साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानको करामत

स्वदेशी झारफुक र औषधीमुलोले नछुने हाम्रा कान विदेशीहरूले फुकेपछि ठिक हुँदो रहेछ र पो हाम्रा राजनीतिज्ञहरू बेलाबेलामा कान फुकाउन विदेश दौडिँदा रहेछन् भन्ने कुरा त्यसपछि मात्र बल्ल मलाई थाहा भयो ।

Nepal Telecom ad

एउटा कान भए पनि चल्थ्यो तर ब्रह्माजीले किन दुईवटा कानको सृष्टितिर दृष्टि दिएका होलान् भनेर बेलाबेलामा मेरो मथिङ्गलमा धेरै कचिङ्गल नचलेको होइन

तर मथिङ्गलमा कोचिएका कैयौं कुराहरूलाई फिल्टर गरेर चाँहिदो राख्ने, नचाँहिदो कोचेलगाँडा जति बाहिर फ्याँक्नको लागि पनि कतै अर्को दुलो त चाहियो । टाउकोमा जथाभावी प्वाल पारेर झ्याल राख्ने कुरा पनि भएन दायाँबायाँ दुवैतिर कान भयो भने एउटा कानले सुन्ने अर्कोले उडाउने हेर्नोस् त ब्रह्माको कस्तो राम्रो आइडिया । एउटा मात्र कान भएको भए टाउकोमा एकापट्टि चुच्चो र अर्कोपट्टि बुच्चो हुन्थ्यो हेर्दै नसुहाउँदो देखेपछि ब्रह्माजी कस्तो छुच्चो भनेर सबैले गाली गर्थे त्यो गालीबाट बच्न पनि उनले दुईवटा कानतिर ध्यान दिएका होलान् ।

ध्वनितरङ्ग वा शब्दलाई ग्रहण गर्ने शरीरको अङ्ग, एक ज्ञानेन्द्रीय वा श्रवणेन्द्रीय भनी नेपाली शब्दकोषमा उल्लेख गरिएको कानको मुख्य कर्म भनेको अरूका कुरा सुन्ने र सुनेका कुरा फिल्टर गरेर आवश्यक राख्ने र अनावश्यक बाहिर फ्याँक्ने हो । यसका अतिरिक्त चश्मा अड्काउन पर्‍यो कान, भएभरका गहना ढल्काउनु पर्यो कान, कसैका कुरा सुनिदिनु पर्‍यो कान, कसैको गाली खानु पर्‍यो कान, ताली खानु पर्‍योे कान, उचाल पछार गरेर झगडा लगाइदिनु पर्‍यो कान, नराम्रा कुरा भरेर उपद्रो मच्चाइदिनु पर्‍यो कान, बढाइचढाइ गरेर कसैलाई थच्चाइदिनु पर्‍यो कान, इयरफोन घुसार्नु पयो कान, मुखमा मास्क मुसार्नु पर्‍यो कान, अभिभावकले निमोठ्नु पर्‍यो कान, गुरुले चिमोट्नु पर्‍यो कान । यदि कान नभएको भए हाम्रो हालत के हुन्थ्यो होला ?

फेरि कानलाई पाल्न अति सजिलो छ न यसलाई खान दिनुपर्छ, न लाउन तर पनि यसले निःशुल्क हाम्रो सेवा गरिरहेको हुन्छ यसलाई खान दिने भनेको सुख्खा भएमा तेल लगाएर दल्ने र बिसन्चो भएमा औषधी राखेर कपासले धकेल्ने हो ।

अनुमान गर्नोस् त जन्मेदेखि मृत्य नहुन्जेलसम्म कानले कुरा कोचेको हुन्छ ? तैपनि अब भयो, मेरो राख्ने ग्यारेज कति खाली छैन । अब म कसैका कुरा सुन्दिनँ भनेर कहिल्यै कुनै कुरा फिर्ता गरेको छ ? दुःखीका कुरा, गरिबका कुरा, पीडितका कुरा, भोकमरीका कुरा, रोगीका कुरा । यस्ता जति नै कुरा सुनाउनोस् ऊ सुनिरहन्छ अरूका कुरा सुनिरहँदा पनि कानलाई घुमाउरो पाराले यसले मेरो कानै खायो भनेर छेड हान्न पनि पछि पर्दैनन् । तर अरूले जे भने पनि नचाहिँदा कुरा कोचेर राखिरहँदा दिमागलाई बोझ हुन्छ भनेर एउटा कानले सुन्छ, अर्को कानले उडाइदिन्छ । यसो गर्दा कानको ग्यारेज पनि कहिल्यै भरिँदैन सधैँ खाली हेर्नोस् त कानको करामत ।

टाउकाको दुईतिर च्याउ झैँ उम्रिएका मेरा यी कानमा केटाकेटीमा नुहाइधुवाइ गरेर घाममा सुताएपछि आमाले तेल हालिदिनुहुन्थ्यो स्कुल जाँदा पनि कानमा, कपालमा तेल दलेर पठाउनुहुन्थ्यो पाठ बुझाउन नसक्दा गुरुहरूले कान समातेर तान्नुहुन्थ्यो औँलाहरू चिप्लियो भने लौराले हान्नुहुन्थ्यो कहिलेकाहीँ त अझ सर्यौ चोटि कान समाएर उठबस गराउन पनि उचित ठान्नुहुन्थ्यो ।

एकपटक सार्वजनिक मञ्चमा जोडदारको आमसभा हुँदै थियो सायद चुनावताका हो कि जस्तो लाग्दछ । देशमा चाँडै समृद्धि आउने र मुलुक स्विटजरल्यान्ड जस्तो बनाउने जोसिलो भाषणमा सबै लठ्ठिएका थिए । म पनि कान ठाडो पारीपारी सुन्दै थिएँ तर एकजना बुढा बा कानै अघायो भाषण सुनेर उदर छ खाली भनेर जुरूक्क उठेर हिँड्नुभयो । त्यति बेला मैले कुरो बुझिनँ अहिले सम्झिदा उहाँको कुराले मनै छुने गर्दछ ।

गाउँमा कसैलाई कान दुख्यो भने धामी झाँक्रीकोमा गएर फुकफाक गर्थे बाठा झाँक्रीहरू लौ मैले किरा झारी दिएँ भन्दै रकम र चामल पोको पार्थे । कहिलेकाहीँ निको हुन्थ्यो घरेलु झारफुक र उपचारले छुन्थ्यो पनि ।

सानामा मलाई पनि नराम्रोसँग कान पाक्ने रोगले सतायो । गाउँका जान्नेसुन्नेले आमाको दुध परेर होला भन्थे, कपास र कनकर्नुले सफा गरिदिन्थे कहिलेकाहीँ सिउँडीको पात आगोको रापमा तताएर त्यसको झोल हालेपछि ठिक पनि हुन्थ्यो । कहिले पावने कहिले थाक्ने यो क्रम चलि नै रह्यो ।

व्रतबन्ध गर्दा गुरुले गोप्यसँग गुनगुनाउँदै खुसुक्क मेरो कानमा सुनाउँनु भएको गायत्री मन्त्र भोलिपल्टै भुसुक्क बिर्सिएँ । पैसा लिँदा गन्नु, मनको कुरा कसैलाई भन्नु भने झैँ सो कुरा नैले मेरा हितैषी मित्र पुण्यप्रसाद पराजुलीलाई भनेँ ।

झिकिदे गाँड भन्दा थपिदे न गाँड भने जस्तो कहिलेकाहीँ आफूले सोच्यो सुल्टो भइदिन्छ उल्टो मित्रले मन्त्र सिकाइदिन्छु तर एउटा सर्तमा भनी खोचे थापे । त्यति बेला अहिलेको जस्तो मोबाइलको जमाना थिएन । कसैलाई प्रेम प्रस्ताव पस्किनुपयो भने पत्र नै प्रेषित गर्नुपर्ने साथीको पनि सोही सर्त रहेछ, उसकी प्रेयसी पुण्यवतीलाई प्रेमपत्र लगेर दिनुपर्ने ।

प्रेमिकासँग उसको खटपट परेको रहेछ बिग्रिएको वातावरण बलियो बनाउन प्रेमपत्र लगेर उनलाई दिनुपर्ने । लौ त नि भनेर मैले उसको प्रस्तावलाई सहर्ष स्विकारें पत्र लगेर पुण्यवतीको हातमा थमाउँदै पुण्यले पठाएको मात्र के भनेको थिएँ, उनले कानको जाली फुट्ने गरी पड्काएकोले तोरीको फूल देखें ।

उनकै पड्काइले हो वा अन्य कारणले हो फेरि मेरो कानको समस्या बल्झियो । त्यतिबेला गाउँघरमा औषधी उपचारको कुनै सुविधा थिएन । यसो केही भयो कि घरायसी जडिबुटी वा झाँक्रीको भर पर्नुबाहेक कुनै विकल्प थिएन ।

गाउँमा नाम चलेका एकजना माटे धामी थिए अर्काको खेतवारीको आँठो सार्न अति बाठो भएर होला उनले यो उपाधि पाएका । कसैलाई केही भयो कि सबै उनको शरणमा पर्थे । उनी झारफुक र घरेलु उपचार गर्थे कतिका बेथा पनि टर्थे । बुबाले उनै धामीलाई बोलाउनुभयो । उनले नारी समाएर लामो सास फेर्दै भने, लौ केटालाई रातीखानी लागेछ ।

रातीखानी होइन पुण्यकी प्रेयसीले हानी भनेर भन्न मन लागेको थियो तर धामीको अगाडि त्यसो भन्नुभएन धामीबा फूकफाक गरेर गए तर भेटी धामीलाई बेथाजति हामीलाई भने झैँ कानको समस्या उस्तै रह्यो ।

बिस्तारै गाउँमा पनि उपचारको सुविधा पुगेकोले कहिलेकाहीँ कम्पाउन्डरलाई देखाउँथेँ कान सुख्खा भएर होला तेल हाल्ने गर्नोस् भनेर दबाई पनि दिन्थे म दबाई लिएर आउथँ र कानमा लाउँथे । आमाले कान सफा गर्दै र तेल पनि भर्दै गर्नुहुन्थ्यो तैपनि कानबाट पिप आउन र दुख्न कम भएन ।

एक दिन गाउँमा विदेशी पर्यटकहरू घुम्दै आएको देखेँ । दौडँदै गएर उनीहरूलाई कान इज ठप्प, पिप आउँछ तप्प ! तप्प !! भनेर देखाएँ उनीहरूले ओ आइसी भन्दै कानमा यसो हेरेर दुईतीन चोटि फूः फूः गरेर फुक्दै झोलामा रहेको औषधी झिकेर हालिदिए त्यो दिनदेखि कान दुख्न दोहोलो भयो ।

स्वदेशी झारफुक र औषधीमुलोले नछुने हाम्रा कान विदेशीहरूले फुकेपछि ठिक हुँदो रहेछ र पो हाम्रा राजनीतिज्ञहरू बेलाबेलामा कान फुकाउन विदेश दौडिँदा रहेछन् भन्ने कुरा त्यसपछि मात्र बल्ल मलाई थाहा भयो ।

०००
हेटौँडा
‘बुद्धिपुराण’ २०७८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x