साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य श्रृङ्खला विशेष काव्यगोष्ठी

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२६ औं बुढ्यौली साहित्य श्रृङ्खला विशेष काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

Nepal Telecom ad

काठमाडौं, २०७९ साल कार्तिक २३ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १२६ औं बुढ्यौली साहित्य श्रृङ्खला विशेष काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं प्रसिद्ध हास्य व्यङ्ग्यकार एजिङ नेपालका अध्यक्ष कृष्णमुरारि गौतम (चट्याङमाष्टरज्यूको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गौतमले बुढ्यौली साहित्यले पाका मानिसका कुरालाई सिर्जनामा उतारेर चेतना र सन्देश दिने कार्य गर्दछ भन्नुहुँदै वाचित रचनाहरू ज्यादै उत्कृष्ठ छन् भन्नु भयो । बुढ्यौली साहित्य जनार्दन धड्कन जीले अभियानको रुपमा अगाडि बढाउनु भएकोले बुढ्यौली साहित्य लोकप्रिय बन्दै गइरहेको छ भने हेटौंडामा बुढ्यौली साहित्य संस्थाको रुपमा दर्ता भएर शाखा विस्तार गरिरहेको जानकारी दिनु भयो । चन्द्रागिरिको नियमित १२६ श्रृङ्खला पुग्नु ज्यादै खुशीको कुरा हो यो नै साहित्यको उत्कृष्ठ सेवा हो भन्नु भयो ।

विशिष्ट अतिथि डा बमबहादुर थापाले आफ्नो जीवन लेखे नै बुढ्यौली बन्छ भन्नु भयो । कलानिधि दाहालले जनार्दन खोरियामा सफल बन्दै देखा परिरहेका छन् त्यो भनेको खोरियामा कलम चलाउने दिनानु दिन वृद्धि हुनु हो, साहित्यमा चेतनाको सकारात्मक उर्जा भर्ने गर्नुपर्छ । बुढ्यौली पहिलेको वणर्न गरेर मात्र पुग्दैन भन्नु भयो । विशिष्ट अतिथि गंगा लिगल, डा. सीता सुवेदी, ललिता दोषीले शुभकामना व्यक्त गर्नुहुँदै रचना वाचन गर्नु भयो ।

सुधा बास्कोटा ढकालको प्रिय र कुशल उदघोषणमा भएको काव्य गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश गिरिराज डल्लाकोटी, लक्ष्मीप्रसाद मिश्र, अनुराधा थापा, टेकबहादुर लौडारी, सुरेशचन्द्र घिमिरे, बिनुबाबा घिमिरे, प्रेम थापा, संगीता ठाकुर, शारदा आचार्य, चूडा निर्भिक, कल्पना देवकोटा, जानुका थापा, महेश खरेल, सविता केसी, उत्तम भेटवाल, चन्द्रावती अधिकारी, मूना घिमिरे, उमा ओडारी, घनश्याम पौडेल, उर्मिला पन्त, सविता केसी, प्रेम थापा लगायत ३० जना सर्जकहरूले आ-आफ्ना बुढ्यौली भाव सिर्जनाका रचना वाचन गर्नु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको रुपमा खोरिया लेखनको सैद्धान्तिक अवधारणामाथि प्रकाश पार्नुहुँदै खोरिया विश्वभर छरिएर रहनु भएका स्रष्टाहरूले नेपाली साहित्यकार विश्व सञ्जाल मार्फत लेखन अभ्यास गरिरहनु भएकोमा खुसी एबं गर्व लागेको बताउनु भयो । प्रमुख अतिथि ज्यू,विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारज्यूमा धन्यवाद ज्ञापन गरि आफ्नो बुढ्यौली खोरिया र गद्य कविताका साथ कार्यक्रम समापनको घोषणा गर्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x