साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावअघि झिलिमिली, चुनावपछि तिरिमिरी

दोसल्ला ओढेर भोट दुहुन पुगेका छन् भैँसी दुहुने नाउँमा । नमस्कार पनि नेप्से सूचीमा रातो लागेजस्तो ज्यादै सस्तो भएको छ ।

Nepal Telecom ad

तपाईं सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ, चुनाव आउँदैछ । ल चुनावी स्टाटस कपि-पेस्ट गर्नुहोस् ।

१. अंग्रेजीमा एउटा भनाई छ- Bad governments are elected by good citizens who don’t vote.
दल, उम्मेदवारसँग दिक्दार भएर भोट नगर्ने हो भने तिनकै कारणले झनै खराब मानिसले चुनाव जित्ने सम्भावना हुँदो रहेछ ।

२. आ-आफ्ना स्वार्थ छन् । अहिलेलाई भान्छामा नाङ्ग्लोको ‘पट्याँस’ खोजिरहेको पति र खेतमा जुवाको (हल्लुँडो) ‘नारा’ को गाँठो फुकाइरहेकी पत्नी यिनको जोडा नै असली नेता र कार्यकर्ता हुन् भन्दा अत्युक्ति नहोला । को कतिखेर भड्किने र कतातिर फर्किने हुन् अत्तो पत्तो छैन ।

३. चुनावअघि मान्छेले जति खराब बोल्छन्, चुनावपछि जित्ने र हार्नेहरूले त्यही गर्नेछन् । नेपालमा त पटक पटक मन्त्री हुँदा पनि बोली सुधार्न नसक्ने हुँदा रछन् । हाम्रा विगतले त्यही भन्छ ।

४. संसदमा निदाउँदा र घुर्दा जरिवाना लाग्ने हो भने आधाआधी सांसद कंगाल भैसक्थे । अनि चुनाव पनि छात्रवृत्तिमा लड्नुपथ्र्यो ।

५. मतदानलाई कसै कसैले ‘दान’ का रूपमा लिएका छन् । दान गरिएको चिज फिर्ता लिइँदैन । यसर्थ मतदान गरेपछि आश गर्नु व्यर्थ छ ।

६. चुनावकै सन्दर्भमा एक चुट्किलाः- जाडो बढ्न थालेपछि चितुवाले भेडाको बथानमा गएर भनेछ । “अब तिमीहरू सबैलाई एक एक थान कम्मल बाँड्छु ।”
भेडाहरूले पत्याएछन् । बरू भेडाको नयाँ पुस्ताको पाठोले सोधेछ- “त्यो कम्बलचाहिँ केले बनाउँछौ नि ?”

७. सबैभन्दा झूठ चुनाव आसपास बोलिन्छन् । स्वर्ग र नर्क हुन्छ भने पनि यो बेला बोलेका झूठले त्रिलोक नै थर्कमान हुँदाहुन् । झूठ पनि यति कि, जितपछि कानून बनाउने सांसदले उद्योग बनाउँछु, रोजगारी दिन्छु, एयरपोर्ट बनाउँछु, करोड पर्यटक भित्र्याउँछु भनिराछन् ।

८. अंग्रेजीमा अर्को भनाई छ- voting is serious business. भोट माग्दा देखिएको लम्पसारवाद त्यसैको चरम रूप हो ।

९. एउटा चिनियाँ भनाई छ- एउटा मान्छेलाई माछा दिने हो भने एकै दिनमा खाइदिन्छ तर माछा मार्न सिकाउने हो भने आजीवन माछा खाइरहन सक्छ ।
चुनावमा एकछाक मासु र शीतल जलमा लगानी हुन्छ भन्छन् । सँधैभरी खाने पनि नबनाउन् । त्यसले झन् कङ्गाल बनाउला ।

१०. आश्वासन पनि साह्रै हाँसोलाग्दा देखिन लागिसके । एउटाले विदेश काम गर्न जानेलाई निशुल्क टिकट, अर्काले विदेशबाट फर्किनेलाई । एउटाले लाखौँलाई रोजगारी दिने, अर्काले देशका सबै नदी जोडेर विशाल नहर बनाउने । आश्वासन सुनेर लाज पनि लजाउन लाग्यो ।

११. आश्वासनले यस्तै सीमा नाघ्दै जाने हो भने आउँदा चुनावको केही सम्भावित आश्वासनहरू यस्ता हुन सक्लान्-
० सगरमाथामा स्ल्याब ढलान गरिने ।
० चन्द्रमा जाने भर्‍याङको व्यवस्था गरिने ।
० आफ्ना कार्यकर्तालाई इडिभी मिलाइदिने ।
० भारतलाई लिपुलेक दिएर बिहार नेपालमा गाभिने ।
० नमस्ते खाने दिन चुनावपछि पनि दोहोरिएर आउने ।

१२. विकसित देशमा घोषणापत्र खाली बेलुन जस्तो हुँदोरहेछ, चुनावपछि हावा भर्दै भर्दै जाने तर हाम्रो जस्तो देशमा मतदानको घोषणापत्र हावा भरिएको बेलुन हुँदोरहेछ । चुनावपछि बेकामे, च्वास्स घोच्यो फुटायो ।

यहाँहरूलाई के लाग्छ कुन्नी, मलाई त रङ फेर्ने तरिका कतै छेपारोले पनि यिनैबाट सिके कि भन्ने लाग्छ । शङ्काले लङ्का जलाउँछ भन्छन् । अस्ति मुर्दावाद भएको ‘मुर्दा’ ब्यूँझिएर जिन्दावाद गाउँन थालिसक्यो । संसारकै भ्रष्ट घोषित नेतासँग अंकमाल भैसक्यो ।

यत्र कष्टम् तत्र कष्टम्, इदम् भ्रष्टम् उदम् भष्टम् । गलामा माला र गोडामा छालाका क्यालिवर जुत्ता लाएर खेतमा भेटिन्छन् आश्वासनका खेतालाहरू । दोसल्ला ओढेर भोट दुहुन पुगेका छन् भैँसी दुहुने नाउँमा । नमस्कार पनि नेप्से सूचीमा रातो लागेजस्तो ज्यादै सस्तो भएको छ ।

आश्वासन पनि अघौँची सुन्नँ नपाउने भनेर सोध्नुहोला । ढुक्कसँग पाइँने । ‘देश र जनताका लागि’ ।

चुनावअघि झिलिमिली, चुनावपछि तिरिमिरी । आउओस् आश्वासनको रसस्वादन गरौँ ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x