साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरस्कार- गाथा

मरेपछि देख्दैन, सुन्दैन त्यसबेला प्रशस्त प्रशंसा गरौँला शब्दकोशका तारिफका शब्द छरौँला मोबाइल चलाउँदै मौन धारण गरौँला तस्वीर हेर्दै बोक्रे हाँसो छरौँला बेलाबेला फोटैलाई आँखा तरौँला त्यसबेला उहाँले सबै सहनु हुनेछ पुरस्कार टक्र्याएर एक स्वरमा भनौँला...

Nepal Telecom ad

अनिल पौडेल ‘कीर्ते’ :

शब्द जब पानामा पोखिन्छ
त्यसको तौल जोखिन्छ
आयतन नापिन्छ
तब पुरस्कार थापिन्छ
केही दिन न्यानो तापिन्छ…..जस्तो लाग्छ

लेख्ने कलमको टुँडो गएपछि
लेख्ने लेखक बूढो भएपछि
बाँडिने पुरस्कारको अर्थ हुन्न
मान्छे मुढो भएपछि…. कस्तो लाग्छ ?

सिर्जना अठारमा हुन्छ
सिर्जना असीमा पनि हुन्छ
अठारलाई कच्चा ठानिन्छ
असीलाई अच्छा मानिन्छ
सिर्जना बाह्रमा पनि हुन्छ कहाँ हुुँदैन
असीमा दिइन्छ पुरस्कार…के हुन लाग्या हो
उसलाई थाहा हुँदैन…. तब सस्तो लाग्छ !

नगद खन्याएर पुरस्कार थाप्नेहरू पनि भेटिए
आफ्नो नाममा प्रमाणपत्र छाप्नेहरू पनि भेटिए
पुरस्कार दिनेका छाप्रामा छिर्नेहरू पनि भेटिए
चिनजानले तक्मा भिर्नेहरू पनि भेटिए
यसले उसलाई दिने, उसले यसलाई दिने
पालो पैँचो तिर्नेहरू पनि भेटिए

ऊ पुरस्कारका लागि योग्य त हो
तर खै चाकडी गर्दै गर्दैन
ज्यूँदालाई पुरस्कार दिएर के अर्थ
खोई त कहिल्यै मर्दै मर्दैन

मरेपछि फोटोमा माला सिउरेर दिउँ
महान् हुनुहुन्थ्यो उहाँ भन्दै घ्वाप्पै निहुरेर दिउँ
घरकालाई बोलाएर दिउँ, घरैमा गएर दिउँ
उत्पात ब्याख्याता भएर दिउँ
मृतकलाई लागोस्
पहिल्यै दिनु नि म मरेकै थिइनँ
जति व्याख्या गर्दैछन् अहिले
यति काम त मैले गरेकै थिइनँ

यताबाट लौकिक भनेर दिउँ
उताबाट अलौकिक भनेर दिउँ
फेरि परलौकिक भनेर दिउँ
औँला भाँचेर उमेर गनेर दिउँ
केही नभनी दिउँ, केही भनेर दिउँ
खुबै ठूलो प्रशंसक बनेर दिउँ
तत्काल नदिउँ, साल कुरेर दिउँ
नदिने हैन दिएरै छाडौँ
तर पहिले काल कुरेर दिउँ

बूढो भएको कारणले दिउँ
धरतीमै रहेको कारणले नदिउँ
झ्याम्मै नाता परेको कारणले दिउँ
योगदान गरेको कारणले नदिउँ
सँगै मधेस झरेको कारणले दिउँ
ज्यूँदै दिनेभए नगद छरेको कारणले दिउँ

मलामीमा भेटे बाटैमा दिउँ
घाटमा भेटे घाटैमा दिउँ
आँखा बन्द भए खोलेर दिउँ
आगो झोस्दै भए झोसेर दिउँ
परान भए परानीलाई दिउँ
खरानी भए खरानीलाई दिउँ

तर….
देख्न सक्ने हुँदै नदिउँ
लेख्न सक्ने हुँदै नदिउँ
कान सुन्ने हुँदै सुम्पिनु ब्यर्थ
बाक्य नबसी दिएर के अर्थ ?

बाँचुञ्जेल धारे हात लगाइरहौँ
इर्ष्याका पसिना बगाइरहौँ
रातदिन कुरा काटिरहौँ
षड्यन्त्रको डोरी बाटिरहौँ
खुट्टा तानौँ खसालेरै छोडौँ
नाथेलाई थला बसालेरै छोडौँ

मरेपछि देख्दैन, सुन्दैन
त्यसबेला प्रशस्त प्रशंसा गरौँला
शब्दकोशका तारिफका शब्द छरौँला
मोबाइल चलाउँदै मौन धारण गरौँला
तस्वीर हेर्दै बोक्रे हाँसो छरौँला
बेलाबेला फोटैलाई आँखा तरौँला
त्यसबेला उहाँले सबै सहनु हुनेछ
पुरस्कार टक्र्याएर एक स्वरमा भनौँला…
उहाँ अमर रहनुहुनेछ ।

०००
मुलपानी, काठमाडौं ।
२०८०/५/३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x