साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अथ नेतोपदेशनम् स्तोत्रम्

अरू भोकभोकै तिमी दाब ज्यादा तिमी बाद साहा सबै चाहिँ प्यादा सदा भ्रष्ट बन्ने तिमी बोक आशा जताबाट जित्छौ त्यतै खेल पासा ॥

Nepal Telecom ad

प्रजा हुन् सबै दास तिम्रा ….ण्ड
धरा पूर्ण तिम्रो बनोस् यो अखण्ड
गरे भो तुरुन्तै यहाँ अश्वमेध
र गर्नू तिमी शत्रुको माथ छेद ॥

जसै मित्रले थाल्दछन् कान थुन्न
समस्याहरूको समाधान हुन्न
समाधान पत्नीसँगै मात्र सोध
नसोधे घरैबाट होला विरोध ॥

सुनौलो छ मौका दुबै हात चोब
नचोबे तिमी माथि नै हुन्छ डोब
दुबै हात चोबेर त्यो थाल चाट
नचाटे स्वयं पुग्दछौ आर्य घाट ॥

तिमीमाथि यौटै छ मेरो सुझाउ
तिमी बन्दछौ देशको मुख्य माउ
सकेसम्म छाली तिमी नै उघाऊ
विरोधीहरूतर्फ थोरै सुँघाऊ ॥

तिमी धेर खाएर थोरै बुझाऊ
तिमी उत्रिँदै अन्यलाई डुबाऊ
विरोधीहरूमाथि मुड्की उझाऊ
महालुब्ध तिम्रो गुजारा चलाऊ ।

तिमी भोज खाऊ दुधैले चुठेर
नुहाऊ बिहानै दुधैले उठेर
तिरो हामी तिर्छौं तिमी भोज खाऊ
महा भ्रष्ट बन्ने तिमी हेर दाउ ॥

अरू भोकभोकै तिमी दाब ज्यादा
तिमी बाद साहा सबै चाहिँ प्यादा
सदा भ्रष्ट बन्ने तिमी बोक आशा
जताबाट जित्छौ त्यतै खेल पासा ॥

॥ इति समाप्तम् ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x