साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोकीको कविता

आयो काल नयाँ अनेक रचना हेरेर मान्छे मरे धेरै दिक्क भए गए पर रहे पाताल आफ्ना झरे खोकीको रमिता भयो कहर भो बोलिन्न गाह्रो बुवा ! मस्तीमा रहने भनी घर बसें ताकेर जेरी खुवा !

Nepal Telecom ad

खोकीको कविता म लेख्छु अहिले आचार्य बाजेहरू
खोकी एक कथा भयो मुलुकमा सम्झिन्न पीडा अरू
सुख्खा हुन्छ कतै कतै हरघडी खोकाउने खोकिने
आयो हेर विकार भित्र तनमा भारी यही बोकिने !

खाना रासन तालमेल न मिले आरोग्य भो बेपता
खोकी भो लहरे हरे शिव हरे भागे सबै देवता
कोही दम्भ पुराण भन्छ मनुवा खोक्यो बढी मानिने
सत्ताशक्ति अरू भए मनुजमा ढोंगी भनी जानिने !

हप्ता एक भयो सताउन पुग्यो खोकी सखा मित्र भो
तातो नीर पियो अनेक गरियो रोगाउने भित्र हो
सन्चो हुन्छ भनेर होश मनले गर्दैछ टाठो बनी
साथीको पनि हालचाल बुझियो खोक्दै बस्यो जीवनी !

सत्ता खोक्छ चुनाव आज रविको खोकी लखेटे अरे
घण्टी बज्छ भरे भने मुलुकमा नेपाल जिल्लै छ रे !
लीला हो हरिको सुकर्म सुनियो स्वणर्ीम वस्ती हुने
सारा विश्व रमाउने गगनमा आनन्द मस्ती हुने !

आयो काल नयाँ अनेक रचना हेरेर मान्छे मरे
धेरै दिक्क भए गए पर रहे पाताल आफ्ना झरे
खोकीको रमिता भयो कहर भो बोलिन्न गाह्रो बुवा !
मस्तीमा रहने भनी घर बसें ताकेर जेरी खुवा !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x