साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अल्जाइमर्स

बोल्नु पर्ने बेलामा पनि, भित्रबाट आवाज रोकिए जस्तो, यो त बारम्बार भइरहन्थ्यो । अल्जाइमर्स लागेको मलाई मैले आफूलाई चिनेदेखिकै हो, थाहा थियो ।

Nepal Telecom ad

अल्जाइमर्स लागेको मलाई
मैले आफूलाई चिनेदेखिकै हो
थाहा थियो,
आफूले शब्द बोल्नथालेदेखिकै हो
थाहा थियो,

कसलाई चिन्ने, कसलाई नचिन्ने,
अनि के सम्झने उसको बारेमा,
के नसम्झने मेरो आफ्नै बारेमा,
यो अल्जाइमर्स
म सानै हुँदादेखिकै संकेतहरू
बिस्तृत रुपमा थिए
अल्जाइमर्स लागेको मलाई
मैले आफूलाई चिनेदेखिकै हो,
थाहा थियो ।

कुरा अब यो न आयो,
के सम्झनु, कसलाई सम्झनु,
कुन ठाउँ सम्झनु, कस्तो कूरा सम्झनु,
अनि सम्झनु नै किन, आखिर, अन्ततः
देखे पनि थाहा नभएको जस्तो
सुने पनि नबुझे जस्तो,
हेरे पनि, पहिचान र परिचित नभए जस्तो,
बोल्नु पर्ने बेलामा पनि,
भित्रबाट आवाज रोकिए जस्तो,
यो त बारम्बार भइरहन्थ्यो ।

अल्जाइमर्स लागेको मलाई
मैले आफूलाई चिनेदेखिकै हो,
थाहा थियो ।

०००
वर्गेन, नर्वे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x