साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर चिन्हमा भोट हालौं

नेता सारा पुच्छर भए । नेपालीको आत्मसम्मान, पेट-पेटको विकास थालौं । ता वफादार नोकर हुन् कुकुर चिन्हमा भोट हालौं ।

Nepal Telecom ad

भन्छन् बूढापाकाहरू-
“भुक्ने कुकुरले टोक्दैन ।
टोक्ने कुकुरले भुक्दैन ।”
त्यसैले जनता जनार्दनहरू अब झुक्दैनन् ।

वाटामा बाँस तेर्साएर हुन्छ,
नीति र नैतिकता त्यस्तै हो,
विकासको गोटी यसरी नै चालौं ।
वा वाटामा गाह्रो लगाएर हुन्छ,
नेता तर्साउन चुक्दैनन् ।
कुकुर चिन्हमा भोट हालौँ ।

भन्छन् बाबुबाजेहरू-
“जुन जोगी आए’नि कानै चिरिएका ।”
यहाँ त जोगीका कुरा होइन,
भोगीहरूका मति चिरिएको ।
योगीहरूका गति चिरिएको ।
नेता त सबै नेता नै भए,
नेताका गोत्रमा कुकुर गए ।
सत्ताका लागि नेता भिड्ने,
हड्डीका लागि कुकुर भिड्ने ।
राष्ट्र र राष्ट्रियता यस्तै हो,
कमाउन सबैलाई पर्ने भो ।
खल्ती-खल्तीमा नोट हालौं ।
कुकुर चिन्हमा भोट हालौं ।

भन्छन् बूढापाकाहरू-
“बाह्र वर्ष ढुङ्ग्रामा हाले पनि
कुकुरको पुच्छर बाङ्गाको वाङ्गै ।”
सायद यस्तै भएर होला !
नेताहरू त्यस्तै बाङ्गा छन् ।
सोझिन कहिल्यै जानेका छैनन् ।
सोझिन कहिल्यै मानेका छैनन् ।
चिची र पापामै जुटेका छन् ।
सत्ता र सोहर्नको मातमा आज
जनतालाई नै धुतेका छन् ।
नेता आखिर नेता नै हो,
नेताहरूको स्वागत थालौं ।
धनजनको सुरक्षा हुन्छ,
कुकुर चिन्हमा भोट हालौँ ।

गिठ्ठा भ्याकुर खानेहरू
पुलाउ कवाफ खाने भए ।
नाङ्गा खुट्टा हिँड्नेहरू
पजेरामा सललल जाने भए ।
प्रजातन्त्रका हिमायतीहरू
प्रजाकै पेट मार्ने भए ।
राष्ट्रियताका रखवालाहरू
राष्ट्र नै लिलामीमा पार्ने भए ।
मालिकका अगाडि दुम हल्लाउने
देश विकास त त्यस्तै हो ।
आज खोलाखोलै गए ।

नेता सारा पुच्छर भए ।
नेपालीको आत्मसम्मान,
पेट-पेटको विकास थालौं ।
ता वफादार नोकर हुन्
कुकुर चिन्हमा भोट हालौं ।

०००
‘यमराजको निम्तो’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x