सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कमाई

साथीलाई भनेँ, ‘अलि छिटो तान चुरोट बाटो लागिहालौँ ।’ हिँड्ने बेलामा लट्पटिएको बोलीमा दाइले भने, ‘बिहान आउनुस् है सरहरू कडा दूध चिया खुवाउँछु । खै ! मेरो उपकारको गुन तिर्न खोजेको हो कि !’

Nepal Telecom ad

अनिल पौडेल कीर्ते :

साँझ यसो घुमफिर गर्न जाँदैगर्दा साथीले खाजा खाउँ भनेर यौटा सामान्य व्यवस्थापनको चिया पसलमा पस्यौँ । भित्रपट्टी किराना पसल र बाहिर खाजापानी खाने केही टेबल र उत्तिकै सङ्ख्यामा बेन्चहरू थिए । हामी त्यहीँ बस्यौँ । साथीले चिया र सितन (चुरोट) मागे । मैले समोसा र जेरी मागेँ ।

पसले पहिले देखि नै टिल्ल रहेछन् । लर्बरिँदो बोलीमा निकै पूरानो चिनजान जस्तो ढङ्गले कुरा गरे । मैले पनि उस्तै तवरले कुरा गरेँ (तर चिनजान चाहिँ हैन, पहिलो पटक त्याँ पुगेको) । भित्र पसलमा महिलाहरू कुराकानी गरेको मधुरो आवाज आईरहेको थियो ।

पसले दाइले फ्याट्ट ५० को नोट झिकेर दिँदै भने, ‘भाइ एक गिलास रक्सी माग्नुस् न यो पैसा दिएर । मलाई उनी पसले हैनन् कि के हो जस्तो पनि लाग्यो ।’

मैले भनेँ, ‘हैट ! माग्दिन । आफैँ माग्नुस् ।’
पसले – भित्र सासू छिन् । बुढीले मलाई दिन्न । तपाईं माग्दिनुस् र आफ्नो टेबलमा राख्नुस् । म स्वाट्ट पारेर साग काट्छु ।
मैले त्यो ५० लिएर उनकी श्रीमतीसँग एक गिलास मागेँ र टेबलमा राखेँ । रू २० फिर्ता पनि आयो ।

उनले एक पटकमा ३ घुँट्को जति पिए र गीलास टेबलमा मेरै अगाडि राखे । एसो उसो काम गरेजस्तो पनि गर्दैछन् । सायद भित्रकाहरूलाई काम गर्दै गरेको भान पार्न होला ।
फेरि मसम्म आए र गिलास समाउन लाग्दा फुत्त श्रीमतीजी बाहिर निस्किईन् । झटपट मैले गिलास उठाएँ । बचे ट्वाँकमास्टर ।

साथी भन्छ, ‘बबी देवल रक्सी खाँदा जहिल्यै मिठाई हुन्छ नि सितन ।’
भातैमा मुछेर खाएपनि के गर्नु छ र ! बबीसँग सँगै बसेर रक्सीमा लड्डु नै चोपेर लतारेजस्तो गफ दिहाल्यो ।

सोधेँ.. ‘के-को रक्सी हो दिदी यो ? निकै मीठो रैछ । आफैँ बनाउनुभा कि गाउँबाट ल्याईदिन्छन् ?’
मेरो नाटक उनलाई नाटक जस्तै लागेको हुनुपर्छ पुलुक्क हेरिन् मात्र, केही जवाफ दिईनन् । उनले श्रीमान तिर पनि हेरिन् ।

दाइले बुढीले सुन्ने गरि मलाई सोधे, ‘मासु भुट्दिउँ ?’
मुला खराने नाटक माथि नाटक गर्छ । यसको भट्टी त थिएटर नै हुन्छ कि के हो ! उता बुढीलाई थाहा भैसक्यो जस्तो छ… यता साथीले हाँसो फुत्काउनै लागिसक्यो । हत्तेरिका ! के आईलाग्यो मलाई यो !
उनीभित्र गइन् दाइले एक निमेष ढिलो नगरी सानी छोरीलाई साग काट्ने चक्कु कता परेछ छोरी भन्दै खोजेझैँ गर्दै आएर एकै श्वासमा सर्लक्क सिध्याए ।

साथीलाई भनेँ, ‘अलि छिटो तान चुरोट बाटो लागिहालौँ ।’ हिँड्ने बेलामा लट्पटिएको बोलीमा दाइले भने, ‘बिहान आउनुस् है सरहरू कडा दूध चिया खुवाउँछु । खै ! मेरो उपकारको गुन तिर्न खोजेको हो कि !’

जे भएपनि पैसा मैले नै दिएकोले बुढीलाई लाग्यो… रू ३० कमाएँ ।
बुढोलाई लाग्यो… बुढीलाई झुक्याएर रमाएँ ।

पैसा पनि भित्र गयो
दारु पनि भित्रै गयो ।
आफ्नै पैसा, आफ्नै दारू ।
नाफा भयो कि घाटा ?
अनि उपकार गरियो कि बिगार ?
म सोच्दैछु ।

०००
मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ओई सरकार काम दे

ओई सरकार काम दे

अनिल पौडेल ‘किर्ते’
काठमाडौँ

काठमाडौँ

अनिल पौडेल ‘किर्ते’
पुरस्कार- गाथा

पुरस्कार- गाथा

अनिल पौडेल ‘किर्ते’
हजुरआमा उवाच : हाम्रा पनि त कथा छन् ।

हजुरआमा उवाच : हाम्रा...

अनिल पौडेल ‘किर्ते’
आफैँलाई हानौँ

आफैँलाई हानौँ

अनिल पौडेल ‘किर्ते’
चोरौँ खुल्लमखुल्ला ….

चोरौँ खुल्लमखुल्ला ….

अनिल पौडेल ‘किर्ते’
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी