साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन झड्का

साथीसँग भेट हुने बित्तिकै हाँस्दै उसले मेरो लुगा खोलेर हेर्‍यो । म त अकमक्कमा परेँ र भने- के गर्‍या, के हेर्‍या !

Nepal Telecom ad

१. रक्तदान
नेतालाई रक्तदान गर्न नदिएर विथोल्ने तैँ होइनस् भनेर मलाई भक्कुमारसँग आयोजक साथीहरूले भकुरिरहेका थिए । अइया, दुख्यो भनेर म बेस्सरी छटपटाएछु, चिच्याएछु । त्यही सुरमा मैले हात चलाँउदा बूढीको पो नाकमा बजाएछु । दुखेको तोडमा बूढी पनि रिसाउँदै चिच्याएको सुनेँ, के भएछ भनेर एक्कासि म ब्युझेँ ।

म त सपनामा पो रहेछु ।

२. तपाईं त मसँग

टेलिभिजन हेरिरहेको बेलामा साबुन, सरफ लगायतका विभिन्न लुगा धुने सामानहरूको विज्ञापन श्रीमान्, श्रीमती, छोराछोरीले गरिरहेका हुन्छन् ।

प्रशारण भएको केही दिनपछि उनै महिला कलाकारसँग एउटा कार्यक्रममा मेरो भेट भयो । उनलाई मैले भने- टिभीमा तपाईले ए बूढा ! ए बूढा ! भनेर स्वादले बोलाउँदा मैले हजुर हजुर भनेको त घरकी बूढी रिसाएर जात्रा ! तपाईं त मसँग रिसाउनु हुन्न हगि !

मेरो कुरा सुनेर उनी मज्जाले हाँसिन् ।

३. साथी

बुद्धको शिक्षा अनुसार खान नपाएकालाई खान दिनु, लाउन नपाएकालाई लाउन दिनु ! यो नै सवभन्दा ठूलो धर्म हो । मैले यिनै दुई कुरालाई अनुसरण गर्दै असहाय र विपन्न वर्गका मान्छेहरूलाई सहयोग गरेर लुगा लगाइदिने कार्यमा जुटिरहेको छु ।

लुगा संकलनको क्रममा अघिल्लो दिन साथीले मलाई घरमा बोलायो, दुई बोरा लुगा सहयोग गर्‍र्या, लिएर आएँ ।
भोलिपल्ट कार्यालयमा उनै साथीसँग भेट हुने बित्तिकै हाँस्दै उसले मेरो लुगा खोलेर हेर्‍यो । म त अकमक्कमा परेँ र भने- के गर्‍या, के हेर्‍या !

साथीले हाँस्दै भन्यो- मैले दिएको लुगा लगाएर आउनु भो कि भनेर हेरेको नि !
साथीको व्यवहारले म त ट्वाँ परेँ ।

०००
सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x