साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरामी हराऔं आयो कर्महारा

सबै गाउँलेले गरालो उचालुन् । झुरा पातपत्कर् कुचाले बढारून् । सही व्यक्ति छान्ने विचार्दै विशेष । भए दास जस्ता लगारुन् थिचेर ।

Nepal Telecom ad

उठ्याछन् पुराना हिजो मस्त दार्ने ।
दिनोस् भोट भन्दै गई टोल चार्ने ।।
समाएर खुट्टा झुकी मस्त ढोग्छन् ।
पुगी सर्वहाराकहाँ मोल तोक्छन् ।।

जँड्याहा जुवाडे र दादा समेटी ।
पुर्याहएर भट्टी चढाईन्छ भेटी ।।
भए कार्यकर्ता अघोरी र गुण्डा ।
जिते गर्छ उल्ले सँधै धूर्त फण्डा ।।

चुनावी छ नारा उध्याएर दारा ।
हरामी हराऔं आयो कर्महारा ।।
लखेट्दै नराम्रा बढारेर फालौं ।
भए व्यक्ति राम्रो गई भोट हालौं ।।

अझै आउलान् पत्रु इच्छा लिएर ।
बसोस् बासमै वृद्धभत्ता निलेर ।।
सबै वृद्ध सत्ता पुगौं भनी ताक्ने ।
बुझुन् भोटदाता मिलाएर फ्याँक्ने ।।

युवा शान्त जागोस् गई हाँक्न सत्ता ।
जिताईन्न छुसी तथा मूर्ख मत्ता ।।
हिजै जानिएका घुस्याया र डाँका ।
उठे दुष्ट प्यादा लिई हान्नु भाटा ।।

सबै गाउँलेले गरालो उचालुन् ।
झुरा पातपत्कर् कुचाले बढारून् ।।
सही व्यक्ति छान्ने विचार्दै विशेष ।
भए दास जस्ता लगारुन् थिचेर ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x