साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाँस बजार र देवकोटाको गरिबी

घाँसको बजार र देवकोटाको गरिबी महललाई अझै अग्लो बनाउन नजिकै निर्मित झुपडी रहेछ भन्ने बुझेर यो कुथुर्के लामो भएर सुत्यो फलैँचामा ।

Nepal Telecom ad

काम नभएको बेला मगजमा गजागज कुराको गाँज गुजुक्किनु अनि दाम नभएको बेला मुहार चाउरिनु र उदर दाउरिनु सामान्य नै हो ! मुहार र उदर त सधैं उस्तै हुन् । गोजी प्वाल परेकोले होला एक ढ्याक नभएर र्‍याखर्‍याख भएको मेरो अर्थको तुम्बा पानी नभएको आहालमा हिले माछा जस्तै तड्पेको तड्प्यै छ निरन्तर !

मगजमा चलेको उत्सुकताको उखरमाउलोलाइ जिज्ञासाको ताउलोमा हालेर कमिजको बाहुलो सुक्र्याउँदै हिँडेँ म ढल्किँदो सूर्यलाई पछ्याउँदै आफ्नो छायाको अघिअघि । लक्ष्यमा थियो घाँसी गाउँ ! कौतुहलतामा थियो घाँसी बजार ।

गोरेटोको डोरेँटोसम्म नभएको जमानामा बोक्रा फ्याँलेर धोक्राको कछाड लाउन तछाडमछाड चल्दै थियो सर्वत्र जस्तै व्यास नगरमा पनि ! सल्यानटारको मासका कोसा दाम्रो भए पनि वरिपरिको ऐलानी वनमा हरियालीको राम्रो हेर्दै थिए मेरा नजर फुस्फुसाउँदै थिए कोमल अधर । पारिपट्टिको रम्घा गाउँ अनि घाँस पसल खोज्न हिँडेको म कुथुर्के बुद्धिको प्याउटो थकाइको थुप्रोलाइ गफको थाङ्नामा थुपुक्क थुपारेर निष्पट्ट अँध्यारोमा निर्विघ्न निदाएं म ।

चाहनाको सन्दुकमा थुनेको कौतुहलताको कुटुरोमा कटुसे काडा जस्तै उम्रेका प्रश्नका सोलाहरूले चुनौती दिइ नै रहन्थे मेरो प्रश्नको आवरणमा चिप्लेटी खेल्ने गुणगानका शब्दहरूसँग लोली मिलाएर । गाई दान र भैंसी दाइजो दिइने चलनमा लडिबुडी गर्दै हुर्केको यो कुथुर्के घाँस पसल खोज्न दौडेको थियो । अम्बा, आँप र केरा बिक्दैनथ्यो मेरो गाउँमा, दुध घिउको व्यापार वर्जित थियो समाजमा, त्यसैले त म सोच्दै थिएँ- घाँस किन्ने को रहेछ रम्घामा कुवा बनाउने पैसा पुग्ने गरेर ! सागिने गाई चरेर रमाउथिन्, पूर्जा विनाको दुनियाँमा घाँसैघाँस थियो, बजार थिएन घाँसको तैपनि बडाघरे भानुका बेनाम गोठाला व्युँझाइएछ गुमनाम घाँसी बनाएर भानु उक्लिन घाँसको डोकाको सिँढी तुल्याएर ! कल्पनाको बजारमा तिर्सनाको घाँस बेचेर महापण्डितको महिमा मण्डित गरिएपनि भाषाको अनुहार उज्यालो छ । भाषाको उदर पुष्ट छ । त्यसैले घाँस बजारको उत्खनन नगर्ने निष्कर्ष निकालेर फर्किएँ म कान्तिपुरी नगरी भानुको रामायण पाठ गर्दै गर्दै ।

झिल्टुङ डबली र लक्ष्मीको कुञ्जिनी याद गर्दै केवलपुरे आमैको एक घान मकै चपाएर अमिलो मोही घुट्क्याउँदा आनन्द आयो रमायो मन अनि तन्कियो तन् वदन, हुइँकियो लामिडाँडाको थाप्लैथाप्ला, भेडुङ्गा माथिको रामकोट काटेर खाल्डो भित्रिएपछि गम्भीर भयो मेरो मगज अनि कल्पनाका गरीब लक्ष्मीप्रसादको हातबाट फुस्किँदै गरेको कोट राणा शासनमा विद्यालयसम्म पहुँचको लेखोट हेर्दा मिथ्याको चटनीमा प्रचारको तिल मिसाएर चुकअमिलो मोले जस्तै लाग्यो ! अङ्गअङ्ग गले फतक्क भएर, पारसमणिको प्राप्ति र विद्याको प्राप्ति समान थियो तत्समयमा अनि पढे उनले ! गरिबीमा बाँच्थे उनी कोट दान गरे रे !

राजधानीमा घर, उच्च थियो यायावर, महलबाट झारियो, अभावमा लतारियो हेर्दा र सुन्दा लाटो मनले गुन्दा अलमल्ल भयो !

मिथक बनाउने पनि त विद्वान्ले हो अनपढले होइन भन्ने बुझेर हो कि मगजमा झलमल्ल भयो । घाँसको बजार र देवकोटाको गरिबी महललाई अझै अग्लो बनाउन नजिकै निर्मित झुपडी रहेछ भन्ने बुझेर यो कुथुर्के लामो भएर सुत्यो फलैँचामा ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x