सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खोकीको कविता

आयो काल नयाँ अनेक रचना हेरेर मान्छे मरे धेरै दिक्क भए गए पर रहे पाताल आफ्ना झरे खोकीको रमिता भयो कहर भो बोलिन्न गाह्रो बुवा ! मस्तीमा रहने भनी घर बसें ताकेर जेरी खुवा !

Nepal Telecom ad

खोकीको कविता म लेख्छु अहिले आचार्य बाजेहरू
खोकी एक कथा भयो मुलुकमा सम्झिन्न पीडा अरू
सुख्खा हुन्छ कतै कतै हरघडी खोकाउने खोकिने
आयो हेर विकार भित्र तनमा भारी यही बोकिने !

खाना रासन तालमेल न मिले आरोग्य भो बेपता
खोकी भो लहरे हरे शिव हरे भागे सबै देवता
कोही दम्भ पुराण भन्छ मनुवा खोक्यो बढी मानिने
सत्ताशक्ति अरू भए मनुजमा ढोंगी भनी जानिने !

हप्ता एक भयो सताउन पुग्यो खोकी सखा मित्र भो
तातो नीर पियो अनेक गरियो रोगाउने भित्र हो
सन्चो हुन्छ भनेर होश मनले गर्दैछ टाठो बनी
साथीको पनि हालचाल बुझियो खोक्दै बस्यो जीवनी !

सत्ता खोक्छ चुनाव आज रविको खोकी लखेटे अरे
घण्टी बज्छ भरे भने मुलुकमा नेपाल जिल्लै छ रे !
लीला हो हरिको सुकर्म सुनियो स्वणर्ीम वस्ती हुने
सारा विश्व रमाउने गगनमा आनन्द मस्ती हुने !

आयो काल नयाँ अनेक रचना हेरेर मान्छे मरे
धेरै दिक्क भए गए पर रहे पाताल आफ्ना झरे
खोकीको रमिता भयो कहर भो बोलिन्न गाह्रो बुवा !
मस्तीमा रहने भनी घर बसें ताकेर जेरी खुवा !

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला