साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

डाँका चोर दलाल भ्रष्ट ननिको, बन्दै नबन्नू कबै । मान्छे बन्न सकून् यहाँ मुलुकका, नेता र मन्त्री सबै ।

Nepal Telecom ad

(मान्छे कविता श्रृङ्खलाको २७ औँ भाग)

पेसा धर्म कला अनेक गणका, हुन्छन् यहाँ मानिस ।
मान्छे बन्छु भनेर उच्च गतिलो, गर्नू अझै कोसिस ।।
होला शान्ति खुबै यहाँ मनुजले, सद्भाव राख्यो भने ।
बन्ला देश उँचो यहाँ भगतझैँ, मान्छे बनेछन् भने ।।-१

भन्छन् डाक्टरको बडा वकिलको, उम्दा छ पेसा यहाँ
मान्छे बन्न सकेन उत्तम भने, मिल्ला र सेवा कहाँ !!
राम्रो ज्ञान र बुद्धि छर्न गुरु ती, द्यौता समानै बनून् ।
चेला हून् सब एकलब्य सरिका, मान्छे विधाता बनून् !!-२

फल्ला अन्न किसान कर्म गतिलो, चाहिन्छ भन्छन् जन ।
खालान् मानिस पोसिलो र भरिलो, सक्लान् कि मान्छे हुन ।।
हाम्रा ती सब राष्ट्र सेवकहरू, ती कर्मचारी सब ।
आर्मी ती प्रहरी समस्त जनता, मान्छे बनून् ती अब !!-३

होला उच्च विकास यो मुलुकमा, मान्छे बनून् सुन्दर ।
ठेकेदार इमानदार नभए, बिग्रन्छ हाम्रो घर ।।
हाम्रा सन्तति ती अमूल्य धन हुन्, छोरा र छोरी सब ।
त्यागून् आज कुकर्म उग्र झगडा, मान्छे बनून् ती अब ।।-४

डाँका चोर दलाल भ्रष्ट ननिको, बन्दै नबन्नू कबै ।
मान्छे बन्न सकून् यहाँ मुलुकका, नेता र मन्त्री सबै ।।
खानू कर्म गरी सबै मनुजले, धर्ती हुने छिन् खुसी ।
मान्छे बन्नु हुँदैन यो मुलुकको, भेडा र बोका खसी ।।-५

०००
बट्टार, नुवाकोट । हाल, बालाजु, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x