सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हरामी हराऔं आयो कर्महारा

सबै गाउँलेले गरालो उचालुन् । झुरा पातपत्कर् कुचाले बढारून् । सही व्यक्ति छान्ने विचार्दै विशेष । भए दास जस्ता लगारुन् थिचेर ।

Nepal Telecom ad

उठ्याछन् पुराना हिजो मस्त दार्ने ।
दिनोस् भोट भन्दै गई टोल चार्ने ।।
समाएर खुट्टा झुकी मस्त ढोग्छन् ।
पुगी सर्वहाराकहाँ मोल तोक्छन् ।।

जँड्याहा जुवाडे र दादा समेटी ।
पुर्याहएर भट्टी चढाईन्छ भेटी ।।
भए कार्यकर्ता अघोरी र गुण्डा ।
जिते गर्छ उल्ले सँधै धूर्त फण्डा ।।

चुनावी छ नारा उध्याएर दारा ।
हरामी हराऔं आयो कर्महारा ।।
लखेट्दै नराम्रा बढारेर फालौं ।
भए व्यक्ति राम्रो गई भोट हालौं ।।

अझै आउलान् पत्रु इच्छा लिएर ।
बसोस् बासमै वृद्धभत्ता निलेर ।।
सबै वृद्ध सत्ता पुगौं भनी ताक्ने ।
बुझुन् भोटदाता मिलाएर फ्याँक्ने ।।

युवा शान्त जागोस् गई हाँक्न सत्ता ।
जिताईन्न छुसी तथा मूर्ख मत्ता ।।
हिजै जानिएका घुस्याया र डाँका ।
उठे दुष्ट प्यादा लिई हान्नु भाटा ।।

सबै गाउँलेले गरालो उचालुन् ।
झुरा पातपत्कर् कुचाले बढारून् ।।
सही व्यक्ति छान्ने विचार्दै विशेष ।
भए दास जस्ता लगारुन् थिचेर ।।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
आएछ यहाँ चाड तिहार

आएछ यहाँ चाड तिहार

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
गाईजात्रा

गाईजात्रा

चूडा निर्भीक
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल