साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्टरको मासिक बजेट

हामी एकादशीवादी खाँटी हिन्दू हौ । व्रत बसियो भने पुण्य लाग्दछ भनेर विश्वास गर्ने हामी हिन्दू हौं । अतः हप्तामा हर शनिवारलाई एकादशी सम्झी निराहार वर्त बसी मेरो मासिक बजेजलाई सघाउ पुग्ने गरी सहायता गर्नु होला ।

Nepal Telecom ad

पूजनीय मातापिता, श्रीमती तथा मेरा प्यारा छोराछोरीहरू !

यी वर्षा यसमा यसमा यतियति खर्च गर्ने भनेर सरकारले वर्षर्षा बजेटको विवरण दिएझें मेले पनि यो महिनामा यसमा यति खर्च होला र यसमा यति खर्च होलाझे लाग्दछ भनेर हर महिनामा आम्दानी र खर्चको विवरण परिवारजनलाई दिँदै आएको छ । आज मसान्त हो, स्कुलमा पढाउने काम गरेर जीवन निर्वाह गर्ने मास्टर हुँ म । भोलि मेरो तलब आउँदैछ यो आउँदो महिनामा कति खर्चबर्च होलाझैं लाग्दछ भनी म विवरण पेश गर्दछु । अन्न बाली आउने खेतसेत नभएको एक जना मास्टर हूँ मअर्को शब्दमा भन्ने हो भने अन्न बाली तथा सबै खानेकुरा आउने मेरो खेत हो बजार दिनहुँ सबथोक किनेर खाने गर्दछु म ।

मास्टरसाहेब भनेर मलाई मेरा विद्यार्थीहरूले नमस्ते गर्दछन् । मास्टरसाहेब भनेर सम्बोधन गर्दाखेरि म आफूलाई एकजना आदरणीय व्यक्ति सम्झन पुग्छु । आदरणीय व्यक्ति मात्र भएर भाग्यमानी व्यक्ति नहुने जमाना आइरहेछ । मनको बह कसैलाई नकह भनेर हाम्रा बुढापाकाहरू भन्ने गर्दछन् । मासिक बजेटको कुराको सिलसिलामा भन्नै नहुने भए पनि म आफ्नो मनको बह सुनाउँछु ।

मेरो महिनाको जम्माजम्मी सिरीखुरी तलब छ पाँच हजार । पहिले पहिले त सबथोक सस्तो थियो र तलबले पनि खान पुग्दथ्यो । अचेल त संबंथोक महँगो भएकोले तलबले खानै पनि पुग्देन । मास्टरको एक्स्ट्रा इनकम गर्ने बाटो हो- ‘ट्युसन’ । आजभोलि घरघरमा गएर पढाउन जाने काम पनि घट्तै गयो । राम्ररी पढाउने निजी स्कुलहरू र बोर्डिङहरू भएपछि ट्युसन पनि हराएर गयो । अतिरिक्त आम्दानी नहुने अड्डाका कर्मचारी जस्तै दुःखी जीवन बिताइरहेछु । अतिरिक्त आम्दानी हुने ठाउँ होइन स्कुल भन्ने ठाउँ र स्कुलमा पढाउने मास्टर भएर अर्काको घरमा बिहान बेलुका तरकारी सरकारी किन्न जाने मान्छे भएर काम गर्न जान पनि भएन ।

मास्टर भन्ने मान्छे हाम्रो नेपालमा लड्डु खान पाउने अड्डाका कर्मचारी जस्ता छैनन् । संयोगवश म मास्टर हुन आएँ । समाजमा आदरणीय मान्छे जस्तो देखिए पनि बिहान के खाऊँ बेलुका के खाऊँ भन्ने समस्याले पिरोलिरहेछ मलाई । यसको भरमा बाँच्नु पर्ने सबै कर्मचारीको अवस्था म मास्टरकै जस्तो होला झैँ लाग्दछ । परिवार छन् छ जना । तलब छ जम्मा पाँच हजार ।

