ठाकुरप्रसाद अधिकारीदेशकाे माटो घटेपछि
सबै किनिसकेपछि उसको आँखाको पावर पनि बढ्यो उसको मुटुको ढुकढुकी झन् किन बढ्दैछ ? तर मसित सबैको बिषय सूची छैन उसले देशको माटो बेचेपछि ।

देशको माटो घटेपछि
एकाएक उसको मुटुको धड्कन बढ्यो
जन्मायो एउटा विचार
किन्यो एउटा पत्रकार
बनायो एउटा समाचार
किन्यो एउटा ग्राहक
बनायो एउटा सदस्य
किन्यो एउटा घडी
बनायो एउटा समय
अनि थुप्रै दृष्टि पनि किन्यो
सास किन्यो,
किन्यो धेरै आशिर्वाद,
गौरव स्वाभिमान बाँच्नको लागि
सबै किनिसकेपछि
उसको आँखाको पावर पनि बढ्यो
उसको मुटुको ढुकढुकी झन् किन बढ्दैछ ?
तर मसित सबैको बिषय सूची छैन
उसले
देशको माटो बेचेपछि ।
०००
हल : सिड्नी अस्ट्रेलिया
Subscribe
Login
0 Comments
Oldest








































