साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमेडी तीज गीत

चौबन्दी र फरिया त चाहिन्न आजका नारीलाई मन परेका दुई बोत्तल मिठो ल्याइदिनु बरिलै । गाउँ, गाउँ, बस्ती, बस्ती आएकै छ तिजको धमाका दुई महिना भरि कसैको घरमा चुलो बल्दैन बरिलै ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

तिजको खाना राम्रो झानेको झ्वाइँ खट्टेले
दरखान बोलाका छन्, पाटी प्यालेसका भट्टेले ।
घिउ हालेको भातलाई दर भन्ने गर्थे पहिले
तान्ने, पिउने, छान्ने सबै दर भयो अहिले ॥

एक वर्षमा दुई महिना हो जम्मा तिज मनाउने
दुध, दही छैन सासु बज्यै वाइन खन्याउने ।
कमाउने नि हो, रमाउने नि हो, जमाउने नि हो
मात्ने हो, नाच्ने हो, मायाप्रेम गाँस्ने नि हो ॥

तिज सबै हाम्रो हो, रिस नगर हाम्रा पोइहरुले
डाह लाग्यो भने बीच—बीचमा नाच्न आउनु बरिलै ।
राजैले झैँ हामीले नि खान पिउन सबै सक्छौँ
नजर छड्के तिम्ले लाए, हामी अन्तै जान्छौँ बरिलै ॥

चौबन्दी र फरिया त चाहिन्न आजका नारीलाई
मन परेका दुई बोत्तल मिठो ल्याइदिनु बरिलै ।
गाउँ, गाउँ, बस्ती, बस्ती आएकै छ तिजको धमाका
दुई महिना भरि कसैको घरमा चुलो बल्दैन बरिलै ॥

खेतबारी सबै बाँझो भयो, बनमासा र बाँदर फलेको छ
दिनदिनै बेशी मेला लाग्छ, तीजको गीतको बरिलै ।
पुरानो भो वाइन, वियर, खुकुरी रम चालु छ
रातो, सेतो, कालो लेबल अर्को तिजलाई बरिलै ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x