सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रा बा !! तिम्रा बा !!!

मेरो बा ! इमानको रोटी खानुहुन्छ ! घर चलाउनु हुन्छ ! तर, तिम्रो बा ! लुटको रोटी खानु हुन्छ ! शासनको आसनमा बस्नु हुन्छ ! देश चलाउनु हुन्छ !

Nepal Telecom ad

हाम्रा बा !
दिनभरी हलो चलाउनु हुन्छ !
टालेको कछाड र भोटोमा रमाउनु हुन्छ !
छोरा छोरीको स्कुलको फिस तिर्न,
चाँडवाड मनाउन,
ऋण काँड़्नु हुन्छ !

तर तिम्रा बा !
दिनभरी सुशासनको भाषण छाँट्नु हुन्छ !
रातभरी माफिया र तस्करहरूसँग सेटिङ मिलाउनु हुन्छ !
साँझमा अबैध सुन र पैसा,
घर भित्र्याउनु हुन्छ !

हाम्रा बा !
गैह्री खेत स्कुललाई दान दिएर,
पुण्य कमाउनु हुन्छ !
मुठी दान उठाएर अस्पताल बनाउनु हुन्छ !
इमान, जमानको कुरा गर्नु हुन्छ !
बोलीको पक्का हुनुहुन्छ !

तर तिम्रा बा !
सरकारी जग्गा लुटेर खान,
खप्पिस हुनुहुन्छ !
कालो धनलाई सेतो बनाउन सिपालु हुनुहुन्छ !
सरकारी अनुदानमा शिक्षा र स्वाथ्यको व्यापार चलाउनु हुन्छ !
फरेवी,जाली हुनुहुन्छ !

हाम्रा बा !
नियत को सफा हुनुहुन्छ !
दासत्व बिरोधी हुनुहुन्छ !
परिश्रमको पारखी हुन्छ !

तर तिम्रा बा !
कोखमा दाह्रा पाल्नुहुन्छ !
मिठो बोलेर आफन्तको छातीमा,
छुरी चलाउनु हुन्छ !
दासहरूको झुण्डमा रमाउनु हुन्छ !
जनताको भाग खोसेर आफ्नो भकारी
भर्नुहुन्छ !

यथार्थमा !!!
मेरो बा !
इमानको रोटी खानुहुन्छ !
घर चलाउनु हुन्छ !
तर, तिम्रो बा !
लुटको रोटी खानु हुन्छ !
शासनको आसनमा बस्नु हुन्छ !
देश चलाउनु हुन्छ !

०००
गोरखा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उस्तै तिमी, उस्तै ऊ !

उस्तै तिमी, उस्तै ऊ...

सुभाषचन्द्र देवकाेटा
बिन्ती छ देशघात नगर

बिन्ती छ देशघात नगर

सुभाषचन्द्र देवकाेटा
मेरी आमा, तिम्री आमा

मेरी आमा, तिम्री आमा

सुभाषचन्द्र देवकाेटा
आऊ आजै रमाऊँ !

आऊ आजै रमाऊँ !

सुभाषचन्द्र देवकाेटा
शहीदको टुहुरो सपना

शहीदको टुहुरो सपना

सुभाषचन्द्र देवकाेटा
गरिबको दिन आयो भन्छन्

गरिबको दिन आयो भन्छन्

सुभाषचन्द्र देवकाेटा
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला