साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँं कहिले आउँछ ?

भन न आमा ! अरु घरमा जस्तै हाम्रो आँगनमा मालसिरीको धून कसले गुन्जाउँछ ? आमा ! हाम्रो घरमा दसैँं कहिले आउँछ ?

Nepal Telecom ad

कहिले रुखमा घाँस काट्दाकाट्दै झरेर
मरेका मेरा बालाई सम्झिँदै रुन्छ्यौ,
कहिले परदेशमा मरेका
मेरा दाजुलाई सम्झेर रुन्छ्यौ,
कहिले भिनाजुले हेला गरेपछि
सहन नसकेर झुण्डिएकी
मेरी दिदीलाई सम्झेर रुन्छ्यौ,
तिमी सधैँ रोइ मात्र रहन्छ्यौ आमा !
तिम्रो ओठमा मुस्कान कहिले छाउँछ ?
आमा ! हाम्रो घरमा दसैं कहिले आउँछ ?
भयो;
अब त नरोइदेऊ न आमा !
दसैंमा भ्याइँदैन भनेर
सिस्ने कान्छीहरूले
घाँस-दाउराको जोहो गरिसके,
उता बिहानै भाले बास्न नपाउँदै
वस्ती बाको ढिकीमा गाउँलेहरूले
चिउरा कुटेको
भक्रङ भक्रङ आवाज आउँछ,
घर चिटिक्क पारेर लिप्न
कमेरो लिएर आइसके डाँडाघर्नीहरू,
उता रिजालकोमा यत्रो बाकटे खसी
ल्याइसके दसैँं मनाउन,
नेवार कान्छा चुलेंसी र खुकुरी बोकेर
सिराने जेठाको आरनतिर
जाँदै थिए धार लगाउन,
दुनियाँ खुशीमा रमाएको बेला
तिमी आँसुमै डुबिरहन्छ्यौ,
भन न आमा !
तिम्रो छातीमा कति गहिरो घाउ छ ?
आमा ! हाम्रो घरमा दसैँं कहिले आउँछ ?
बलेंसीबाट पानी झर्दैन
घरभित्रै धररर गर्छ,
पुर्पुरोमा हात राखेर सुस्केरा छोड्छ्यौ
तिम्रै थाप्लोबाट पसिना तररर झर्छ,
हामीलाई खाना दिँदा
आफू एकछिनमा खान्छु भन्दै
उता फर्किएर रित्तो भाँडोमा
आँसु झारेको देखेको छु मैले,
मुखियाकी स्वास्नीले राँडी भनेर दाह्रा किट्दा
आकाशतिर फर्किएर
ईश्वर पुकारेको सुन्या छु मैले,
आँसुको बाढीमा डुब्दाडुब्दा
तिम्रो शरीर नै नुनिलो भैसक्यो,
मतिर फर्किएर
एकपल्ट भनिदेऊ न आमा !
हाम्रो घर अघिल्तिरको
बकैनाको रुखमा बसेर
कोइलीले कहिले गीत गाउँछ ?
आमा ! हाम्रो घरमा दसैं कहिले आउँछ ?
पोहोर पनि यस्तै गर्‍यौँ
थाहा नपाए जस्तो गर्‍याथेँ

हरियाको कोठेबारीमा पसेर
एक्लै रुँदारुँदा त्यहीँ निदाएथेँ,
तिम्रो आँसुको पुस्तक बोकेर
उज्यालो खोज्दै झर्‍याथेँ तल चुलीबनसम्म,
अहिले मेरा साथीहरू लिङ्गेपीङमा
चचहुई चचहुई गरिरहँदा
म भने तिम्रो पीरले हल्लिएको छु,
यो दसैँंमा
अर्थोक जे भए पनि
तिमी त्यो फाटेको चोलो फेर न,
तिम्रो बुबू मैले देख्दा त केही हुन्न
दुनियाँले रमिता ठान्छन्
अनि तिमीलाई
पागल र बाइफाले भनेर
बाँच्दै दिँदैनन् आमा !
तिम्रो बच्चा म
बरु नाङ्गै खेलुँला तिम्रो काखमा
एकपल्ट त हाँसिदेऊ,
भन न आमा !
अरु घरमा जस्तै हाम्रो आँगनमा
मालसिरीको धून कसले गुन्जाउँछ ?
आमा ! हाम्रो घरमा दसैँं कहिले आउँछ ?

०००
झोराहाट, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुर्सी, पैसा र रात

कुर्सी, पैसा र रात

भरत गुरागाइँ बर्बरिक
राई माइला

राई माइला

भरत गुरागाइँ बर्बरिक
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
तस्विर

तस्विर

भरत गुरागाइँ बर्बरिक
स्वयम्भूका आँखा

स्वयम्भूका आँखा

भरत गुरागाइँ बर्बरिक
बन्दुक

बन्दुक

भरत गुरागाइँ बर्बरिक
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

नरनाथ लुइँटेल
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
0
Would love your thoughts, please comment.x
()
x