साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसास शिखर पुरस्कार प्रदान

अनेसास शिखर पुरस्कार संस्थाले थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कविता वाचन तथा “अनेसास शिखर पुरस्कार” समर्पण समारोहको आयोजना गर्‍यो ।

Nepal Telecom ad

अनेसास शिखर पुरस्कार सस्थाले २०७९ कात्तिक २८ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कविता वाचन तथा “अनेसास शिखर पुरस्कार” समर्पण समारोहको आयोजना गर्‍यो ।

सो कार्यक्रमको प्रमुख नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य- सचिव साहित्यकार प्रा.डा. जगतप्रसाद उपाध्याद्वारा ३३,३३३/- नगद राशिसहित साहित्यकार बद्रीप्रसाद पराजुली (विराटनगर)का प्रतिनिधि बिना पराजुलीलाई प्रदान गरियो । यसअगि यस पुरस्कारबाट साहित्यकार विनोद खड्का सम्मानित भएका थिए।

कार्यक्रम अनेसास शिखर पुरस्कारका अध्यक्ष एवं अनेसास कतारका पूर्व अध्यक्ष कवि प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सप्पन्न भएको थियो ।

सो कार्यक्रममा अनेसास शिखर पुरस्कारका सदस्य एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले स्वागत गर्दै कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

यसैगरी अनेसास शिखर पुरस्कारका अर्का सदस्य कवि इन्द्रमणि नेपालले पुरस्कृत कवि बद्रीप्रसाद पराजुलीको परिचय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कतारका कविहरु दिपक पुडासैनी, शेखर बस्नेत, इन्द्रमणि नेपाल, प्रेमप्रसाद भट्टराईलगायतले आआफ्नो कविता वाचन गरेका थिए ।

यसैगरी सो कार्यक्रममा गायकहरु प्रदीप लामा, कृपा भट्टराई र नवराज सापकोटाले गीतहरु गाएका थिए। गायक नवराजलाई सुनिल शाही र समु तामाङले तबला र तानपुरामा साथ दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य- सचिव साहित्यकार प्रा. डा. जगतप्रसाद उपाध्याय, गुन्जनकी निवर्तमान अध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठक र अध्यक्ष प्रेमप्रसाद भट्टराईले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए। कार्यक्रममा साहित्यकारहरु नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ, प्रमोद प्रधान, रमेशानन्द बैद्य, ममता मृदुल, मुरारि सिग्देल, विष्णु ओली, होम कार्की, दिपक पाण्डे, भानु प्रकाश जोशी, विक्रमभक्त जोशी, राजेन्द्र ढुंगाना, महेश्वर नेपाल, मोहन आचार्य, नीता श्रेष्ठ, अखिल बास्तोला, मनिला वन्त, कला भट्टराई, जस्मिन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x