साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा बा !! तिम्रा बा !!!

मेरो बा ! इमानको रोटी खानुहुन्छ ! घर चलाउनु हुन्छ ! तर, तिम्रो बा ! लुटको रोटी खानु हुन्छ ! शासनको आसनमा बस्नु हुन्छ ! देश चलाउनु हुन्छ !

Nepal Telecom ad

हाम्रा बा !
दिनभरी हलो चलाउनु हुन्छ !
टालेको कछाड र भोटोमा रमाउनु हुन्छ !
छोरा छोरीको स्कुलको फिस तिर्न,
चाँडवाड मनाउन,
ऋण काँड़्नु हुन्छ !

तर तिम्रा बा !
दिनभरी सुशासनको भाषण छाँट्नु हुन्छ !
रातभरी माफिया र तस्करहरूसँग सेटिङ मिलाउनु हुन्छ !
साँझमा अबैध सुन र पैसा,
घर भित्र्याउनु हुन्छ !

हाम्रा बा !
गैह्री खेत स्कुललाई दान दिएर,
पुण्य कमाउनु हुन्छ !
मुठी दान उठाएर अस्पताल बनाउनु हुन्छ !
इमान, जमानको कुरा गर्नु हुन्छ !
बोलीको पक्का हुनुहुन्छ !

तर तिम्रा बा !
सरकारी जग्गा लुटेर खान,
खप्पिस हुनुहुन्छ !
कालो धनलाई सेतो बनाउन सिपालु हुनुहुन्छ !
सरकारी अनुदानमा शिक्षा र स्वाथ्यको व्यापार चलाउनु हुन्छ !
फरेवी,जाली हुनुहुन्छ !

हाम्रा बा !
नियत को सफा हुनुहुन्छ !
दासत्व बिरोधी हुनुहुन्छ !
परिश्रमको पारखी हुन्छ !

तर तिम्रा बा !
कोखमा दाह्रा पाल्नुहुन्छ !
मिठो बोलेर आफन्तको छातीमा,
छुरी चलाउनु हुन्छ !
दासहरूको झुण्डमा रमाउनु हुन्छ !
जनताको भाग खोसेर आफ्नो भकारी
भर्नुहुन्छ !

यथार्थमा !!!
मेरो बा !
इमानको रोटी खानुहुन्छ !
घर चलाउनु हुन्छ !
तर, तिम्रो बा !
लुटको रोटी खानु हुन्छ !
शासनको आसनमा बस्नु हुन्छ !
देश चलाउनु हुन्छ !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x