामा सुलसुलेको सनसनीपूर्ण खुलासा
डेङ्गी प्रकोपमाण्डौँ,
खाल्डोपुर, सम्पूर्ण हाइवे ।
१.
चुनाप् जितेसी ह्वाँलाई मान्नेज्यू भन्नुपर्ने भो । ह्वाँको २ सदस्यीय आन्दोलन समितिको अर्का सहयात्रीले अर्का ३ सदस्यको व्यापक दलबलसहित अस्ति भर्खर बाटो पिच गर्न पर्यो भनेर अस्पताल घेराउ गर्नु भएछ । मोबाइल क्यामेराम्यानद्वारा सञ्चालित युट्युप् च्यानलले लाइभ गरेपछि भाइरल भैहाल्नु भो ।
२.
अस्पतालले पनि सडक बढार्ने कर्मचारीको संयोजकत्वमा एक सदस्यीय वार्ता समिति बनाएछ । दोश्रो चरणमा संयोजकले सवारी चालकलाई वार्ताका लागि सिफारिस गरेछ । सवारी चालकले खरिदार, सुब्बा हुँदै प्रमुख हाकिमसम्म पुर्याएछ । यतिञ्ज्यालसम्म एक हप्ता कटेछ । अस्पतालमा एक हप्ता बस्नुपरेकोमा डेङ्गीले सताएछ । अहिले घरमा आराम गरिराछु भन्दै फेसबुकमा चर्चा गर्दैथे ।
३.
ह्वाँलाई सुपरिटेन्डेन्ट साबले झपार्नु भएछ । “हाइवेमा खाल्डो पर्यो भने अस्पतालमा धर्ना जुलुस गर्ने हो ?” ह्वाँले भावविह्वल भएर भन्नुभएछ “खाल्डामा पानी जम्छ, पानीमा लामखुट्टे टुसुक्क बस्छ, अनि फूल पार्छ, अनि त्यसले बच्चा कोरल्छ, ऊ त त्यतै व्यस्त होला, त्यसका बालबच्चाले हाम्रा छालामा टोक्छन् । यसले डेङ्गी फैलाउँछ ।” हाकिमसापले भनेछन्- “त्यो त सडक विभागलाई भन्ने हो त । डेङ्गी भन्दैमा सडक टाल्ने काम अस्पतालले गर्छ ?”
४.
बौद्धिक मान्छे खोज्दाखोज्दै ह्वाँले आफूजत्तिको अर्को पाम्नुभएन । पाम्ने कुरो नि भएन ।
लास्ट बेन्चाँ बसेर नि ह्वाँले चुनाउको टिकस पाउनु भो ।
दसैँँमा घर जाने टिकस पाउँन पो गाह्रो । पार्टीमा भ्याकेन्सी खेर जानेवाला देखिन्छ । टोलैपिच्छे पार्टी । टोलैपिच्छे उम्मेदवार । गुहार गुहार ।
५.
अस्तिसम्म प्रदेश संरचना खारेज अर्नुपर्छ भन्नुहुन्थ्यो । अहिले प्रदेश सभाकै टिकस हात लाग्यो ।
खरानी धस्दैमा कोही नयाँ हुन्च र ? ह्वाँले भन्नु भो, म नयाँ जोगी हुँ । हुन पनि हो । जोगी हुनलाई कसले राजनीति गर्छ र ? तर कोही कोही त हारपछि जोगी नै हुँदारैछन् ।
आउँदो चुनावमा उपियाँ, जुका, जुम्रा, किर्ना अनि सुलसुले पनि उठ्ने कुरो छ । तपाईं कति सुत्नुहुन्छ हँ ?
उठ्नोस् । कति सुत्नुहुन्छ हँ ?
०००
हेटौँडा
Subscribe
Login
0 Comments
Oldest







































