साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को ठुलो ?

यतिले पुगेन अब लोकतन्त्र हुँदै गणतन्त्रको जग हाल्नुपर्छ भनेर सबैलाई जगाए, हामी जाग्याँ, यिनले जे भने पनि पछिपछि लाग्यौं र सबै कुरा पत्यायौं तर जुन जोगी आए पनि कानै चिरेका भने झैँ एउटा राजा अन्मिए पनि हाल झन् धेरै राजाहरू जन्मिए ।

Nepal Telecom ad

यो को ठुलो ? भन्ने खेल मानवमा मात्र नभई ब्रह्माले गरेको सृष्टिलाई दृष्टि दिने हो भने पनि परापूर्व कालदेखि चलेको पाइन्छ धर्मशास्त्रहरूमा पनि कति सुनेका छौं ब्रह्मा, विष्णु र महेश्वरका बिचमा पनि को ठुलो ? भन्ने होडबाजी चल्थ्यो भन्ने कुरा यसै प्रसङ्गमा वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालले एउटा निबन्धमा यसरी व्यक्त गर्नुभएको छ :

एकपटक ब्रह्मा र विष्णुमा तँ ठूलो कि म ठुलो भन्ने बारे गम्कागम्की परेछ, फैसलाको लागि दुवै महादेवको कहाँ पुगेछन् । देवतामाथिका उपरदेव महादेव, उसै त धुरन्धर, झन् त्यो मौका पाएका । हत्त न पत्त आफ्नो अनौठो ज्योतिर्लिङ्ग तेर्स्याउँदै भनेछन्, ’लौ, एक जना उँधो जाऊ, अर्को उँभो । जो यसको फेद वा टुप्पो पत्तो लगाउँछ, त्यही ठुलो ।” मारेन के ? न्यायाधीश मानिसकेपछि आज्ञा नमानुन् कसरी ? ब्रह्मा र विष्णु राणाकालीन लाठसाहेबका चाकरीवाल दौडे ॐ स्याँस्या गर्दै लागे तलमाथि । तर दुवैले लक्ष्य भेटाएनन् । अनि लगौटी बाँध्दै महादेवले छाँटे- को ठुलो रहेछ । मेरा अगाडि तिमीहरू दुवै उस्तै हो लौ जाओ ।”

हो, हाम्रो मुलुकको वर्तमान राजनीतिको अवस्था पि ठ्याक्कै त्यस्तो भएको छ । कोभन्दा को कम अर्थात् मेरो गोरुको बाह्रै टक्का । मैले भनेको मात्र ठिक अर्थात् म मात्र ठुलो । सुशासन, समृद्धि र जनताको हितका लागि राणाशासन बाधक भनेर तिनका विरूद्ध स्वाभिमानी नेपाली लडे, कैयौं फाँसीमा चढे र सहिद भए त्यसपछि पञ्चायत परिवर्तनको पोको बोकेर आयो। गाउँफर्क राष्ट्रिय अभियानको गीत गायो राजाका मित लायो गरिबको बजेट मात्र खायो र अघायो । यसलाई फाले, प्रजातन्त्रको जग हाले, समस्याको हल हुन्छ भनेर सबैले बल गरे तर पनि उही निम्छरामाथि छल भयो । राहत आएन आहत मात्रै आयो त्यसलाई पनि खराब भनेर सराप गरे ।

यतिले पुगेन अब लोकतन्त्र हुँदै गणतन्त्रको जग हाल्नुपर्छ भनेर सबैलाई जगाए, हामी जाग्याँ, यिनले जे भने पनि पछिपछि लाग्यौं र सबै कुरा पत्यायौं तर जुन जोगी आए पनि कानै चिरेका भने झैँ एउटा राजा अन्मिए पनि हाल झन् धेरै राजाहरू जन्मिएको देख्दा, मलाई भने सधैँ खुल्दुली लागिरहेको छ यदि महादेवलाई पुरानै राजा ठुलो कि अहिलेका राजाहरू भनेर सोध्ने हो भने साँच्चै को ठुलो भनेर जबाफ दिन्थे होलान् ?

०००

‘बुद्धिपुराण’ (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x