साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्यवाद केरा जी !

पाँचौँ घण्टीका सरले कक्षामा नहुने विद्यार्थीको जम्मै किताब लगेर अफिसमा थुपार्थे । अनि हुन्थ्यो हाम्रो रामधुलाई । त्यसबेला खिरिलो भाटाले ढाडमा बसेका डामहरू अहिले पनि छन् अक्षांश र देशान्तर रेखाजस्तै क्रस भएका ।

Nepal Telecom ad

कुरो उहिले १७ सालतिरको हो । त्यसबेला हामी निक्कै तगडा थियौँ । स्कुल जाने आउने हाम्रा अनेक गल्ली, गोरेटा थिए । ठूलो र नियमित बाटो हामी प्राय हिँड्दैनथ्यौँ । कहिले खेतैखेत, कहिले खोल्साखोल्सी हुँदै दौडिन्थ्यौँ ।

मान्छेका बारीमा काँक्रा, चना, रहर आदि फलेका हुन्थे । हाम्रो जत्था सलह जसरी पसेर बिनास गथ्र्यौं । किताब सर्टको भित्रपटी ढाडपछाडि हालेर रकेटको गतिमा भाग्थ्यौँ । अहिले लाग्छ हामी त्यो बेलाका उसैन बोल्टहरू रहेछौँ तर ती नट, बोल्ट बारीसाहूहरूले थुप्रैपटक खुस्काइदिए ।

पिताजीले दाह्री काटेर फालेका भुत्ते बिलेट शानसँग बोकेर हिँड्थ्यौँ । त्यो बिलेट लटरम्म फलेका काँक्राको लहरोको फेद काट्न देखि चोरेका काँक्रा, केरा भाग लगाउन खुब काम लाग्थ्यो ।

खासमा हाम्रो ध्यान नै कहाँ काँक्रा फलेका छन्, कहाँ खेसरी छरिएको छ भन्नेमा हुन्थ्यो । कतै यसरी केरा बोटैमा पाकेको देख्दा त बाफ्रे ! नखाई छोडौँ भने आँखा फुट्छन् भन्ने सुनेकोले तँछाड मछाड गरेर बोटमा चढ्थ्यौँ । एकदुईवटा पाकेका केरा खान खोज्दा दुईचारवटा बोटै बिनास गर्थ्यौँ । खुब आनन्द आउँथ्यो ।

कतिबेला स्कुलबाट भाग्ने र बेपत्तासँग दौडिएर अलि तल फँडिरको रूखमा पुग्ने र जिब्रै कालो हुने गरि फँडिर खाने भन्ने हुन्थ्यो ।

खल्तीमा पैसा सुको हुँदैनथ्यो त्यसैले खोल्साका दत्रुङ्गो, बेल केही छोड्दैनथ्यौँ । असारेका पाकेका दाना मुखमा कोच्दा, कोच्दा मुखै हनुमानको जस्तो हुन्थ्यो अनि फुत्त-फुत्त ती दाना फाल्दा कम मजा आउँदैनथ्यो ।

स्कुलमा पानी थिएन, खाजा खाने ठाउँ थिएन, चर्पी दुइटा मात्र थिए तर विद्यार्थी १५ सय जति । बिहान घरमा भात खाएर गएपछि एकैपटक बेलुका घरमै भात । वर्खामा त देशीको कुवा रसाउँथ्यो र घोप्टो परेर हात, खुट्टा पर-पर टेकेर गोरूले जस्तो टन्न पानी पिइन्थ्यो । स्कुल पछाडि गइसक्नु थिएन देशी कुवाको पानी बिसर्जनको गन्ध चलेर । त्यसको गन्धे आँधी बारम्बार कक्षा कोठासम्मै आउँथ्यो । त्यै बेलादेखि हाम्रो नाक प्राय खुल्दैन, रूघा लागेजस्तो भइरहन्छ ।

दुईपटी पानी झर्ने टुटी भएको यौटा धारो थियो अलि पर । त्यो पनि २४सै घण्टा झर्ने खालको थिएन । त्यहाँ सिनीयरहरू बडो शानसँग पानी पिउँथे । हाम्रो पालो उनीहरूले पिएपछि, धारो मरेपछि टुटीमा मुखै गाडेर गाला खोपिल्टो पर्ने गरेर, आँखा बाहिर निस्कने गरेर चुस्ने मात्र हुन्थ्यो । त्यही कारण होला हाम्रो घाँटी सराँसको जस्तो भएको ।

८/९/१० कक्षामा पढ्ने विद्यार्थी हामीलाई बाउआमा जस्तो उमेरका लाग्थे । झण्डै त्यस्तै नै रहेछन् अहिले सम्झँदा । हामी जुरेलीका बच्चा जस्ता, उनीहरू जिराफका दौँतरी जस्ता । स्कुलको गिरान काम लाग्ने खाले थिएन ।

बुढेसकालमा गाँठो निस्केको ढाड जस्तो..यताबाट उता भएको मान्छे हेर्दा टाउको मात्र देखिने । त्यो पनि ढुङ्गै ढुङ्गा भएको छ्या । झुम्रे गोल खेल्दा ढुङ्गामा हानेर कुनै औँला पातालतिर फर्केका छन् त कुनै आकाशतिर । खुट्टा कसैलाई देखाइसक्नु छैनन् । त्यै भएर सधैँ जु्त्ता लाएर हिँड्छु ।

यौटा लिच्छवीकालिन भग्नावशेष जस्तो लाग्ने हुलाक थियो । उमेर पुगेका सिनियरहरूको हुल सधैँ टिफिनमा टन्न पानी पिएर त्यता जान्थ्यो । खुब चिठी च्यापेर फर्किन्थे । हामी चाहीँ कहिले झ्याउरे टोलमा तित्री चोर्न जान्थ्यौँ त कहिले डोजरले बाटो खनेको हेर्न तिल्केनीतिर ।

४५ मिनेटको टिफिन त चैट । पाँचौँ घण्टीका सरले कक्षामा नहुने विद्यार्थीको जम्मै किताब लगेर अफिसमा थुपार्थे । अनि हुन्थ्यो हाम्रो रामधुलाई । त्यसबेला खिरिलो भाटाले ढाडमा बसेका डामहरू अहिले पनि छन् अक्षांश र देशान्तर रेखाजस्तै क्रस भएका ।

यस्तै यादहरू कति छन् कति । लेखेर साध्य नहुने । आज बोटैमा पाकेको केराले बिगतमा यसरी पुर्याइदियो ।
धन्यवाद केरा जी ।

०००
मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x