साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुन्द्रुक र व्यङ्यकवि

हुन त साँध्न, उमाल्न जान्ने साडिधारीहरू पनि गोडा पाँच सातेकको पनि कोइली स्वर सुनिन्छ त्यहाँ तर डर के हुँदो हो भने चिकेन चाउमिनको डब्बा खोल्नुभन्दा पहिला गुन्द्रुकको पोको फुक्यो भने ?

Nepal Telecom ad

रायो, मुलाको साग, तोरि पिँडालुको डाँक्ला आदिको सुकुटी गुन्दुक हो । सुकुटीभन्दा चट्ट काटेको फलमासु चुलोमाथि शिलमा उनिएर धुँवा र रापको मिश्रणबाट बनेको मासुको लुम्सा संझनु पर्छ तर सागजातिको सुकुटी बनाउने तरिका फरक छ । लुम्से सुकुटी अरुमा खास नचढे पनि उहिले इन्द्र भौमान र अहिले पुरेत जजमान दुबैले घुड्क्याउने पहिले सोमरस अहिले नामान्तर भएर रौद्ररस बुझे हुन्छ ।

कुरा बाङ्गिएकोमा माफ गर्नु होला । कुरोको चुरो गुन्द्रुक र कविकै सेरोफेरोमा छ । गुन्द्रुक बनाउन जति कठिन छ त्यो भन्दा कठिन ब्यङ्ग्यकार बन्नमा छ । तर अब्बल गुन्द्रुकको सितन र जब्बर ब्यङ्ग्यकारको फित्कौली स्वादिलो हुन्छ । उत्तर ताकेर दक्षिणको शिकारको कोखामा तीर हान्नु चानचुने कुरा होइन । सुन्दा र सुँघ्दा गन्हाए जस्तो, खाँदा स्वादिलो चट्याङ मास्टरको राधे राधे जस्तै ।

डिल्लीप्रसादको सिल्ली पनि कम रोचक छैन । कतै ब्यङ्ग्य कविले माइकको फुँदो समाउने चाँजोपाँजो मिल्दा डिल्लीप्रसादसँग एउटा पोको हुन्छ नै । घरबाटै संझेर ल्याउँदा हुन्, यो पोको कस्को पोल्टामा पर्ने हो भनेर । तर परिस्थिति कहिलेकाँही बेग्लै भैदिन्छ । सोचेभन्दा अरुलाई पनि बिलो लाग्नु पर्ने । मतलब बुझ्नु भए हुन्छ, आज वरिष्ठ धेरै छ्न तर पोको एउटा । तर डिल्लीप्रसादको गिदी पनि कम तेजिलो छैन । एउटै पोको भए पनि सबै वरिष्ठ उभ्यायो, मम भनेर छुन लायो, पोको एउटालाई थमायो । सबैले पानी समाएर पुङ्गिफल गणेशलाई चढाए जस्तो । गुन्द्रुक तिहुनमा को मुल तिहुन ? अन्तिममा बाक्के फुट्छ डिल्लीप्रसादको “सबैले बाँडी खानू ।” भाग पर्ने गणेश चैँ चट्याङ्ग मास्टर, ढकलपुरे, फित्कौली हान्नेका नाथ नरनाथ र डाक्टर आदि आदि ।

हुन त साँध्न, उमाल्न जान्ने साडिधारीहरू पनि गोडा पाँच सातेकको पनि कोइली स्वर सुनिन्छ त्यहाँ तर डर के हुँदो हो भने चिकेन चाउमिनको डब्बा खोल्नुभन्दा पहिला गुन्द्रुकको पोको फुक्यो भने ?

गुन्द्रुकको झोल त बराह औतारको बोसिलो सिकार र रोयल स्ट्यागको चुस्किले मुखाकृति बिग्रिएपछि एक बटुको गुन्द्रुकको तातो झोल स्वाट्ट पार्‍यो । आन्द्रा र दिमाग दुबै हल्का । यस्तो सौभाग्य कहिले जुर्ने हो कुन्नी यो गुन्द्रुकेलाई ?
“जय मुलतिहुन, जय गुन्द्रुक ।”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x