साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संवर्द्धना/अभिनन्दनमा खेलाँचीको पौंठाजोरी

ऐरै-गैरे-नत्थुखैरेलाई पनि संवर्द्धना/अभिनन्दन पत्र प्रदान गरिन्छ । यसकारण यो परम्परा खेलाँची भएको छ । अब संवर्द्धना/अभिनन्दन पत्र प्रदान गरिनुमा खेलाँची गरिनु हुँदैन ।

Nepal Telecom ad

अचेल ठूला-बड़ा कुनै पनि महामहिमले सामान्य खोके कि उनलाई संवर्द्धना/अभिनन्दन गर्नेहरूको धुइरो लाग्छ । उबेला संवर्द्धना/अभिनन्दन भन्ने कुरो जोसुकैलाई, लरतराहरूको भाग्यमा पटक्कै जुरेको थाहा छैन मलाई । कुनै पनि क्षेत्रमा विशेष अभूतपूर्व योगदान पुऱ्याउनेहरूलाई मात्र सम्मानपूर्वक संवर्द्धना/अभिनन्दन गरी उनको योगदानको कदर गरिन्थ्यो । अचेल त्यस्तो छैन । अचेल काखी चेपाइ, लबी, भाइ-भतिजावादको बुइँ चढ़ेर संवर्द्धना/अभिनन्दनले पौठाजोरी खेलिरहेको स्पष्ट देखिन थालिएको छ । कतिले यसलाई जुङ्गा हेरेर भाग लाएको हो भने पनि यसमा म पटक्कै सहमत छैन । अचेल ता जुङ्गा नहुनेले पनि संवर्द्धना/अभिनन्दन आफ्नो झोलामा हालिनै रहेका छन् कि हालिनै रहेका छन् ।

हुन ता अहिले समय नै प्रोपोगाण्डा अर्थात् प्रचार-प्रसारको छ । प्रोपोगाण्डा हुनुपर्छ तर त्यसको पनि एउटा मर्यादा छ, सीमा हुन्छ । कुनै पनि मान्छे हिजोआज प्रचार-प्रसार चाहन्छन् । यो मान्छे नामको जनावरमा हुने स्वाभाविक प्रवृत्ति हो । तर केरा पायो भन्दैमा बोक्रैसित गमऱ्क्याउनु चाहिँ हुँदैन भन्ने मेरो मूख विचार छ । यो संवर्द्धना/अभिनन्दन ग्रहण गर्न के साह्रो रहर लागेको…अचम्म र उदेक लाग्छ ।

साहित्य-संस्कृति-समाज-खेलकुदमा अमूल्य, कसैले गर्नै नसकेका काम फत्ते पार्न सक्नेलाई मात्र संवर्द्धना/अभिनन्दन प्रदान गरिएको हो अरुको होइन तर संवर्द्धना/अभिनन्दनकै इज्जत बाँच्छ क्यारे ! खासै भनुँ भने, यो संवर्द्धना/अभिनन्दनको कुनै मान-मर्यादा, इज्जत-सम्मान केही छैन । किनभने, संवर्द्धना/अभिनन्दन समारोह आयोजन गर्ने संस्थाका सदस्यगणले रगत पसिना फुर्मास गरी प्रदान गरेका संवर्द्धना/अभिनन्दन पत्र, कदरपत्रको सम्मान प्राप्त गर्नेहरू कतिले गरेका होलान् वा गर्दा हुन् त्यसमा प्रश्नचिन्ह उभ्याउन सकिन्छ । धेरै साहित्यकाहरूका घरतिर जाने अवसर प्राप्त भएको छ । उनीहरू विभिन्न संवर्द्धना/अभिनन्दनले सम्मानित भएका छन् । कुनै कुनै साहित्यकाहरूका संवर्द्धना/अभिनन्दन पत्र (कुनै ऐनाको फ्रेममा बाँधिएका, कुनै कुनै भने लेमिनेसन गरिएका)-हरूको थाक देखेँ । उनको अध्ययन कक्षका भित्ताभरि संवर्द्धना/अभिनन्दन पत्रै-पत्र सुन्दर रुपमा सजाएर वा झुण्ड्याइएर राखिएका देखिए पनि ठाउँ नपुगेर धेरजसो संवर्द्धना/अभिनन्दन पत्र गोदाममा वा टाँड़मुनि खाँदेर राखिएको देखिन्छ । संवर्द्धना/अभिनन्दन पत्र प्रदान गर्नेले कति मान, कति मर्यादापूर्वक प्रदान गरिएका त्यस्ता संवर्द्धना/अभिनन्दन पत्रहरूको अपमानले आत्महत्या गरे झैं लाग्छ मलाई ।

खुसामदी गरेर, जदौहजूरी गरेर, लबीको माध्यमबाट फेला पारेका संवर्द्धना/अभिनन्दन पत्रलाई घरमा पुऱ्याएपछि अफालिने गरिन्छ वा त्यसको कुनै मान-सम्मान नरहेको बुझिन्छ । आफूले साँच्चै अभूतपूर्व योगदान पुऱ्य़ाएर, रगत पसिना फुर्मास गरी सम्बन्धित विषयमा केही गरेको भए पो त्यस्ता संवर्द्धना/अभिनन्दन पत्रको मुल्य र मह्त्व बुझ्छन् । बाँदरलाई अदुवाको के स्वाद ? संवर्द्धना/अभिनन्दन पत्र विशाल दर्शकअघि ग्रहण गर्नुछ, पुष्पहार लाउनुछ, करतल ध्वनिले स्वागत हुनु छ अनि साँझतिर आज मलाई फलानु संस्थाले फलानु विषयमा योगदान पुऱ्य़ाए वापत प्रदान गरेको संवर्द्धना/अभिनन्दन पत्रको निम्ति फलानु संस्थाप्रति आभार व्यक्त गर्दछु भनी स्टट्यासमा लेख्नाका साथै संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्दै गरेका ठूल्ठूला फोटाहरू पोष्ट गर्छन् । बस यति भए उनको धोको पुग्यो ।

कतिले चाहिँ संवर्द्धना/अभिनन्दन पत्र पाउनको निम्ति आयोजक संस्थालाई जम्मै खर्चपात बेहोर्छन् भन्न पनि गाइँगुइँ सुनिन्छ । तसर्थ आफूले खर्चपानी दिएर संवर्धित/अभिनन्दित हुने संवर्द्धना/अभिनन्दन पत्र भोगी जनावरहरू पनि रहेछन् भन्ने प्रमाणित भइसकेको छ ।

खासै कुरा भन्नु हो भने, संवर्द्धना/अभिनन्दन प्रदान गर्ने गराउने चलनले राँटो लाइसकेको छ । जस्तोसुकै जुनसुकै पाराले संवर्द्धना/अभिनन्दन पत्र प्राप्त गर्नेले आफूलाई अरुभन्दा निकै अग्ला, भयङ्कर, सर्वश्रेष्ठ ठान्ने गर्दछन् । खासै योगदान पुऱ्याएर संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्ने असली भागीदारले आफूले ग्रहण गरेका संवर्द्धना/अभिनन्दन पत्रलाई बड़ो आदरपूर्वक आफ्नो बैठक कोठामा राख्छन् । बैठक कोठामा त्यसले शोभा बढ़ाएको हुन्छ । तर आफूले ग्रहण गरेका संवर्द्धना/अभिनन्दन पत्रको विज्ञापन गरेको कहिल्यै देखिँदैन । तर भुइँफुट्टे संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्नेले आउने जाने सबैले देखुन् भनी घरको बाहिर झुण्ड्याएको पनि देखिएको छ ।

कुरा निस्किहाल्यो । एउटा नामुद संस्थाका सचिव र अध्यक्षले मलाई सम्मान गर्ने कुरो जाहेर गर्दा मैले सो सम्मान ग्रहण गर्न असहमति जनाउँदै भने, होइन… क्षमा गर्नुहोला । मलाई अझै केही काम गर्न दिनोस् । अहिल्यै नै संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्ने मेरो समय भएको छैन ।

सचिवले भने, “तपाईंका कृतिहरू कतिवटा प्रकाशित भइसकेका छन् ?”

मैले भनेँ- “पैैतीसवटा ।

अध्यक्ष बोले- “ओहो…सरी… सरी… त्यसो भए तपाई हाम्रो संस्थाबाट दिइने संवर्द्धना/अभिनन्दन पत्रको हकदार बन्न सक्नुहुन्न ।”

मैले तुरुन्तै सोधेँ- किन हजूर ?

सचिव बोले गम्भीर मुद्रामा- “ए…हाम्रो संस्थाले ता एउटै पनि कृति प्रकाशित नगरेका साहित्यकारलाई मात्र संवर्द्धना/अभिनन्दन गर्छौं । तपाईंलाई यति धेर किताब कसले छाप्नु भन्यो ?” म मौन बसेँ ।

हिजोआज यो संवर्द्धना/अभिनन्दन पत्र प्रदान गर्ने वा ग्रहण गर्ने परम्परा पगली आइमाईको धोतीजस्तो लाग्न थालेको छ मलाई । किनभने ऐरै-गैरे-नत्थुखैरेलाई पनि संवर्द्धना/अभिनन्दन पत्र प्रदान गरिन्छ । यसकारण यो परम्परा खेलाँची भएको छ । अब संवर्द्धना/अभिनन्दन पत्र प्रदान गरिनुमा खेलाँची गरिनु हुँदैन । लापरवाही गरिनु कदाचित हुँदैन । नत्र गुहू र गोबरमा भिन्नता र फरक नै के रहला ?

कुनै पनि क्षेत्रमा कुनै योगदान नपुऱ्याइ आफूले नै खर्चपानी बेहोरी संवर्द्धना/अभिनन्दन पत्र ग्रहण गर्ने भाइरसलाई मनभित्रैबाट उखेलेर फ्याँक्नुपर्छ । यो संवर्द्धना/अभिनन्दनमा खेलाँचीको पौंठाजोरीमा रोकथाम गरिनुपर्छ । ताकि संवर्द्धना/अभिनन्दन ग्रहण गर्न योग्यका व्यक्तिको सम्मानमा कुनै कलङ्क नलागोस् । कसैलाई नाकनिक नहोस् ।

०००
सिलिगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x