एकजनाको पेट भर्नलाई त्यो पचास रुपियाँ मात्र राखे पनि नौ हजार हुन आउँछ, खर्च कसरी गुजारा गर्ने- यही समस्या भइरहेछ । आम्दानी थोरै र खर्च धेरै भएकाले म आफ्नो श्रीमतीसँग महिनामा एकपल्ट सिवाय कुरा गर्दिन । जोतिषसँग साइत लिएर श्रीमतीसँग कुरा गरेर जन्माएँ मैले सन्तान- एक जना छोरा र एकजना छोरी मात्र । परिवार नियोजन सङ्गले भन्दछ- दुई जना मात्र सन्तान भएको पारिवारिक जीवन सुखमय हुन्छ । दुई मात्र सन्तान भए पनि सुखी परिवार भएन मेरो परिवार । आम्दानी खर्चले भ्याएन भनेर आफूलाई जन्म दिने आमाबाबुलाई आदर्शवादी भएर छोडिन मैले ।

हाम्रा नेताजीहरू सिद्धान्तवादी र आदर्शवादी भइदिएको भए हाम्रो प्रजातन्त्र पनि सफल हुन्थ्यो होला आफ्नो मात्रै वास्ता गर्दछन् । पशुहरू मात्र, पंछीहरू मात्र आम्दानी खर्च मिलेन भनेर पशुपीडितले विचार गर्न भएन । मेले गरिनँ पनि । खानु पिउनु अलवा अचेल आवश्यकताहरू पनि धेरै छन् । त्यसले त मलाई झन् धो धो पार्दछ । अचेल हामीलाई टिभि चाहिन्छ, फ्रिज चाहिन्छ, मोटर साइकल चाहिन्छ । के के चाहिन्छ भनेर साध्य छैन । आम्दानी खर्च नमिलेर मलाई सारा कर्मचारीहरूलाई आच्छु आच्छु परिरहेको होलाझैं लाग्दछ । तलबले खानै पुग्दैन भनेर कराउँ भने सरकारको कानभित्र- कान नभएको सरकार भएकाले सरकार त कर्मचारीहरूको अभिभावक जस्तो पो हुन पर्दछ । तर छैन सरकार । हाम्रो सरकारको बजेट त विदेशी सहायता र ऋण चलाएर व्यक्तिको बजेट पुर्याउन बाहेक अरु केहीले चल्दैन । बन्धकी राख्नलाई आफूसँग भने सुन पनि छैन, खेत पनि छैन ।

मास्टर भन्ने इमान एउटा छ । इमान बन्धक राख्न भएन क्यारे ! परिवारजनलाई भात खाँदा ‘भातभन्दा दोबर पानी खाएर पेट भर्ने गर भनेर पनि भन्ने अवस्था छैन, किनभने दिनहुँ धाराबाट पिउनलाई पुग्ने गरी पानी नै पनि आउँदैन । अतः म आफ्ना परिवारलाई एउटा सुझाव राख्छु । हामी एकादशीवादी खाँटी हिन्दू हौ । व्रत बसियो भने पुण्य लाग्दछ भनेर विश्वास गर्ने हामी हिन्दू हौं । अतः हप्तामा हर शनिवारलाई एकादशी सम्झी निराहार वर्त बसी मेरो मासिक बजेजलाई सघाउ पुग्ने गरी सहायता गर्नु होला । यस कुरामा राम्ररी सोचेर मलाई जवाफ दिनु भए हुन्छ । यति भन्दै आगामी महिनाको बजेट भाषण यहीं टुङ्ग्याउँछु । हाम्रा यी इन्द्रायणी प्रभुले भरपेट खानै नपाए पनि हाम्रो परिवारको रक्षा गरुन् । जय घर ! जय परिवारजन !!

०००
‘मधुपर्क’ पुष २०६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रीमती हिरोइन

श्रीमती हिरोइन

सूर्यबहादुर पिवा
मास्टरसाहेब ! नमस्कार !!

मास्टरसाहेब ! नमस्कार !!

सूर्यबहादुर पिवा
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
सपनाको कुरो

सपनाको कुरो

सूर्यबहादुर पिवा
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x