साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विज्ञापन

डाक्टरलाई छाडेर म निस्किन खोज्छु । डाक्टरले प्रश्न गर्छन् - किन के भो ? निराशा मिसिएको स्वरमा बोल्छु - त्यही एफेममा तपाईंको विज्ञापन पनि आइरहेको छ ।

Nepal Telecom ad

म दुब्लोपातले मान्छे । हृदयदेखि नै कमजोर पनि । बलियो हुन र मोटाउन चाहन्छु तर सक्दिनँ ।
आज बिहान एउटा एफेममा सुनेंँ – … छ जहाँ तन्दुरुस्ती छ त्यहाँ … ।

मेरो त भाग्य नै खुलेको भन्ठानेंँ । लाखौँ वर्ष तपस्या गरेपछि भगवानले वर दिन तथास्तु भनेझैँ बल्ल मैले तन्दुरुस्त हुने औषधि पाएँ ।

तन्दुरुस्तीको त्यो रामवाण जुन पसलमा किनें, त्यसैमा सोधे – यससित अरु पनि केहीँ चाहिन्छ त ?
मबाहेक सबै जान्ने छन् । आफू त परियो सोझो मान्छे । पसलेले दियो – चाउचाउ । त्यसमा मोटो अक्षरले लेखिएको थियो – भिटामिनले भरपूर ।

तन्दुरुस्तीलाई जिउभरि दल्नुसित दलेंँ । मानूँ, मेरो सात जुनीको दुब्लोपन हटाउने यो अचुक औषधि जो थियो ।
अनि चाउचाउ त खाउँखाउँ लागिरह्यो । जति खाऊँ खाउँखाउँ लागिरहने हुनाले दूधसित, दहीसित, तरकारीसित र जेजेसित अवसर मिल्यो त्योत्योसित खाएँ ।

तन्दुरुस्ती र पौष्टिक पचाउने मेरो भित्री र बाहिरी मेसिनमा गडबडी देखियो । सुरुमा त लाग्यो म तुरुन्तातुरुन्तै मोटाउन थालेँ । एक छिन सहें – पेट पोलेको, पेट दुखेको तर पखाला पनि लाग्न थालेको र वान्ता आउन लागेको लुकाउन सकिनँ ।

मेरो बजारको सबैभन्दा ठूलो अस्पतालको सबैभन्दा ठूलो डाक्टरकहाँ पुगें । पत्नीजी साथै हुनुहुन्थ्यो । पत्नीजीको अगाडि म फिस्टो महाराज थिएँ । यही कारण हो कि म चाडपर्वबाहेक अन्य समयमा पत्नीजीसित बाहिर निस्किदिनँ ।

डाक्टरलाई समस्या सुनाउँछु । डाक्टर हप्काउँछन् – त्यस्तो विज्ञापनमा पनि विश्वास गर्ने हो ?

डाक्टरलाई छाडेर म निस्किन खोज्छु । डाक्रले प्रश्न गर्छन् – किन के भो ?
निराशा मिसिएको स्वरमा बोल्छु – त्यही एफेममा तपाईंको विज्ञापन पनि आइरहेको छ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x