साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पन्तलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

समारोहमा नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले सम्पादक पन्तलाई पुरस्कृत गरेको हो । पुरस्कारमा रु २५००० (पच्चीस हजार) रुपैयाँसहितको प्रमाणपत्र छ ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत २२ । ‘दायित्व’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक रामप्रसाद पन्तलाई यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार अर्पण गरिएको छ ।

राजधानीको थापा गाउँस्थित आरोहण गुरुकुल नाटक घरमा आयोजित एक भव्य समारोहमा नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले सम्पादक पन्तलाई पुरस्कृत गरेको हो । पुरस्कारमा रु २५००० (पच्चीस हजार) रुपैयाँसहितको प्रमाणपत्र छ ।

कोषका सदस्यसचिव देविका तिमल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा जसको नाममा पुरस्कार स्थापना भयो उहाँ अर्थात् नगेन्द्रराज शर्माले उक्त पुरस्कार अर्पण गर्नु भएको थियो । पुरस्कार अर्पणपछि बोल्दै साहित्यिक पत्रकार शर्माले साथीभाइले आफ्नो नामको पुरस्कार स्थापना गरेकोमा खुशी हुनु भएको कुरा व्यक्त गर्नु भयो ।

नगेन्द्रराज शर्माका निकटतम मित्र तथा ’रचना’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेले ‘अभिव्यक्ति’ पत्रिका नगेन्द्रराज शर्माले आफ्नै कोठामा बसी सरसल्लाह गरी शुरु गर्नु भएको कुरा स्पष्ट पार्नु भयो ।

पुरस्कार ग्रहणपछि साहित्यिक पत्रकार रामप्रसाद पन्तले आफ्नो मन्तव्यको क्रममा तिरस्कृत पुरस्कृत हुन नहुने र पुरस्कृत तिरस्कृत हुन नहुने कुरामा जोड दिनु भयो । आफूले प्राप्त गरेको पुरस्कारको रकम दायित्व प्रतिष्ठानमै जम्मा गरेर सकेसम्म सदुपयोग गर्ने कुरा पनि घोषणा गर्नु भयो ।

पुरस्कारपछि कार्यक्रममा पुरस्कृत पन्तको नयाँ नियात्रा कृति ‘सोनार बांग्ला’ र ‘अभिव्यक्ति’ पूणर्ाङ्क २१८ को विमोचन पनि गरिएको थियो ।

सोनार बांग्लाको बारेमा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले र अभिव्यक्ति पत्रिकाको बारेमा विधान आचार्यले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो ।

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार विभिन्न ५० जनाभन्दा बढी साहित्य अनुरागीहरूको थोपा थोपा योगदान मिलेर खडा भएको अक्षयकोषबाट दिने गरिन्छ । उक्त समारोहमा पनि दर्शकदीर्घामा बसेका साहित्य अनुरागीले त्यो कोषमा रकम थप गरेको कुरा सार्वजनिक गरिएको थियो ।

कार्यक्रमका सहभागी र अतिथिहरूको स्वागत गर्दै साहित्यकार किशोर पहाडीले पुरस्कृत व्यक्तित्व रामप्रसाद पन्तको परिचय दिएका थिए । उनको अनुसार ‘दायित्व’ पत्रिका ३५ वर्षदेखि प्रकाशित हुँदै आएको, पन्तले ‘दायित्व’कै नामबाट प्रतिष्ठान गठन गरेको, प्रतिष्ठानको आफ्नै भवन पनि बनाएको र साहित्य लेखनमा पनि पन्तले ४० भन्दा बढी कृति प्रकाशित गराइसकेको कुरा प्रष्ट पारे ।

यसरी नै कोषका कोषाध्यक्ष शङ्कर भारतीले धन्यवाद ज्ञापन तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरू मन्जिला अनिल, कणाद महर्षि, जयदेव भट्टराई, कमला रिसाल, मधुबन पौडेल, नारायण तिवारी, शार्दुल भट्टराई, हिरण्यकुमारी पाठक, जानू धिताल, विमल भौकाजी, हरि थापा, छविरमण सिलवाल, सुभाषचन्द्र पौडेल, शेखरकुमार श्रेष्ठ, सानुराजा श्रेष्ठ अञ्जान, दीपक लोहनी, गगनदीप सर्व, बाबुराम लामिछाने, नरेन्द्रराज पौडेल, विष्णुबहादुर सिंह, विनोद नेपाल, मधु पाठक, प्रकाश घायल, शीतल गिरी, यादव भट्टराई, दिनेश अधिकारी, विजयध्वज थापा आदि करिब ८० जनाको सहभागिता रहेको थियो ।

०००
स्रोत शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x