सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अल्जाइमर्स

बोल्नु पर्ने बेलामा पनि, भित्रबाट आवाज रोकिए जस्तो, यो त बारम्बार भइरहन्थ्यो । अल्जाइमर्स लागेको मलाई मैले आफूलाई चिनेदेखिकै हो, थाहा थियो ।

Nepal Telecom ad

अल्जाइमर्स लागेको मलाई
मैले आफूलाई चिनेदेखिकै हो
थाहा थियो,
आफूले शब्द बोल्नथालेदेखिकै हो
थाहा थियो,

कसलाई चिन्ने, कसलाई नचिन्ने,
अनि के सम्झने उसको बारेमा,
के नसम्झने मेरो आफ्नै बारेमा,
यो अल्जाइमर्स
म सानै हुँदादेखिकै संकेतहरू
बिस्तृत रुपमा थिए
अल्जाइमर्स लागेको मलाई
मैले आफूलाई चिनेदेखिकै हो,
थाहा थियो ।

कुरा अब यो न आयो,
के सम्झनु, कसलाई सम्झनु,
कुन ठाउँ सम्झनु, कस्तो कूरा सम्झनु,
अनि सम्झनु नै किन, आखिर, अन्ततः
देखे पनि थाहा नभएको जस्तो
सुने पनि नबुझे जस्तो,
हेरे पनि, पहिचान र परिचित नभए जस्तो,
बोल्नु पर्ने बेलामा पनि,
भित्रबाट आवाज रोकिए जस्तो,
यो त बारम्बार भइरहन्थ्यो ।

अल्जाइमर्स लागेको मलाई
मैले आफूलाई चिनेदेखिकै हो,
थाहा थियो ।

०००
वर्गेन, नर्वे

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जूनकिरी !

जूनकिरी !

लोक सुब्बा
दुई शब्द

दुई शब्द

लोक सुब्बा
पानीका थोपाहरू

पानीका थोपाहरू

लोक सुब्बा
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’