साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काग करायो कि बाघ ?

युवाहरूबाट उनीहरूले सिकिसकेका थिए, तुरुन्तै जवाफ दिए- बाघ, बाघ, बाघ गरेर त हो नि बाघले कराउने ।

Nepal Telecom ad

चुनाव सकियो, मतगणना भयो, भूपूयुवा र नवयुवा दुवै पुस्ताका कैयौँले जिते । सरकार बन्ने बेला भयो, मतदातालाई विजेताहरूले विजयभोज दिने क्रम सकियो । अबको पालो सरकारमा कुर्सी भागबन्डा लगाउने भोजभतेर सुरु भए ।

उही नेता कुनै वृद्ध, कुनै अवृद्ध, पार्टीमा दोहोरिए, जहाँबाट निम्ता आयो उतै सोहोरिए भन्ने कुरा पनि भयो । खास कुरा गाँसको मात्रै होइन, एकै सासमा तानिने झोलको आश पनि विशेष कुरा हो । कुरा हिजोअस्ति भर्खरै भएका सरकार निर्माण भोजको हो । पार्टी र नपार्टीका केही नेता भोजमा थिए, कोही खानमा त कोही पिउनमा मस्त ।

कुरा उठेको थियो, युवाले राम्रा काम गर्न थालेका छन्, पुरानाले तिनै युवालाई पछ्याऊँ, तिनीहरूबाट केही पाठ सिक्नुछ भन्ने । केही वृद्धलाई कुरा खुब घत लागेछ । जति नै खाँदा पिउँदा पनि कथन बिर्सेनन् । भोज खाएर युवा हिँड्न लागे, खानपिन सकेर वृद्धले पछ्याए । अँध्यारो निकै छिप्पिइसकेको थियो ।

कोही सरासर र कोही लरबर गर्दै हिँडेको हुललाई बाटाका पुलिसले देखे । नियालेर हेर्दा हाम्रै नेताहरू रहेछन् भनी बुझ्न गारो भएन ।

प्रहरीले सोधे- कहाँबाट आउनुभयो यति राति ।
सबैले भने- भोज खाएर ।

कसले खाएका र कसले पिएका भन्ने प्रहरीले चिन्यो । घरसम्म पुर्‍याइदिनु पो पर्छ कि भन्ने लागेर जाँच्न प्रहरीले
युवालाई सोध्यो- ल भन्नुहोस् त, काग कसरी कराउँछ ?
उनीहरूले जवाफ दिए- काग, काग, काग गरेर काग कराउँछ । लौ जानुहोस् त भन्यो प्रहरीले ।

उनीहरू हिँड्नै लाग्दा अर्का थरीलाई सोध्यो- ल भन्नुहोस् त, बाघ कसरी कराउँछ ?
युवाहरूबाट उनीहरूले सिकिसकेका थिए, तुरुन्तै जवाफ दिए- बाघ, बाघ, बाघ गरेर त हो नि बाघले कराउने । निकै बेरपछि होस आएछ र प्रहरीले उनलाई घरमा पुर्‍याएछ ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x