सुलसुलेरामभरोस कापडीको अध्यक्षतामा मधेश प्रज्ञा प्रतिष्ठान
स्वीकृत विधानअनुसार प्रतिष्ठानको दैनन्दिनी कार्य गर्न तीन सदस्यीय एउटा सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ साहित्यकार रामभरोस कापडि भ्रमरलाई नियुक्त गरिएको हो ।

मधेश प्रदेश सरकारले प्रख्यात साहित्यकार रामभरोस कापडि भ्रमरको अध्यक्षतामा मधेस प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । केही महिनादेखि विचाराधीन रहेको प्रतिष्ठानमा नियुक्ति योजनालाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
स्वीकृत विधानअनुसार प्रतिष्ठानको दैनन्दिनी कार्य गर्न तीन सदस्यीय एउटा सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ साहित्यकार रामभरोस कापडि भ्रमरलाई नियुक्त गरिएको हो ।
भ्रमरले विगत पाँच दशकदेखि मैथिली र नेपाली भाषा र साहित्यको सेवा गर्दै आउनु भएको छ । उहाँको पचासौं पुस्तक ‘मिथिलाको लोकजीवनः लोक सन्दर्भ’ केही महिनाअघि जनकपुरधाममा विमोचन भएको थियो ।
यसअघि उहाँले साझा प्रकाशनको अध्यक्ष र नेपाल सरकारको नियुक्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यका रूपमा काम गरिसक्नु भएको छ । भ्रम्ररले नेपाल र भारतमा दर्जनौं सरकारी तथा गैरसरकारी सम्मान तथा पुरस्कार प्राप्त गर्नु भएको छ ।
विगत केही वर्षदेखि मधेस सरकारले प्रदेशमा भाषा, साहित्य र संस्कृतिको चौतर्फी उत्थानका लागि भाषा, साहित्य र संस्कृति प्रतिष्ठान स्थापना गर्ने प्रस्तावमाथि विचार गरिरहेको थियो । केही स्थानीय संघसंस्थाले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र समेत बुझाएका थिए । तर, निदान हुन सकेको थिएन ।
मधेस आन्दोलनको आधारमा नेपालमा आएको संघीयताबाट गठन हुन पुगेको मधेस सरकार मातृभाषा, संस्कृति, कला, रंगमञ्च, संगीत र पुरातत्वको उत्थानका लागि व्यवस्थित संस्था बनाउन निकै पहिलेदेखि नै कसरत गरिरहे पनि अनेकौँ उतार चढावपछि मात्र यसले स्वरुप प्राप्त गर्न सकेको छ ।
नवनियुक्त अध्यक्ष भ्रम्ररले हाल प्रतिष्ठानको कार्यालय स्थापनाको काम भइरहेको र त्यसपछि निर्धारित कार्यलाई अगाडि बढाउने बताउनुभयो ।
यसको कार्यदिशा भाषा, साहित्य, कला, रंगमञ्च, संगीत, पुरातत्व आदिको विकासका लागि विभिन्न कार्य गर्ने हो । त्यसैगरी प्रतिष्ठानले माथि उल्लेखित सबै क्षेत्रमा हराएका तथा लुकेका प्रतिभाको खोजी गरी उनीहरूको संरक्षण, प्रवर्द्धन तथा सम्मान र पुरस्कारको व्यवस्था गर्ने भ्रमरले बताउनुभयो ।
मधेसमा छरिएका भाषा, साहित्य, कला र सांस्कृतिक सम्पदालाई अभिलेख गरिनेछ । र, यसक्षेत्रका विज्ञहरूको सहयोगमा अनुसन्धान गरी तयार पारिने पुस्तकहरूको प्रकाशित गरिने अध्यक्ष भ्रम्ररले बताउनुभयो । उहाँले मधेश प्रदेश मूर्त अमूर्त सम्पदाले भरिएको प्रदेश भएको बताउँदै यस्ता परम्परागत र विलुप्त हुन थालेका सम्पदाहरूलाई संरक्षण सम्वर्द्धन पनि प्राथमिकताका साथ गरिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले यो महत्त्वपूणर् संस्था स्थापना गरेकामा प्रदेश सरकारलाई धन्यवादसमेत व्यक्त गर्नु भएको छ ।
०००
समाचार श्रोत : साहित्यपोष्ट
Subscribe
Login
0 Comments
Oldest











































